Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

दमौली । तनहुँमा आज भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । व्यास नगरपालिका–६ र व्यास नगरपालिका–१२ मा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । व्यास नगरपालिका–६ बाकुरेखोलास्थित भित्री सडकखण्डमा ट्याक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको छ । साँजाबाट शेखाटारतर्फ आउँदै गरेको ग १ त ३०८३ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा सो ट्याक्टरमा सवार बालकको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने नौ वर्षीय सरोज थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अनियन्त्रित ट्याक्टरको ढालाले च्यापिएर बालकको मृत्यु भएको हो । सडकबाट अन्दाजी ३०० मिटर तल पल्टिदा बालकका आमा २७ वर्षीय सरस्वती थापा र ट्याक्टर चालक ४० वर्षीय बुद्धि श्रेष्ठ घाइते भएका छन् । घाइतेको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा धादिङको गल्छी गाउँपालिका–८ बस्ने २२ वर्षीय गोविन्द मगर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग १४ प २५१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते मगरको दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए । मोटरसाइकलमा सवार एक महिला र बच्चाको अवस्था भने सामान्य छ । सिमसिम पानी परेका कारण मोटरसाइकल चिप्लिएर लडेको प्रहरीको भनाइ छ । प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकल लडेपछि बा ४ ख ८९१६ नम्बरको बसमा ठोक्किएको थियो ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies