Khabar Dabali Logo
  March 4, Thu

आयल निगमलाई पाक्षिक रु एक अर्ब नोक्सान

काठमाडौँ । विश्व बजारमा पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धिसँगै नियमित मूल्य समायोजन हुन नसक्दा नेपाल आयल निगमले चर्को नोक्सानी व्यहोर्न थालेको छ । पेट्रोलियम पदार्थको प्रचलित बजारमूल्य लागत मूल्यभन्दा कम भएपछि निगम नोक्सानी व्यहोर्नुपर्ने अवस्थामा पुगेको हो । निगमको पछिल्लो प्रक्षेपणअनुसार फेब्रुअरीको शुरुदेखि मध्यसम्मको १५ दिनमा पेट्रोलियम पदार्थको बिक्रीबाट झण्डै रु ९७ करोड ७५ लाख बराबरको नोक्सान हुने सम्भावना छ ।

निगमले हाल दैनिक रु साढे छ करोड नोक्सानी व्यहोर्दै आएको छ । पेट्रोल, डिजेल∕मट्टितेल र खाना पकाउने एलपी ग्यासको घाटाका कारण चर्को नोक्सानी हुने अवस्था देखिएको हो । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले सोमबार पठाएको मूल्यसूचीअनुसार फेब्रुअरीको पहिलो पाक्षिकका लागि निगमले पेट्रोलको प्रतिलिटर ५१ रुपैयाँ ६९ पैसा, डिजेलको ५२ रुपैयाँ ३९ पैसा, मट्टितेलको ४८ रुपैयाँ ७६ पैसा र हवाई इन्धनको ४८ रुपैयाँ पाँच पैसा तिर्नुपर्छ । त्यस्तै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर रु एक हजार १२९ रुपैयाँ ८१ पैसा भुक्तानी गर्नुपर्छ ।

आइओसीले पठाएको मूल्यमा विभिन्न शीर्षकमा कर लाग्दै आएको छ । ती सबै कर जोडेर निगमलाई पेट्रोलमा ११६ रुपैयाँ ८० पैसा पर्न आउँछ । त्यस्तै, डिजेलमा प्रतिलिटर ९७ रुपैयाँ ६७ पैसा, मट्टितेल प्रतिलिटर ७४ रुपैयाँ ९० पैसा, आन्तरिक हवाई इन्धन प्रतिलिटर ६३ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर रु एक हजार ६७५ रुपैयाँ ११ पैसा लागत पर्ने देखिन्छ ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर रु ११०, डिजेल र मट्टितेल रु ९३, आन्तरिक हवाई इन्धन रु ६५ र अन्तर्राष्ट्रिय हवाई इन्धनको प्रतिलिटर ०.८६८ अमेरिकी डलर तोकेको छ । खाना पकाउने एलपी ग्यासको बिक्री मूल्य प्रतिसिलिण्डर रु एक हजार ३७५ तोकिएको छ ।

निगमलाई प्रतिलिटर पेट्रोलमा छ रुपैयाँ ८० पैसा, डिजेलमा चार रुपैयाँ ६७ पैसा नोक्सान हुँदै आएको छ । मट्टितेलमा निगमलाई प्रतिलिटर १८ रुपैयाँ १० पैसा र आन्तरिक हवाई इन्धनमा प्रतिलिटर रु २ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा ३५ रुपैयाँ ८७ पैसा नाफा हुँदै आएको छ । खाना पकाउने ग्यासमा भने प्रतिसिलिन्डर ३१७ रुपैयाँ ११ पैसा नोक्सान हुने निगमले जनाएको छ ।

चालु १५ दिनमा निगमले कूल ३० हजार किलोलिटर पेट्रोल खपत हुने अनुमान गरेको छ । यस आधारमा पेट्रोलको बिक्रीबाट मात्रै कूल रु २० करोड ३९ लाख, ९५ हजार किलोलिटर डिजेल बिक्री हुँदा रु ४४ करोड ३५ लाख तथा १४ लाख ३६ हजार एलपी ग्यास सिलिण्डर बिक्री हुँदा कुल नोक्सान ४५ करोड ५६ लाख हुने अनुमान गरिएको छ ।

एक हजार ३५० किलोलिटर मट्टिलेल बिक्रीबाट यसबाट सो अवधिमा रु दुई करोड ४४ लाख नाफा हुने अनुमान गरको छ । त्यस्तै, एक हजार ३५० किलोलिटर आन्तरिक हवाई इन्धनको बिक्रीबाट रु ३२ लाख तथा एक हजार ६०४ किलोलिटर अन्तर्राष्टिय हवाई इन्धन बिक्री गर्दा रु नौ करोड ८० लाख नाफा हुने निगमले जनाएको छ ।

मूल्य समायोजन कहिले

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिँदै गएको छ । कच्चा तेलको भाउ प्रतिब्यारेल ५८.८५ डलरमा अन्तिम कारोवार भइरहेको छ । कोभिड–१९ महामारीसँगै विश्वभर लकडाउन हुँदा कच्चा तेलको मूल्य २० डलरभन्दा कममा झरिसकेको थियो । अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ पहिलेभन्दा तेब्बर भइसकेको छ । यस बीचमा निगमले रु ९६ सम्म झरेको पेट्रोलको मूल्य रु ११० रुपैयाँसम्म पुर्याएको छ ।

मूल्य सामायोजन गर्न नसक्दा घाटा चुलिँदै गएको निगमका अधिकारीको भनाइ छ । “सरकारले अहिले मूल्य समायोजना नगरौँ भनेपछि हामीले रोक्यौँ, तर, यसले घाटा चुलिँदै गएको छ । पन्ध्र दिनमै एक अर्बको हाराहारीमा नोक्सान हुन थाल्यो भने त निगमले धान्न सक्दैन”, निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने ।

अङ्ग्रेजी महिनाको प्रत्येक १५ दिनमा आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्दै आएको छ तर, निगमले मूल्य सामायोजन गर्न सकेन । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको र आइओसीले समेत बढेको मूल्यसूची पठाउँदै गर्दा निगममाथि मूल्य समायोजन गर्नुपर्ने दबाब बढेको छ ।

पूर्वमन्त्री डा नारायण खड्का स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्न निगमले खुट्टा कमाउन नहुने बताए । सरकारको राजस्वमा ठूलो हिस्सा ओगटेको निगमलाई व्यवस्थापकीय स्वायत्तता दिनुपर्छ भन्दै उनले अन्तर्राष्ट्रिय मूल्यअनुसार मूल्य समायोजन गर्ने अधिकार दिनुपर्ने बताए । “निगमले आफ्नो वित्तीय विवरण पनि सार्वजनिक गर्नुपर्छ, मूल्य समायोजनका विषयमा सबै पक्षसँग छलफल गर्नुपर्छ, पारदर्शिता देखाउनुपर्छ”, निगमले असिमित घाटा व्यहोर्न नसक्नेतर्फ ध्यानाकर्षण गराउँदै उनले भने, “निगमको कार्यक्षमता र यसको प्रकृतिबारे जनतालाई प्रष्ट पार्दै निगममा कुनै पनि अनियमितता छैन भन्ने विश्वास दिलाउन सक्नुपर्छ ।”

माघ २३ गते, २०७७ - ११:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आलमलाई छुटाउन प्रयास छुः सभापति देउवा

रौतहट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती...   
महानगरीय प्रहरी प्रभाग बालकुमारी ललितपुरको नवनिर्मित कार्यालय भवन उद्‍घाटन

महानगरीय प्रहरी प्रभाग बालकुमारी ललितपुरको नवनिर्मित कार्यालय भवन उद्‍घाटन

ललितपुर । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले...   

कंगो र गुएनामा इबोलाको संक्रमण, ११ जनाको मृत्यु

आदिस अबाबा । अफ्रिकी देशहरु कंगो र गुएनामा इबोलाका नयाँ संक्रमितहरु भेटिएको बताइएको छ । ती देशमा पछिल्ला...   

भारतमा एक करोड ११ लाख भन्दा बढी व्यक्ति कोरोना सङ्क्रमित

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा १४ हजार ९८९ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या...   

अरनिको राजमार्गमा मोड–सुधार र सर्भिस ट्र्याक बन्दै

काभ्रेपलाञ्चोक । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकका विभिन्न...   

कृषि व्यवसाय गर्ने युवालाई बिनाधितो कर्जा

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि व्यवसायमा संलग्न कृषकलाई बिनाधितो सुलभ ब्याजदरमा...   

डोल्पाको १३ विद्यालयलाई कम्प्युटर सहयोग

डोल्पा । तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले विद्यालयलाई कम्प्युटर वितरण गरेको छ । यहाँका १३...   

बारेकोटमा भेटिए ८८ प्रजातिका चरा

जाजरकोट । बारेकोट गाउँपालिकामा गरिएको अध्ययनबाट लोपोन्मुख चरा फेला परेका छन् । एक हजार ८९१ मिटरदेखि...   
म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु

म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु

याङ्गुन । प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार कम्तीमा...   

अमेरिकी सेना रहेको इराकी अखडामा १० वटा रकेट प्रहार

बग्दाद । पश्चिमी इराकमा रहेको अमेरिकी सेनाको एउटा अखडालाई लक्षित गरी बुधबार कम्तीमा १० वटा क्षेप्यास्त्र...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top