Khabar Dabali Logo
  March 7, Sun

धान खरीद कार्य जारी

वीरगञ्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षमा धान खरीदको लक्ष्य भेट्टाउन नसकेपछि धान खरीद कार्य जारी राखेको छ ।

सङ्घीय सरकारले सो कार्यालयलाई चालू आर्थिक वर्षमा सोना मन्सुली धान ३० हजार क्वीन्टल र जिरा मसिनो धान पाँच हजार क्वीन्टल खरीद गर्न लक्ष्य दिएकोमा माघको तेस्रो सातासम्म रु ६ करोड ३७ लाख ५९ हजार ७९८ मूल्य बराबरको २२ हजार १.४५ क्वीन्टल सोना मन्सुली र तीन लाख चार हजार ५०० मूल्य बराबरको १०५ क्वीन्टल जिरा मसीनो धान खरीद गरेको सो कार्यालयले जनाएको छ । प्रतिशतको हिसाबले हेर्ने हो भने हालसम्म सोना मन्सुली धान ७४ प्रतिशत र जिरामसिनो धान २।८ प्रतिशत खरीद गरिएको छ । तोकिएको लक्ष्य प्राप्ति नहुञ्जेलसम्म धान खरीद गर्ने सो कार्यालयका शाखा प्रमुख विकास कटुवालले राससलाई बताए । कार्यालयले अहिले सोना मन्सुली धान प्रति क्वीन्टल दुई हजार ८८५ रुपैयाँ र जिरामसिनो धान प्रति क्वीन्टल दुई हजार ९०० रुपैयामा खरीद गर्दै आएको छ ।

सोना मन्सुली धान खरीदमा लक्ष्य प्राप्ति हुन सकेपनि जिरामसिनो धान कम उत्पादन भएकोले लक्ष्य भने प्राप्ति हुन नसक्ने सो कार्यालयले जनाएको छ । कार्यालयले मध्यमवर्गीय किसानको धान मात्र खरीद गर्ने गरेको छ । साना किसानले उत्पादन गरेको धान वर्षभरि आफूले खानको लागि राख्ने गरेको र बढी भएको धान मात्र कार्यालयलाई बेच्न आउने गरेको सूचना अधिकारी मुनिलाल कुशवाहाले बताए ।

जबसम्म प्रधान कार्यालयले धान खरीद गर्न निर्देशन नदिएसम्म सो कार्यालयले धान खरीद गर्ने कार्यलाई जारी राख्ने छन् । शुरुमा दैनिक एक हजार क्वीन्टलसम्म धान खरीद हुँदै आएकोमा अब किसान पातलिँदै गएकाले दैनिक ५०० क्वीन्टल मात्र धान खरीद हुने गरेको सो कार्यालय जनाएको छ ।

निजी गल्ला व्यापारी भन्दा सरकारीस्तरमा सोना मन्सुली धान साढे ६ प्रतिशत र जिरामसिनो धान साढे ६ प्रतिशत बढी मूल्यमा खरीद गर्ने गरेकाले पर्सा, बाराका किसान धान बेच्न संस्थानतर्फ आकर्षित भएका छन् । अघिल्लो वर्षको बाँकी रहेको संस्थानसँग सोना मन्सुली चामल १७२ दशमलव ५५ क्वीन्टल र स्टीम जिरामसिनो चामल ९९ क्वीनटल १० केजी मौज्दात अवस्थामा रहेको छ ।

संस्थानले उत्पादन गरेको चामल प्रदेश २ को वीरगञ्ज, रौतहट, हेटौँडा र चितवन कारागारमा पठाउँदै आएको छ भने बाँकी चामल माग अनुसार नेपालगञ्ज, धनगढी, सुर्खेत, पोखरा, काठमाडौँ, दाङ, भैरहवाको कार्यालयमा पठाउने गरेको र त्यहाँबाट सो चामल सुदूरपहाडी क्षेत्रमा जाने गरेको छ ।

माघ २२ गते, २०७७ - १३:१६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात...   

उत्तरी अफगानिस्तानमा शनिबार भएको भिडन्तमा आठ प्रहरीको मृत्यु

मजार ए सरिफ । उत्तरी अफगानिस्तानको बाख्ख प्रान्तमा शनिबार राति भएको भिडन्तमा आठ प्रहरी र पाँच तालिबान...   

ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १५ सयको मृत्यु

साओ पाउलो । ब्राजिलमा कोरोनाभाइरसका कारण एकै दिनमा थप १५ सयभन्दा बढीको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका...   
प्रविधिको दुरुपयोग गरी मलाई बदनाम गराइयो : वनमन्त्री आले

प्रविधिको दुरुपयोग गरी मलाई बदनाम गराइयो : वनमन्त्री आले

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले प्रविधिको दुरुपयोग गरी आफूलाई बदनाम गराएको आरोप...   

तरकारीमा आत्मनिर्भर बन्दै कुमालखाडावासी

दुल्लू । दैलेखको आठबीस नगरपालिका– ३ कुमालखाडीवासी तरकारी व्यवसायबाट आत्मनिर्भर बन्दै गएका छन् ।...   
टी २० क्रिकेटः अस्ट्रेलिया विरुद्धको शृंखला न्यूजील्यान्डले जित्यो

टी २० क्रिकेटः अस्ट्रेलिया विरुद्धको शृंखला न्यूजील्यान्डले जित्यो

वेलिङ्टन । अस्ट्रेलिया विरुद्धको टी २० क्रिकेट शृंखला न्यूजील्यान्डले ३–२ ले जितेको छ । वेलिङ्टनमा...   

चीनको निर्यातमा व्यापक सुधार, एक दशकमै सबैभन्दा बढी

बेइजिङ । कोरोनाभाइरस महामारीकै बीचमा पनि चीनको निर्यात विगत दुई दशकमै सबैभन्दा बढीले वृद्धि भएको...   

च्याउको बीउ बेचेर मासिक एक लाख आम्दानी

सर्लाही । यहाँका एक युवकले च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका छन् वाग्मती नगरपालिका– १० का ध्रुवप्रसाद...   
प्रम ओलीले लगाए कोरोनाविरुद्धको खोपः दोस्रो चरणको अभियान शुरु

प्रम ओलीले लगाए कोरोनाविरुद्धको खोपः दोस्रो चरणको अभियान शुरु

काठमााडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । त्रिवि शिक्षण अस्पताल...   
व्यावसायिक फार्ममा महिलाको स्वामित्व बढ्दै

व्यावसायिक फार्ममा महिलाको स्वामित्व बढ्दै

दमक । झापाको दमकमा थपिएका नयाँ व्यावसायिक फार्ममा महिलाको सङ्ख्या बढ्दै गएको छ । कोरोना सङ्क्रमण भए...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top