Khabar Dabali Logo
  March 2, Tue

जिलु क्षेत्रमा २० लाख भन्दा बढी खर्च गरी हाइकिङ रुट निर्माण

दोलखा । बृन्दावनदेखि साहित्यिक पार्कसम्म प्रधानमन्त्री रोगजगार कार्यक्रमअन्तर्गतको रु २० लाख ६८ हजार खर्च गरी भीमेश्वर नगरपालिकाले जिलु क्षेत्रमा हाइकिङ रुट निर्माण गरेको छ ।

बृन्दावनबाट गौरीशङ्कर हिमाल, तामाकोशी नदी, शैलुङ र हनुमन्तेका भीमकाय पहाडको मनमोहक दृश्य अवलोकन गर्दै साहित्यक पार्कसम्म यात्रा गर्न सो पदमार्ग निर्माण गरिएको हो । सदरमुकाम चरीकोटबाट एक किलोमिटरको दूरीमा पर्ने सो पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रातः भ्रमण गर्ने उपयुक्त गन्तव्य बनेको छ । उक्त पदमार्ग निर्माणले यहाँका नागरिकको आर्थिक अवस्थामा मजबुत बन्नसक्ने अनुमान गरिएको छ ।

नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामा आएको रु ५१ लाख ७० हजारमध्ये रु २० लाख ६८ हजार लगानी गरेको नगरपालिकाका प्रवक्ता एवं वडा नं ४ का वडाध्यक्ष हरिवंश चौलागाईले बताए ।

पदमार्ग निर्माणले पर्यटक भित्र्याइ स्थानीयलाई रोजगार सिर्जना गर्ने उद्देश्य रहेको नगरपालिकाका रोजगार संयोजक डम्बर ओलीले जानकारी दिए । “आन्तरिक पर्यटन भित्र्याउन नगरपालिकाको अगुवाइमा सिँढी बनाउने काम गरिरहेका छौँ”, मजदूर तिलक सापकोटाले भने, “२०/२० जनाको समूह बनाई महिला पुरुष दुवैले समान ज्याला लिने गरी समान काम गिर रहेका छौँ ।”

माघ २२ गते, २०७७ - ११:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना सङ्क्रमणमुक्त

कर्णाली । कर्णाली प्रदेशका १० मध्ये नौ जिल्ला कोभिड–१९ को सङ्क्रमणमुक्त भएका छन् । सामाजिक विकास...   

साझा र समृद्ध नेपाल बनाउन सबै मिल्नुपर्छ : वरिष्ठ नेता महतो

कैलाली । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले साझा र समृद्ध नेपाल बनाउनलाई सबै...   
ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा ७९ घरपरिवार विस्थापित

ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा ७९ घरपरिवार विस्थापित

फुङलिङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गमस्थल दोभान बजारमा...   

आवश्यक परेमा पार्टी आधिकारिकताका सबै प्रमाण निर्वाचन आयोगमा पेश गरिने छः अध्यक्ष नेपाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा...   

गत वर्ष सन् २०२० मा भन्दा चीनमा २५० नयाँ अर्बपति थपिए

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् । विश्वका...   
विधालयबाट अपहरणमा परेका नाइजेरियाका २७९ छात्रा रिहा

विधालयबाट अपहरणमा परेका नाइजेरियाका २७९ छात्रा रिहा

गुसौ । अपहरणमा परेका नाइजेरियाका छात्राहरु मुक्त भएका छन् । देशको उत्तरी क्षेत्रमा रहेको निजी विद्यालयबाट...   

राजश्व छली नियन्त्रण: रु ४७ अर्बको आर्थिक अपराध, एक हजारविरुद्ध मुद्दा

काठमाडौँ । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको...   

अवैध भरुवा बन्दुक सहित दुई जना पक्राउ

सल्यान । कालिमाटी गाउँपालिका–२ बस्ने ४५ वर्षीय कुल बहादुर सारु र सोही ठाउँ कुण्डिक बस्ने २५ वर्षीय...   
‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की वजेता बनिन् रश्मी शाक्य

‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की वजेता बनिन् रश्मी शाक्य

काठमाडौँ । सिजन मिडियाद्वारा आयोजना गरेको ‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की वजेता ललितपुरकी...   

सालका रूख सोत्तर गर्ने काम ठीक होइनः प्रम ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सबै प्रकारका वनको संरक्षण, प्रबन्ध, विकास, प्रतिफललगायत...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top