
हात्तीले भत्कायो आरक्ष विस्थापितका झुपडी

-
-
माघ १२ गते, २०७७ - १५:१५

कञ्चनपुर । ढक्कामा बस्दै आएका आरक्ष विस्थपित १३ परिवारका झुपडी हात्तीको बथानले भत्काइ दिएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र हँुदै विस्थापित परिवारको शिविरमा गएराति छिरेको हात्तीको बथानले झुपडिभित्र राखेको अन्नबाली खानुका साथै झुपडी भत्काइ बिचल्लीमा पारेको छ । पचास भन्दा बढीको सङ्ख्यामा रहेको हात्तीको बथानले झुपडी भत्काउन थालेपछि स्थानीय बासिन्दा भागेर ज्यान जोगाएका छन् ।
“खाना खाएर सुत्ने तरखर गर्दै थियौं”, आरक्ष सङ्घर्ष समितिका अध्यक्ष हीरा सिंह भण्डारीले भने, “हात्तीको बथान शिविरमा छिरेर उपद्र मच्चाउन थाल्यो ।” बालबालिका बोकेर सुरक्षित स्थानमा पुगेर ज्यान जोगायौं ।” झुपडीभित्र रहेको अन्न, ओढ्ने ओछ्याउने र लगाउने कपडासँगै खाना पकाउने भाडाँकुडामासमेत हात्तीको बथानले कामै नलाग्ने गरी नोक्सानी पु¥याएको उनले बताए ।
साँझ ६ बजेनै शिविर नजिकैको क्षेत्रमा सडकमा सवारीका साधन हात्तीको अवरोधका कारण रोकिएपछि हो–हल्ला गरी, पटाका पड्काएर भगाए पनि पुनःरातिका बेला हात्तीको बथानले शिविरमै पुगेर झुपडीनै भत्काएर चिसो मौसममा बेहाल बनाएको शिवराज भारतीले बताए ।
हात्तीको बथानले शिविरका बासिन्दाले लगाएको गहुँबालीमासमेत नोक्सानी पुर्याएको छ । मजदूरी गरी झुपडीमा राखेको अन्नपात, लत्ताकपडा सबैमा हात्तीको बथानले नोक्सानी गरेपछि रातभर बालबालिकासहित एकसरो लुगामै रुखमुनि ओत लागेर आगो तापेर ज्यान जोगाएको शिविरका बासिन्दाले बताएका छन् । “वर्षौदेखि पुनः स्थापनको माग गर्दै आए पनि पुनःस्थापन नहँुदाको पीडा त छदै थियो”, जङ्गबहादुर खत्रीले भने, “जङ्गली हात्तीको पीडासमेत खेप्न बाध्य छौं । विसंं २०५८ मा तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा ती परिवारलाई हटाइएको थियो । आरक्षबाट विस्थापनमा परेका परिवार ढक्का, तारापुरलगायतका क्षेत्रमा शिविर बनाइ बस्दै आएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
हेटौँडामा मिनी रङ्गशाला निर्माण गरिँदै
वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडा बजारमा अवस्थित क्याम्पाडाँडा नजिकको खेलमैदानलाई मिनी...सेती जलाशययुक्त आयोजनाले नौ सय घरधुरीमा असर पर्ने
डोटी । बोगटान फुड्सिल गाउँपालिकामा निर्माण गरिन लागेको जलाशययुक्त सेती आयोजनाले डोटी र अछामका गरी...तोलामा ९०० ले घट्यो सुनको मूल्य
काठमाडौँ । पहेंलो धातुको मूल्य ओरालो लाग्ने क्रम जारी छ । लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि...महासचिव चन्द नवलपुरबाट सार्वजनिक
नवलपुर । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक...मिक्लाजुङ गाउँपालिकाको एक सय २५ कृषकलाई एक लाखका दरले पुरस्कार
पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाले १२५ कृषकलाई रु एक लाखका दरले पुरस्कार प्रदान गरेको छ । गाउँपालिकाले...बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा न्यूक्लियर मेडिसिन सेवा शुरु
चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा न्यूक्लियर मेडिसिन सेवा पुनः शुरु भएको छ । स्प्याक्ट...गत वर्षको तुलनामा स्याउ उत्पादनमा दोब्बर कमी
खलङ्गा । जुम्लामा गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा दोब्बर गिरावट आएको छ । यहाँको जुम्ली स्याउको...सुर्खेतमा २५ हजार ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाइँदै
कर्णाली । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले ६५ वर्ष उमेर समूह पुगेका झण्डै २५ हजार ज्येष्ठ नागरिकलाई...बाह्र दिनदेखि १७ वर्षीया किशोरी सम्पर्कविहीन
तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ निवासी १७ वर्षीया किशोरी बाह्र दिनदेखि सम्पर्कविहीन भएकी...सरकार रचनात्मक कार्यमा लागेको छ : मन्त्री अर्याल
स्याङ्जा । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले वर्तमान सरकार रचनात्मक कार्यमा लागेको...
