
भारत र बङ्गलादेशलाई विद्युत् निर्यात गर्ने गरी तयारी भइरहेको छ : प्रधानमन्त्री ओली

-
-
माघ २२ गते, २०७७ - १६:०८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुश्मा नगरपालिका–२ खुर्कोट र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा स्थापना भएको नेपालकै दोस्रो ठूलो खुर्कोट–दाना सबस्टेशनको आज उद्घाटन गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको २२०/१३२ केभी कुश्मा सबस्टेशन तथा २२० केभी कुश्मा–दाना प्रसारण लाइन र २२०/१३२/३३ केभीको दाना सबस्टेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गरे। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी भने कार्यक्रमस्थलमै पुगेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक ऊर्जाको क्षेत्रमा समृद्ध बन्दै गएको, विद्युत्भार कटौती अन्त्य भई विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको तथा बाह्रै महिना विद्युत्को निर्यात गर्न सकिने गरी आयोजनाको काम भइरहेको बताए ।
पूर्वपश्चिम रेलमार्ग छिट्टै सञ्चालन
हाल सञ्चालनमा रहेका आयोजना पूरा भएपछि नेपाल छिमेकी देशलाई विद्युत् बिक्री गरी आयआर्जन गर्न सक्षम हुने बताउँदै उनले निर्माणाधीन योजनालाई समयमै सम्पन्न गर्नका लागि निर्देशनसमेत दिए । प्रधानमन्त्री ओलीले एकदुई वर्षभित्र नेपालमा आवश्यक पर्ने विद्युत् आफँै उत्पादन गर्ने र वर्षायाममा बढी भएको विद्युत् भारत र बङ्गलादेशलाई निर्यात गर्ने गरी तयारी भइरहेको बताए । उनले मुलुकमा सडक यातायात, पुल, झोलुङ्गे पुल, तुइन विस्थापन र रेलसेवा सञ्चालनका सन्दर्भमा थुप्र्रै प्रगति भएको बताउँदै पूर्वपश्चिम रेलमार्ग पनि छिट्टै सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए।
प्रधानमन्त्री ओलीले बागलुङको ढोरपाटन र म्याग्दीको अन्नपूर्णका विभिन्न क्षेत्रमा गत वर्षायाममा बाढीले पु¥याएको क्षतिपूर्ति र पुनःनिर्माणका लागि गम्भीररूपले सम्बोधन गरिने बताए।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने...नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा...भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित...मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ।...इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको...नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको...निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन...संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने...इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब...चीन सरकारद्धारा चीनमा बनेका १६ ओटा कोरोना खोपलाई परीक्षणको अनुमति
बेइजिङ । चीन सरकारले चीनभित्र नै बनेका कम्तीमा पनि १६ ओटा खोपलाई परीक्षणको अनुमति दिएको बताइएको छ...

प्रतिकृया लेख्नुहोस्:
- प्रविधिको दुरुपयोग गरी मलाई बदनाम गराइयो : वनमन्त्री आले
- प्रम ओलीले लगाए कोरोनाविरुद्धको खोपः दोस्रो चरणको अभियान शुरु
- सुनको मूल्य तोलामा ५०० ले बृद्धि, ८६ हजार १०० मूल्य निर्धारण
- प्रधानमन्त्री ओलीलाई लगाएर दोस्रो चरणको खोप आजदेखि शुभारम्भ गरिने
- मेलम्चीको पानी बागमतीमा, उपत्यकावासीको सपना पूरा भयो : प्रधानमन्त्री ओली
- विप्लवलाई पार्टीमा स्वागत गर्न आतुर छु : अध्यक्ष प्रचण्ड
- कोरोना खोप सबै नेपालीमा पुर्याउने सरकारको प्रयास : मन्त्री त्रिपाठी
- प्रधानमन्त्री बन्न हतार छैन : सभापति देउवा
- देश पूर्ण शान्तिमा रुपान्तरण भएकाले पर्यटन क्षेत्रले फड्को मार्छ : पर्यटनमन्त्री ढकाल
- फागुन २३ गतेदेखि चितवनमा दोस्रो चरणको खोप लगाइने