Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

भारत र काँग्रेस भ्रममा

काठमाडौं । ‘भारत र कांग्रेसले जे बुझेका छन्, जे सोचेका छन्, त्यस्तो हुनेवाला छैन । केपीले चाहेको र सोचेको कुरा अर्कै छ’ राप्रपा अध्यक्ष कमल थापाले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई घण्टा लामो भेट गरेपछि निकटस्थहरुलाई सुनाएको प्रसंग हो यो ।

आजको जनआस्था साप्ताहिकमा खबर छ - ०७२ मा गठित आफ्नो सरकारमा उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मा पाएका कमल थापासँग ओलीको अहिले पनि सम्बन्ध सुमधुर छ । उक्त भेटमा ओलीले थापालाई संसद पुनस्र्थापना कुनै हालतमा नहुने बताए । उनले पनि पत्याएका रहेछन् ।

‘एक पर्सेन्ट पनि चान्स छैन (पुनस्र्थापनाको), चुनाव नै हुन्छ, सबैतिर सेटिङ भैसकेको छ,’ उनले निकटस्थलाई सुनाए ।

कमल थापाले प्रचण्डहरुको कुरा पनि सुनेका रहेछन् । उनीहरु पनि चोलेन्द्रको भर छैन । आन्दोलन गरेरै जानुपर्छ भन्नेमा छन् । कमल थापाको कुरा सुनेपछि राप्रपाका एक नेताले सुनाए, ‘लागे–पुगेसम्म अहिले पनि कमल थापा ओलीसँग मिल्न पाए हुन्थ्यो भन्नेमा छन् । तर, पार्टीको लाइन काँग्रेस जसरी जान्छ, त्यसरी जाऔँ भन्ने छ ।’

कमल थापाको ब्रिफिङअनुसार, केपीले चुनाव गराए भने काँग्रेस र भारतले सोचे जस्तो हुने सम्भावना नै छैन । ती दुईको अनुमान छ, नेकपा फुट्यो, अब पालो काँग्रेसकै हो । यसबाट मधेसी नेताहरु अलिक बढी फाइदामा हुँदा भारतले आफ्ना एजेण्डा अगाडि बढाउने माध्यम र सहजता पाउने अनुमान गरेको छ ।

तर, कमल थापाका अनुसार, केपीले रोजेका, छानेका मान्छेले मात्रै चुनाव जित्ने र आफूसँग पाँचजना भए पनि अरुभन्दा बढी सांसद हुने गरी चुनाव गराउँदै छन् । रामबहादुर थापा (बादल) नाममात्रको गृहमन्त्री हुन् । सिडिओ, एसपी सबै बालुवाटारले खटाउने हो । गृहमन्त्रीले डिएसपीधरी सरुवा गर्न नसक्ने अवस्था छ ।

मन्त्रालय, त्यसअन्तर्गतका नियुक्तिमा कुनै मन्त्रीको केही चल्दैन । सबैमा बालुवाटार हावी छ । रक्षा मन्त्रालय आफैसँग राखेका छन् । अर्थात्, जो केपीसँग मिल्छ, उसले मात्रै जित्ने चुनाव हुँदैछ । त्यस्तो चुनावमा काँग्रेसका रामचन्द्र पौडेल, जसपा नेता डा.बाबुराम भट्टराईसहित सबैलाई जिताइ दिने, तर बहुमत आफूले ल्याउने चाहना छ ।

हुन पनि केपीसँग अहिले सेना, प्रहरी, निर्वाचन आयोगदेखि सबै शक्ति केन्द्रित छ । आश्वासन बाँड्ने ठाउँमा उनै छन् । २ भोटले जिते पनि माननीय, हजार भोटले जिते पनि माननीय । यदि केही गरी चुनाव भएन भने अदालतका कारणले मात्रै हुँदैन । उसले संसद पुनस्र्थापना ग¥यो भने मात्र चुनाव नहुने हो । तर, संसद व्युँतिने एक प्रतिशत पनि सम्भावना नभएको कुरामा ओली हिमालझैं अटल छन् ।

०३८ सालमा दरबारको चाहनाबमोजिम भएको चुनावलाई सूर्यबहादुर थापाले धाँधली भयो भनेका थिए । तर, त्यो चुनावमा मात्रिकाप्रसाद कोइराला र केआई सिंहलाई समेत जिताइएको थियो । अर्थात्, उदार र अनुदार दुबै पञ्चलाई राष्ट्रिय पञ्चायतमा लगियो, तर अनुदार पञ्चहरुको संख्या बढी बनाइयो । अहिले केपी ओलीको चुनावी अभ्यास यस्तै रहेको ब्रिफिङ छ, कमल थापाको । उनको अन्तिम विश्वास चाहिँ के छ भने– अहिले त के देखिन्छ र ओलीको रुप ! चुनावपछि को, कति तानाशाह बन्न सक्छ प्रष्ट हुनेछ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies