
सडकमा निर्मित संरचना भत्काइँदै

-
-
माघ २२ गते, २०७७ - १५:१४

खलङ्गा । सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्ग सडकमा निर्माण भएका घरटहरा भत्काउन स्थानीयवासीलाई जानकारी दिएपछि सडक चौडा बनाउनका लागि स्थानीयवासी धमाधम सडकमा निर्माण भएका संरचना भत्काउन थालेका छन् ।
जुम्ला कालिकोटको सिमानामा रहेको नाग्मबजारवासीले सडकमै जथाभावी निर्माण गरेका घरटहरा भत्काउन थालेका छन् । बजारको दीर्घकालका लागि आफूले निर्माण गरेका संरचना भत्काउन तयार रहेको स्थानीयवासी मुनबहादुर बुढाले बताए । सडक चौडा गर्नका लागि राजमार्गमा निर्माण भएका संचरनालाई भत्काउने जानकारी दिएपछि स्थानीयवासीले आफ्नो घरटहरा भत्काउन सहमत भएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीले बताए ।
जुम्ला, कालिकोट र मुगुको ट्रान्जिट प्वाइन्ट नाग्मबजार भएकाले यहाँको विकास अनिवार्य छ । सो बजारको दीर्घकालीन विकासका लागि चौडा सडक बनाउन थालिएको हो । सडक डिभिजन प्रमुख भण्डारीले भन्नुभयो, “यस ठाउँमा जनघनत्व बढ्दै जानु र सडक साँघुरो हुँदा जोखिम बढेको छ । जोखिम कम गर्न र व्यवस्थित बजार निर्माणका लागि चौडा सडक बन्न थालेको हो ।”
सडक चौडा बनाउन कालिकोटका निवर्तमान प्रतिनिधिसभा सदस्य दुर्गबहादुर रावत र बजार व्यवस्थापन समितिका पदाधिकारीबीच समन्वय भएको थियो । सोही सहमतिअनुसार स्थानीयवासी आफ्ना घरटहरा भत्काउन राजी भएका हुन् । सडकको मध्यभागदेखि साढे सात÷सात मिटर दायाँबाँया सडक चौडा बनाउने उद्देश्यका साथ निर्माण भएका भौतिक संरचना भत्काउन थालिएको डिभिजन प्रमुख भण्डारीले बताए । उनले भने, “कालिकोटको तिलागुफा नगरपालिका–१ मा पर्ने तीन जिल्ला जोड्ने केन्द्रविन्दु नाग्मबजार कालिकोट र जुम्लाको सीमावर्ती क्षेत्र पनि हो ।
कर्णाली राजमार्गको कालिकोट, जुम्ला र जुम्लाको सिंजा हुँदै मुगुको केन्द्रविन्दु पनि नाग्मबजार नै हो । यो बजारमा जथाभावी भौतिक संरचना निर्माण हुँदा सडक साँघुरो हुँदै गएको थियो । साँघुरो सडकमा निर्माण सामग्री थुपार्दा सवारी दुर्घटनाको जोखिम बढ्दै गएपछि सडक चौडा बनाउन नाग्मवासीले आफैँले निर्माण गरेका भौतिक संरचना भत्काउन थालेका हुन् ।”
भौतिक संरचना भत्काइसकेपछि ३०० मिटर लम्बाइ र १० मिटर चौडाइ सडक कालोपत्र गर्ने तयारी शुरु भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । सो बजारको सडक चौडा बनाउनका लागि सडक डिभिजन कार्यालय जुम्लाबाट रु एक करोड १७ लाख बजेट विनियोजन भएको छ । सडकको एक साइडमा ढल निकासका लागि नाला पनि निर्माण गरिने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
ढुङगाले लागेर ५७ वर्षीय वलीको मृत्यु
रुकुम । त्रिबेणी गाउँपालिका–५ बस्ने ५७ वर्षीय झुपे वलीको ढुङगाले लागेर शनिबार साँझ मृत्यु भएको छ ।...फेवातालको तोकियो चार किल्ला: नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी
कास्की । पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल...अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति
वासिङ्टन । कोरोनाभाइरसको संक्रमणबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकाले जोन्सन एण्ड जोन्सनले...खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै छः स्वास्थ्यमन्त्री त्रिपाठी
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो...पानीको बाल्टिनमा डुबेर १ वर्षीय आरुषको मृत्यु
काठमाडौँ । काठमाडौं महानगरपालिका–१६ गंगा हल नजिक डेरा गरी बस्ने नुवाकोट ककनी गाउँपालिका–४ घर भएकी...बङ्लादेशमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौ घाइते
ढाका । बङ्लादेशमा आइतबार प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौं घाइते भएका छन् । प्रहरीले प्रदर्शनकारीहरुलाई...कुटपिट गरी हत्या गरेको अभियोगमा २३ वर्षीय चौधरी पक्राउ
दाङ । घोराही उपमहानगरपालिका–१६ बस्ने २१ वर्षीय राजन चौधरीको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही...एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः नेपाल वायुसेवा निगम
काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यात्रुको सुरक्षा एवं राष्ट्रिय तथा अन्तरराष्ट्रिय...बालविवाह गर्ने र गराउने कार्यमा संलग्न ३ जना पक्राउ
पर्सा । वीरगंज महानगरपालिका–१६ स्थित भुटनदेवी मन्दिरबाट बालविवाह गर्ने र गराउने कार्यमा संलग्न रहेको...कोरोनाबाट विदेशमा थप ३ जना नेपालीको निधन
काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली...
