Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह

काठमाडौँ । कृषिलाई व्यापारीकरण नगरी व्यवस्थित र मर्यादित बनाउन माग गरिएको छ । सरकारले हालै कृषिमा विदेशी लगानी भित्र्याउन गरेको निर्णयले किसानको हित नगर्ने मात्र नभई खाद्य सम्प्रभूतामा प्रतिकूल असर पर्ने भएकाले यसलाई फिर्ता लिन सञ्जीवनी समूहले आग्रह गरेको छ ।

समूहको तर्फबाट आज जारी विज्ञप्तिमा कृषि जीवन रेखा हो, व्यापार होइन भन्दै नेपाली किसानको अस्तित्व रक्षा गर्न, खाद्य सम्प्रभूताको सम्मान गर्न, जैविक विविधता र पर्यावरण संरक्षण गर्न, आत्मनिर्भरमुखी रैथाने खेतीपाती पद्धतिको संरक्षण गर्न, कृतिम रसायन र जिएमओको उच्चतम प्रयोगबाट मानव स्वास्थ बचाउन आग्रह गरिएको छ । समूहले नेपाली संस्कृतिमा आधारित कृषि प्रणालीको संरक्षण गर्न, खेतीयोग्य जमीनको स्वामित्व हस्तान्तरण रोक्न, किसानको आंशिक वा पूर्ण स्वरोजगारको संरक्षण गर्न, जलवायु परिवर्तन, उत्पादनको साधन भूमि र प्राकृतिक स्रोत माथि विदेशी हस्तक्षेप हुन नदिन र समग्र प्रकृतिमैत्री तथा जीवनमैत्री कृषि प्रणाली कायम गर्न सम्बद्ध एवं सरोकारवालाको ध्यानाकर्षण गरेको छ ।

समूहका संयोजक उद्धव अधिकारीले कृषिमा विदेशी लगानी भित्र्याउँदा नेपालको विशिष्ठ पहिचान र दुईतिहाई नागरिकको पारिवारिक पेशा र उनीहरुको जीविकोपार्जनमा प्रत्यक्ष असर पर्ने र नेपालको मौलिक कृषि प्रणालीमाथि नै प्रहार हुने बताए । उनले नेपालजस्तो सानो मुलुकमा कृषिका प्राथमिक उत्पादनहरुमा प्रत्यक्ष विदेशी लगानीमार्फत ठूलाठूला विदेशी कम्पनीहरुको प्रवेशले निर्वाहमुखी, साना तथा मझौला मात्र नभई धनी तथा व्यावसायिक किसानहरु समेत प्रतिस्पर्धामा उत्रन नसक्ने, नेपाली किसान तथा समग्र कृषि क्षेत्र नै ध्वस्त हुने र देशको खाद्यप्रणाली नै विदेशीको हातमा पुर्याउने हुँदा यस्तो निर्णय फिर्ता लिन आग्रह गरे ।

पछिल्लो पाँच दशकयता कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरण गरी बढी मुनाफा वा फाइदा लिने प्रलोभन देखाई कृषकलाई रासायनिक मल तथा विषादीको प्रयोग गर्न लगाउँदा जैविक विविधता, वातावरण र जनस्वास्थ्यमा असर परेको उल्लेख गर्दै उनले अब कृषिमा विदेशी लगानी ल्याउँदा त्यसले अझ भयावह अवस्था सिर्जना गर्ने बताए । कृषि क्षेत्रमा राज्यको लगानी वृद्धि गर्ने, कृषि उपज आयातलाई निरुत्साहित गर्दै किसानले उत्पादन गरेका उत्पादित वस्तुहरुको उचित मूल्यसहित बजार सुनिश्चित गर्ने, जलवायु अनुकुलित रैथाने तुलनात्मक लाभका बालीलाई प्रवद्र्धन गर्न सकिएमा विदेशी लगानी ल्याउनु पर्ने आवश्यकता नरहेको उनले स्पष्ट पारे ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies