
बझाङमा १६२ मतदान केन्द्र र १३३ मतदानस्थल छनोट

-
-
माघ २२ गते, २०७७ - १६:१४

बझाङ । जिल्ला निर्वाचन कार्यालय बझाङले जिल्लाभरि १६२ मतदान केन्द्र र १३३ मतदानस्थल छनोट गरी निर्वाचन आयोगमा पठाएको छ । त्यस्तै निर्वाचन कार्यालय बझाङले मतदाता परिचयपत्र अद्यावधिक गर्नतर्फ लागेको छ ।
कार्यालयले जिल्लाका १२ स्थानीय तहमा गएर बसाइँसराइ गरेका व्यक्तिबाहेकका मतदाता नामावलीमा नाम, ठेगानालगायतका कुरामा त्रुटि सच्याउन, दोहोरो नाम हटाउन निवेदन दिन तथा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन माघ ११ गतेदेखि निर्वाचन कार्यालय बझाङको टोली स्थानीय तहमा खटिएको छ ।
मतदानस्थलमा अद्यावधिक कार्यक्रम सञ्चालन गर्न गाउँपालिका तथा नगरपालिकाका वडा सचिवलाई छनोट गरी जिल्लाका सबै स्थानीय तहमा मतदाता अद्यावधिक कार्यक्रम सञ्चालन भइरहेको निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर प्रेम बोहोराले बताए ।
जिल्लामा १६२ मतदान केन्द्र र १२५ मतदानस्थल रहेपनि हाल बुङ्गल नगरपालिकामा चार, छविस पाथिभेरा गाउँपालिकामा एक, मष्टा गाउँपालिकामा एक, सुर्मा गाउँपालिकामा एक र वित्थडचिर गाउँपालिकामा एक गरी जम्मा आठ मतदानस्थल थपिएको निर्वाचन कार्यालयका अधिकृत करुणाकर पन्तले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात...उत्तरी अफगानिस्तानमा शनिबार भएको भिडन्तमा आठ प्रहरीको मृत्यु
मजार ए सरिफ । उत्तरी अफगानिस्तानको बाख्ख प्रान्तमा शनिबार राति भएको भिडन्तमा आठ प्रहरी र पाँच तालिबान...ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १५ सयको मृत्यु
साओ पाउलो । ब्राजिलमा कोरोनाभाइरसका कारण एकै दिनमा थप १५ सयभन्दा बढीको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका...प्रविधिको दुरुपयोग गरी मलाई बदनाम गराइयो : वनमन्त्री आले
काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले प्रविधिको दुरुपयोग गरी आफूलाई बदनाम गराएको आरोप...तरकारीमा आत्मनिर्भर बन्दै कुमालखाडावासी
दुल्लू । दैलेखको आठबीस नगरपालिका– ३ कुमालखाडीवासी तरकारी व्यवसायबाट आत्मनिर्भर बन्दै गएका छन् ।...टी २० क्रिकेटः अस्ट्रेलिया विरुद्धको शृंखला न्यूजील्यान्डले जित्यो
वेलिङ्टन । अस्ट्रेलिया विरुद्धको टी २० क्रिकेट शृंखला न्यूजील्यान्डले ३–२ ले जितेको छ । वेलिङ्टनमा...चीनको निर्यातमा व्यापक सुधार, एक दशकमै सबैभन्दा बढी
बेइजिङ । कोरोनाभाइरस महामारीकै बीचमा पनि चीनको निर्यात विगत दुई दशकमै सबैभन्दा बढीले वृद्धि भएको...च्याउको बीउ बेचेर मासिक एक लाख आम्दानी
सर्लाही । यहाँका एक युवकले च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका छन् वाग्मती नगरपालिका– १० का ध्रुवप्रसाद...प्रम ओलीले लगाए कोरोनाविरुद्धको खोपः दोस्रो चरणको अभियान शुरु
काठमााडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । त्रिवि शिक्षण अस्पताल...व्यावसायिक फार्ममा महिलाको स्वामित्व बढ्दै
दमक । झापाको दमकमा थपिएका नयाँ व्यावसायिक फार्ममा महिलाको सङ्ख्या बढ्दै गएको छ । कोरोना सङ्क्रमण भए...
