
डडेल्धुराका कैदीबन्दीलाई कोरोना खोप

-
-
माघ २३ गते, २०७७ - १४:४४

अमरगढी । जिल्ला कारागार डडेल्धुरामा रहेका ८८ लाई कोरोनाविरुद्धको खोप लगाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड सम्पर्क व्यक्ति हरिप्रसाद भट्टका अनुसार कारागारमा बन्दी जीवनयापन गरिरहेका ६९ जना कैदीबन्दी तथा उनीहरुको सुरक्षाका लागि खटिएका १९ सुरक्षामाकर्मीलाई खोप लगाइएको हो ।
कारागारमा सुरक्षाकर्मी र कैदीबन्दी गरी ९३ रहेका थिए जसमध्ये १० महिला र ८३ पुरुष कैदीबन्दी छन् । उनीहरूमध्ये पनि २४ कैदीबन्दीले उक्त खोप लगाउन नमानेको कोभिड सम्पर्क व्यक्ति भट्टले बताए । उनले भने, “कारागारमा रहेका कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेका थियौँ तर, २४ बन्दीले लगाउन मान्नुभएन, उनीहरूलाई पनि लगाउन आग्रह गरिरहेका छौँ ।” पहिलो चरणमा कोरोना नियन्त्रणका लागि डडेल्धुराका फ्रन्टलाइनमा काम गर्ने एक हजार २० स्वास्थ्यकर्मी, कर्मचारीलाई, कैदीबन्दीसहित सुरक्षाकर्मीलाई पनि खोप लगाइएकोे जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए ।
अहिले यहाँका सातवटै स्थानीय तहका स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीलाई पनि पालैपालो खोप लगाउने काम शुरु भएको स्वास्थ्य कार्यालयका प्रमुख श्रेष्ठले जानकारी दिए । कम्तीमा पनि छ दिनभित्रमा पहिलो चरणको खोप लगाइसकिने योजना भए पनि उक्त सात दिनका लागि थप गरिएको छ डडेल्धुरामा कूल एक हजार ६० डोज खोप उपलब्ध भएको थिायो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
५२ वर्षीय भुजेल मृत अवस्थामा फेला
धादिङ । ज्वालामुखी गाउँपालिका–५ कुमालटारी बस्ने ५२ वर्षीय डम्बर बहादुर भुजेल सोही ठाउँस्थित डुम्रेखोला...क्यासिनोमा अवैध रुपमा जुवातास खेल्ने तथा खेलाउने १० जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-१३ ताहाचलस्थित प्लाटिनम होटलको अन्डर ग्राउण्डमा रहेको सिएमजी क्यासिनोबाट...४ किलो अवैध लागूऔषध गाँजा सहित २१ वर्षीय श्याम पक्राउ
चितवन । भरतपुर महानगरपालिका–११ जखेडिमाईबाट करिब ४ किलो अवैध लागूऔषध गाँजा सहित भरतपुर महानगरपालिका–२...सरकार र नेकपाबीचको सहमतिमा हस्ताक्षर
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा...नेता भट्टराईद्वारा दोभानका आगलागीपीडितलाई पाँच लाख सहयोग
ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता योगेशकुमार भट्टराईले ताप्लेजुङको दोभानका आगलागीपीडित...२२ तोला ३२ लाल अवैध सुन सहित एक जना पक्राउ
काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट २२ तोला ३२ लाल तौलको २४ थान अवैध सुनको सिक्री सहित...उद्योग वाणिज्य सङ्घमा भोछिभोया र पसछेबीच प्रतिस्पर्धा
बनेपा । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको अध्यक्षमा दुई जनाको प्रतिस्पर्धा हुने भएको छ । शनिबार...कोरोना विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि
काठमाडौँ । सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि...भारतमा एक करोड ११ लाख ७३ हजार भन्दा बढी कोरोना सङ्क्रमित
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा १६ हजार ८३८ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या...अमेरिकामा कोरोना बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम
वासिङ्टन । संयुक्तराज्य अमेरिकामा पाँच महिनापछि पहिलो पटक कोभिड–१९ बाट दैनिक संक्रमितको संख्या ४०...
