
क्यानद्वारा अमेरिका र ओमानसँगको सिरिजका लागि ३२ खेलाडी छनोट

-
-
माघ २३ गते, २०७७ - १२:५८

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले अमेरिका र ओमान सिरिजका लागि ३२ खेलाडी छनोट गरेको छ । क्यानले आगामी मार्चमा हुने आइसिसी विश्वकप क्रिकेट लिग–२ का लागि पहिलो चरणमा ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।
नयाँ प्रशिक्षक डेभ ह्वाटमोर र छनोट समितिसितको समन्वयमा क्यानले खेलाडी छनोट गरेको हो । पहिलो पटक विवेक यादव, हरिशङ्कर शाह, अनुज चनारा, खड्गबहादुर बोहोरा र अर्जुन कुमाल बन्द प्रशिक्षणका लागि क्यानको छनोटमा परेका छन् । लामो समयपछि रामनरेश गिरी, पृथु बाँस्कोटा, कृष्ण कार्की र सौरभ खनाल पनि बन्द प्रशिक्षणका लागि छनोट भएका छन् । ओमानसँग नेपालले एकदिवसीय त्रिकोणात्मक सिरिज खेल्ने छ । क्यानले हालै सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शनलाई आधार बनाएर बन्द प्रशिक्षणका लागि बोलाएको हो ।
नेपालले आगामी चैत ६ देखि १५ गतेसम्म ओमानमा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने छ । उक्त सिरिजमा नेपालले ओमान र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ । बन्द प्रशिक्षणमा बोलाइएका अन्य खेलाडीमा विक्रम सोब, राजेश पुलामी, रोहित पौडेल, सुशन भारी, साहब आलम, सन्दीप जोरा, कमलसिंह ऐरी, आशिफ शेख, सुनिल धमला, कुशल भुर्तेल, ललितनारायण राजवंशी, कृष्ण कार्की, पवन सरार्फ, शरद भेषावकर, अभिनास बोहरा, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने, विनोद भण्डारी, पारस खड्का र ज्ञानेन्द्र मल्ल रहेका छन् । बन्द प्रशिक्षण शनिबारदेखि शुरु हुने क्यानले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फर्निचर उद्योगमा आगलागी हुँदा ४५ लाख बराबरको क्षति
भरतपुर । चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९...रसुवागढी नाकाबाट व्यापारिक कारोवार आजबाट पुनः शुरू
धुन्चे । ल्होछार पर्वका कारण बन्द नेपाल–चीनबीचको उत्तरी रसुवागढी नाका आजबाट पुनः शुरु भएको छ । गत...फागुन २३ गतेदेखि चितवनमा दोस्रो चरणको खोप लगाइने
चितवन । कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत फागुन २३ गतेदेखि जिल्लामा ७३ स्थानबाट खोप लगाइने भएको...अधिकृत पदबाट अवकाश लिएपछि अधिकारी कागती खेतीतर्फ आकर्षित
तनहुँ । भेटेरिनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र तनहुँबाट पशु विकास अधिकृत पदबाट अवकाश लिएपछि...शनिबार देशका विभिन्न स्थानमा वर्षाको सम्भावना: मौसम विभाग
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले प्री मनसुनको प्रभाव स्वरुप शनिबार...५२ वर्षीय भुजेल मृत अवस्थामा फेला
धादिङ । ज्वालामुखी गाउँपालिका–५ कुमालटारी बस्ने ५२ वर्षीय डम्बर बहादुर भुजेल सोही ठाउँस्थित डुम्रेखोला...क्यासिनोमा अवैध रुपमा जुवातास खेल्ने तथा खेलाउने १० जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-१३ ताहाचलस्थित प्लाटिनम होटलको अन्डर ग्राउण्डमा रहेको सिएमजी क्यासिनोबाट...४ किलो अवैध लागूऔषध गाँजा सहित २१ वर्षीय श्याम पक्राउ
चितवन । भरतपुर महानगरपालिका–११ जखेडिमाईबाट करिब ४ किलो अवैध लागूऔषध गाँजा सहित भरतपुर महानगरपालिका–२...सरकार र नेकपाबीचको सहमतिमा हस्ताक्षर
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा...नेता भट्टराईद्वारा दोभानका आगलागीपीडितलाई पाँच लाख सहयोग
ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता योगेशकुमार भट्टराईले ताप्लेजुङको दोभानका आगलागीपीडित...
