Khabar Dabali Logo
  March 9, Tue

लामा नङ पालेर नाम उच्च पार्ने धोको, नङको संरक्षणका लागि बिदेशबाट आर्थिक सहयोग

जनकपुरधाम । दिनेशसिंह यादवले लामा नङ पालेर विश्वमै देश र मधेशको नाम उच्च पार्ने धोको राखेका छन् । । सो धोकोलाई साकार पार्न जनकपुरधाम उपमहानगरपालिका–१७ कनकपट्टीका उनी विगत १० वर्षदेखि नङ पाल्दै आइराखेका छन् ।

लामा नङ पाल्नेमा आफू नेपालमै पहिलो व्यक्ति भएको दाबी गर्ने उनको हातको औलाको नङ ७, ९ र १० इन्च गरी ४० इन्चको भइसकेको छ । विदेशमा काम गर्ने केही कनकपट्टीवासीले नङका बारेमा प्रचारप्रसार गर्दा केही युएसए र जापानवासीले उनलाई नङको संरक्षणका लागि आर्थिक सहयोग पनि गरिरहेका छन् ।

देश, प्रदेश र स्थनीय सरकारबाट कुनै पनि सहयोग प्राप्त नभएको यादवलाई नङ पालेर विश्व रेकर्ड कायम गर्नका लागि युएसए र जापानवासीले मासिक रु १५ हजार रकम सहयोग गरिरहेको छ । विदेशमा कार्य गर्ने गाउँवासीको प्रचारप्रसारका कारण चार वर्षअघि दुवै देश नागरिकले आफूसँग जनकपुरमा भेट गरी आर्थिकरूपले सहयोग गर्ने क्रम शुरू गरेको उनी बताउछन्।

जाडोयाममा सिरक ओढ्ने क्रममा नङको रक्षामा समस्या हुने गरेको बताउँदै यादव भन्छन्, “देश र मधेशको नाम उच्च पार्न जस्तोसुकै समस्यासँग लड्न तयार छु ।” स्थानीय सरस्वती माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत यादव विदेशी नागरिकले नङ संरक्षण र प्रवद्र्धनका लागि गरेको सहयोग रकमले नङको संरक्षण कार्यसँगै बचत पनि गरेका छन्।

उनी भन्छन् “नङ संरक्षणका लागि सहयोगीबाट प्राप्त रकममध्ये मासिक रु ५०० खर्च हुने गरेको र बाँकी रकम भविष्यलाई ध्यानमा राखी बैंक जम्मा गर्दा हाल रु चार लाख पुगेको छ ।”

माघ १५ गते, २०७७ - १५:५७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने...   

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा...   

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित...   

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ।...   

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको...   
नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको...   

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन...   

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने...   

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब...   

चीन सरकारद्धारा चीनमा बनेका १६ ओटा कोरोना खोपलाई परीक्षणको अनुमति

बेइजिङ । चीन सरकारले चीनभित्र नै बनेका कम्तीमा पनि १६ ओटा खोपलाई परीक्षणको अनुमति दिएको बताइएको छ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top