
बहुद्देश्यीय सहकारी संस्था पुरस्कृत

-
-
माघ २३ गते, २०७७ - १६:५१

काठमाडौँ । यस वर्षको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार नेपाल बहुद्देश्यीय सहकारी संस्था लिमिटेडलाई रु ५० हजार राशि नगदसहित प्रदान गरिएको छ । एकीकृत नमूना कृषि फार्म तथा अन्य सेवाका माध्यमबाट किसानसम्म पुगेर उनीहरुको क्षमता विकास र आयस्रोत वृद्धिका लागि निरन्तररुपमा कटिबद्ध रही कृषि क्षेत्रको उत्थानमा पु¥याएको योगदानस्वरुप सो पुरस्कार प्रदान गरिएको हो ।
सहकारीमा संस्थापक अध्यक्ष रही स्व दीक्षितले सर्वसाधारण नागरिकलाई सर्वसुलभ सेवा उपलब्ध गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेकाले उहाँको योगदानस्वरुप पुरस्कार स्थापना गरिएको हो । विसं २०७५ देखि ग्रामीण अर्थतन्त्रको विकासमा सहयोग गर्ने विभिन्न संस्थालाई पुरस्कार प्रदान गरिँदै आएको छ । साझा सेवाको ३६औँ साधारणसभाका अवसरमा शुक्रबार यहाँ आयोजित समारोहमा सो पुरस्कार सहकारी विभागका रजिष्ट्रार डा टोकराज पाण्डेले पुरस्कृत संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीलाई वितरण गर्दै साझा सेवा सहकारीले सञ्चालन गरेको सेवाबाट सर्वसाधारण लाभान्वित भएकामा खुशी व्यक्त गरे ।
रजिष्ट्रार पाण्डेले समाजमा छरिएका स–साना पूँजी सञ्चय गरी सहकारीले सामुदायिक विकासमा सहयोग गर्नसक्ने बताउँदै यस्ता पुरस्कारले सहकारीको उत्थान र विकासमा थप सहयोग र टेवा पुग्ने विश्वास व्यक्त गरे । पुरस्कार वितरण समारोहमा साझा सेवाका अध्यक्ष नेत्रबहादुर भण्डारीबाट साझा सेवाले आफ्नो व्यावसायिक सेवा सर्वसाधारणमा पु¥याउँदै सहकारीका माध्यमबाट विशिष्ट सेवा पु¥याउने सहकारी संस्थालाई नगद पुरस्कारसहित सम्मान गर्न पाएकामा खुशी व्यक्त गरे ।
राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेल, साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित, साझा सेवाका कार्यकारी निर्देशक दिनेश पौडेललगायतले बहुआयामिक व्यक्तित्वका रुपमा स्थापित स्व दीक्षितले साझा सेवा तथा सहकारीका क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै सहकारीका माध्यमबाट आम नागरिकलाई छिटो छरितो र गुणस्तरीय सेवा उपलब्ध गराउन सकिने बताए । विसं २०२६ देखि निरन्तररुपमा सर्वसाधारणलाई सर्वसुलभ र विश्वसनीय सेवा पुर्याउँदै आएको उक्त सांस्थाले अनुदानित मल, ग्यास, सिमेन्ट तथा इन्धनको बिक्री वितरण तथा ढुवानीमा समेत सेवा केन्द्रित गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बस्ती–बस्तीबाट क्रिकेट खेलाडी छनोट गरिँदै
कहोत्तरी । महोत्तरीका बस्ती–बस्तीबाट क्रिकेट प्रतियोगिताका लागि सम्भावनायुक्त खेलाडी छनोट गरिँदैछ...हेटौँडामा मिनी रङ्गशाला निर्माण गरिँदै
वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडा बजारमा अवस्थित क्याम्पाडाँडा नजिकको खेलमैदानलाई मिनी...सेती जलाशययुक्त आयोजनाले नौ सय घरधुरीमा असर पर्ने
डोटी । बोगटान फुड्सिल गाउँपालिकामा निर्माण गरिन लागेको जलाशययुक्त सेती आयोजनाले डोटी र अछामका गरी...तोलामा ९०० ले घट्यो सुनको मूल्य
काठमाडौँ । पहेंलो धातुको मूल्य ओरालो लाग्ने क्रम जारी छ । लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि...महासचिव चन्द नवलपुरबाट सार्वजनिक
नवलपुर । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक...मिक्लाजुङ गाउँपालिकाको एक सय २५ कृषकलाई एक लाखका दरले पुरस्कार
पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाले १२५ कृषकलाई रु एक लाखका दरले पुरस्कार प्रदान गरेको छ । गाउँपालिकाले...बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा न्यूक्लियर मेडिसिन सेवा शुरु
चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा न्यूक्लियर मेडिसिन सेवा पुनः शुरु भएको छ । स्प्याक्ट...गत वर्षको तुलनामा स्याउ उत्पादनमा दोब्बर कमी
खलङ्गा । जुम्लामा गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा दोब्बर गिरावट आएको छ । यहाँको जुम्ली स्याउको...सुर्खेतमा २५ हजार ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाइँदै
कर्णाली । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले ६५ वर्ष उमेर समूह पुगेका झण्डै २५ हजार ज्येष्ठ नागरिकलाई...बाह्र दिनदेखि १७ वर्षीया किशोरी सम्पर्कविहीन
तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ निवासी १७ वर्षीया किशोरी बाह्र दिनदेखि सम्पर्कविहीन भएकी...
