Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

चीनले कोरोनाविरुद्धको पाँच लाख डोज खोप नेपाललाई दिने

काठमाडौं । चीनले नेपाललाई कोभिड– १९ विरुद्धको पाँच लाख डोज खोप दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शुक्रबार टेलिफोन संवादका क्रममा चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले अनुदानमा पाँच लाख डोज खोप दिने घोषणा गरेका हुन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - आइतबार चिनियाँ राजदूतावासले नेपाललाई तीन लाख डोज खोप दिने निर्णय भएको भन्दै प्रेस विज्ञप्ति जारी गरेको थियो । परराष्ट्रमन्त्रीस्तरीय टेलिफोन संवादमा चीनले दुई लाख डोज थप दिने घोषणा गरेको हो ।

‘चीनमा परराष्ट्रमन्त्री वाङ यीले खोप सहयोग गर्ने सन्दर्भमा चीनले नेपाललाई प्राथमिकतामा राखेको बताउनुभएको छ र पाँच लाख डोज खोप अनुदानमा नेपाललाई दिने घोषणा गर्नुभएको छ,’ परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार साँझ जारी विज्ञप्तिमा भनिएको छ । साँझ भएको टेलिफोन संवादमा दुवै देशका आपसी हितमा आधारित विषयहरूमा छलफल भएको पनि परराष्ट्रले जनाएको छ । अर्को छिमेकी भारतले यसअघि नै १० लाख डोज कोभिड खोप उपलब्ध गराइसकेको छ । खोप प्रयोगमा आइसकेको छ ।

खोप सहयोगका लागि परराष्ट्रमन्त्री ज्ञवालीले चीन सरकारलाई धन्यवाद दिएका छन् । खोपलाई चीनले वैश्विक सार्वजनिक सामग्रीमा रूपमा सूचीकृत गरेकोमा पनि परराष्ट्रमन्त्री ज्ञवालीले प्रशंसा गरेका छन् ।

चीनले नेपाललाई उपलब्ध गराउने खोप चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको हो । दुईपटक खोप लगाउँदा यसले ७९ दशमलव ३४ प्रतिशत प्रभावकारिता देखाइसकेको छ । खोपले ९९ दशमलव ५२ प्रतिशत एन्टिबडी बनाएको छ । हालसम्म चिनियाँ खोपको अढाई करोडभन्दा बढी डोज प्रयोगमा आइसकेको छ । नेपाललाई चीनले दिने खोपले करिब दुई लाखजनालाई लगाउन पुग्नेछ ।

नेपालले अनुदानमा खोप उपलब्ध गराइदिन भारत, चीन, अमेरिका, बेलायत, रुस, जर्मनी र फ्रान्सलाई कूटनीतिक पत्राचार गरेकोमा भारतबाट खोप आइसकेको छ । चीनबाट पाँच लाख डोज आउने निश्चित भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार बेलायतले भारतसँग समन्वय गरेर खोप उपलब्ध गराउने वचन दिएको छ । रुसले स्पुतनिक खोप दिने जानकारी दिएको छ, तर विश्व स्वास्थ्य संगठनबाट मान्यता पाउन बाँकी रहेका कारण नेपाल लिने मुडमा छैन । अमेरिका, जर्मनी र फ्रान्सले खोपका सम्बन्धका ठोस प्रतिबद्धता जनाएका छैनन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies