Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९७ हजार भन्दाबढी

लन्डन । बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९७ हजारभन्दा बढी पुगेको बताइएको छ । आइतबार सार्वजनिक तथ्याङ्कअनुसार बेलायतमा कोरोना भाइरसका कारण ज्यान जाने नागरिकको संख्या ९७ हजार ९३९ पुगेको बताइएको हो ।

बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरले आइतबार सो तथ्याङ्क सार्वजनिक गरेको समाचारमा जनाइएको छ । उक्त विभागका अनुुसार पछिल्लो जानकारीमा बेलायतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्यामा भने अघिका केही दिनहरुका तुलनामा केही कमी आएको बताइएको छ ।

तीन दिनमात्र अघि बेलायतमा एकै दिन कोरोनाका कारण कम्तीमा पनि १ हजार ८०० जनाको ज्यान गएको बताइएको थियो ।

तर त्यसपछिका दिनमा घट्दै गएको यो मृत्युको संख्या अघिल्ला दिनहरुको तुलनामा निकै नै कमी आएको हो । बेलायतमा आइतबार थप ६१० जना कोरोना सङ्क्रमितको मृत्यु भएको सो विभागले जानकारी दिएको छ ।अघिल्लो दिनमात्र यहाँ ९ सयभन्दा बढीको ज्यान गएको थियो । तर यहाँका विभिन्न अस्पतालमा सङ्क्रमितको संख्या भने पहिलेका हप्ताको तुलनामा पछिल्ला हप्ताहरुमा निकै बढेको बताइएको छ ।

यसका साथै सो विभागले आइतबार दिएको जानकारीमा बेलायतमा कोरोना संक्रमितहरुको संख्यामा पनि केही दिनयता कमी आएको जनाएको छ । आइतबार सम्ममा त्यसको २४ घन्टा अघिको तुलनामा यहाँका ३० हजार ४ जना नयां सङक्रमित थपिएका छन् । यो सँगै बेलायतमा संक्रमित संख्या संख्या ३६ लाख ४७ हजार ४६३ पुगेको छ ।

यहाँका अस्पतालहरुमा हाल झन्डै ३८ हजारको संख्यामा कोरोना संक्रमितको उपचार भइरहेको पनि यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यानककले जानकारी दिएका छन् । स्वास्थ्यमन्त्री म्याटले बताएअनुसार हाल यहाँका अस्पतालहरुमा भर्ना हुनेको संख्या महामारीयताकै सबैभन्दा बढी रहेको छ ।

यहाँ पहिलाको पहिलो वेभको तुलनामा दोब्बरभन्दा पनि बढी कोरोना सङ्क्रमित अस्पताल भर्ना भएका छन् ।

साथै कोरोना सङ्क्रमणका कारण भेन्टिलेटर बेडमा रहेका बिरामीको संख्या पनि चार हजार नाघेको छ । उता बेलायतमा खोप दिने क्रम पनि शुरु भएको छ । हालसम्म बेलायतमा ६० लाखभन्दा बढी नागरिकले खोप लगाइसकेका बताइएको छ । यसरी एकातर्फ यहाँ खोप दिने क्रम जारी नै छ भने अर्कातर्फ बेलायतबाट निस्किएको नयाँ प्रजातिाको भाइरसको सङ्क्रमण पनि दिन प्रतिदिन बढ्दो मात्रामा रहेको पाइएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies