Khabar Dabali Logo
  March 1, Mon

कान्तिपुर डेन्टलले लियो एउटै विद्यार्थीसँग ८ लाख अतिरिक्त शुल्क

काठमाडौं। कोरोनाको चपेटामा परेका विद्यार्थीसँग कान्तिपुर डेन्टल कलेजले ८ लाख रुपैयाँभन्दा बढीका दरले अतिरिक्त शुल्क लिएको छ । चिकित्साशास्त्रको बीडीएस अध्ययनरत विद्यार्थीसँग कलेजले मनोमानी रुपमा शुल्क लिएको अभिभावकले बताएका छन् ।

आजको कान्तिपुर दैनिकमा खबर छ – लकडाउनका बेला अनलाइनबाट पढाएका थिए, एक अभिभावकले भने, अहिले कलेज सुरु भएपछि थप शुल्क माग्दै दबाब आइरहेको छ । सरकारले तोकेको शुल्क बुझाइसक्दा पनि कलेजले अतिरिक्त रकम माग गरेको उनले बताए ।

कलेजले बीडीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीसँग २७ लाख रुपैयाँ शुल्क मागेको हो । बीडीएस अध्ययनका लागि १९ लाख ३२ हजार शिक्षण शुल्क तोकिएको छ । कलेजले विभिन्न शीर्षक बनाएर रकम माग गरेको विद्यार्थीहरु बताउँछन् ।

पहिलो, दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीसँग कलेजले फरक–फरक शुल्क लिन्छ एक छात्राले भनिन्, दोस्रो वर्षका सँग ८ लाखभन्दा बढी मागिएको छ । तेस्रो वर्षमा अध्ययनरतले ६ लाखभन्दा बढी तिर्छन, पहिलो वर्षमा पढ्नेसँग पनि बढी शुल्क लिइएको छ ।

कलेजले शुल्क तिर्न दबाब दिएपछि कतिपय अभिभावकले अतिरिक्त शुल्कसमेत बुझाइसकेका छन् । मागेजति शुल्क नबुझाउने विद्यार्थीलाई परीक्षा फाराम भर्न नदिने र परीक्षाबाटै वञ्चित गर्ने चेतावनी कलेज प्रशासनले दिने गरेको विद्यार्थीहरुले गुनासो गरे ।

असन्तुष्ट विद्यार्थीले कलेज प्रशासनलाई निवेदन दिन हस्ताक्षर संकलन गरिसकेका छन् । गतवर्ष देशभरका चिकित्सा शिक्षाका विद्यार्थी आन्दोलित भएपछि कलेज सञ्चालकले अतिरिक्त शुल्क समायोजन गर्ने प्रतिबद्धता जनाएका थिए । कान्तिपुर दैनिकान्तिपुर डेन्टलले लियो एउटै विद्यार्थीसँग ८ लाख अतिरिक्त शुल्क

नयाँ पेज
facebook sharing buttonmessenger sharing buttonwhatsapp sharing buttontwitter sharing button
प्रकाशित मिति : February 4, 2021

काठमाडौं, २२ माघ । कोरोनाको चपेटामा परेका विद्यार्थीसँग कान्तिपुर डेन्टल कलेजले ८ लाख रुपैयाँभन्दा बढीका दरले अतिरिक्त शुल्क लिएको छ । चिकित्साशास्त्रको बीडीएस अध्ययनरत विद्यार्थीसँग कलेजले मनोमानी रुपमा शुल्क लिएको अभिभावकले बताएका छन् ।

लकडाउनका बेला अनलाइनबाट पढाएका थिए, एक अभिभावकले भने, अहिले कलेज सुरु भएपछि थप शुल्क माग्दै दबाब आइरहेको छ । सरकारले तोकेको शुल्क बुझाइसक्दा पनि कलेजले अतिरिक्त रकम माग गरेको उनले बताए ।

कलेजले बीडीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीसँग २७ लाख रुपैयाँ शुल्क मागेको हो । बीडीएस अध्ययनका लागि १९ लाख ३२ हजार शिक्षण शुल्क तोकिएको छ । कलेजले विभिन्न शीर्षक बनाएर रकम माग गरेको विद्यार्थीहरु बताउँछन् ।

पहिलो, दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीसँग कलेजले फरक–फरक शुल्क लिन्छ एक छात्राले भनिन्, दोस्रो वर्षका सँग ८ लाखभन्दा बढी मागिएको छ । तेस्रो वर्षमा अध्ययनरतले ६ लाखभन्दा बढी तिर्छन, पहिलो वर्षमा पढ्नेसँग पनि बढी शुल्क लिइएको छ ।

कलेजले शुल्क तिर्न दबाब दिएपछि कतिपय अभिभावकले अतिरिक्त शुल्कसमेत बुझाइसकेका छन् । मागेजति शुल्क नबुझाउने विद्यार्थीलाई परीक्षा फाराम भर्न नदिने र परीक्षाबाटै वञ्चित गर्ने चेतावनी कलेज प्रशासनले दिने गरेको विद्यार्थीहरुले गुनासो गरे ।

असन्तुष्ट विद्यार्थीले कलेज प्रशासनलाई निवेदन दिन हस्ताक्षर संकलन गरिसकेका छन् । गतवर्ष देशभरका चिकित्सा शिक्षाका विद्यार्थी आन्दोलित भएपछि कलेज सञ्चालकले अतिरिक्त शुल्क समायोजन गर्ने प्रतिबद्धता जनाएका थिए ।

माघ २२ गते, २०७७ - ०७:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानन्यायाधीश जबराको भूमिकाप्रति प्रश्न उठाउँदै संविधान संसोधनको माग

काठमाडौं । न्यायपालिकाको नेतृत्वका रुपमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भूमिकाप्रति प्रश्न...   
अब यात्रा गर्दा ‘भ्याक्सिन पासपोर्ट’ !

अब यात्रा गर्दा ‘भ्याक्सिन पासपोर्ट’ !

काठमाडौं । कोरोनाविरुद्धको खोप लगाइसकेपछि परिचयपत्र अथवा कतिपय देशमा चर्चा र तयारीको अवस्थामा रहेको...   

नेपालबाट कतारमा श्रमिक लैजान मागपत्रमै सेवा शुल्क उल्लेख गर्नुपर्ने

काठमाडौं । कतारमा रोजगारदाता कम्पनीले नेपालबाट श्रमिक लान म्यानपावर कम्पनीलाई दिइनुपर्ने सेवा शुल्क...   
अब सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

अब सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

काठमाडौँ । नयाँ सवारी साधन खरिद गर्दै हुनुहुन्छ भने सवारी दर्तादेखि नै इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने...   
राजस्व छलीको घटना धमाधम बाहिर आउँदै

राजस्व छलीको घटना धमाधम बाहिर आउँदै

काठमाडौं । संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको...   

प्रधानमन्त्री ओलीलाई हटाउन कानुनी रूपमै असहज

काठमाडौं। नेकपाका अध्यक्ष तथा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान...   

थप ५० लाख खोप किनिँदै

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप थप ५० लाख डोज खरिद प्रक्रिया अगाडि बढाएको...   

कर्मचारीबाटै सहकारीको १८ लाख हिनामिना

सेफको नक्कली चाबी बनाएर रकम चोरी, श्रीमान्–श्रीमती पक्राउ काठमाडौं । चोरीको नाटक गरी सहकारीको रकम...   

अब छिनोफानो संसद्बाटै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद् विघटन गरेपछि राजनीतिकरुपमा विभाजित नेकपा...   

चुनावका नाममा आयोगको १० करोड खर्च

सबैभन्दा बढी रकम तालिम, गोष्ठी र बैठक भत्तामा खर्च काठमाडौं । प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top