Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

नेतृत्व विकाससँगै महिला आयआर्जनसँग जोडिनुपर्दछ : उससभामुख शर्मा

गण्डकी । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरू संवैधानिक अधिकारको उपयोग गर्दै आयआर्जनतर्पm जोडिनुपर्ने बताएका छन् । कास्कीको माछापुच्छ«े गाउँपालिकास्तरीय जनप्रतिनिधि महिला तथा सञ्जालका पदाधिकारीका बीच भएको अन्तक्र्रिया कार्यक्रममा उहाँले महिलाले नेतृत्व विकास गर्दै उत्पादनसँग जोडिनुपर्ने आवश्यकता औँल्याए ।

महिलाको सहभागिता बिना ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियान पूरा नहुने भन्दै उहाँले त्यसका लागि महिलाको सहभागिता अपरिहार्य रहने विश्वास व्यक्त गरे । संविधानले हरेक तहमा महिलाको ३३ प्रतिशत सुनिश्चितता गरेकाले महिला नेतृत्वमा उल्लेखनीय विकास भएको जानकारी गराउँदै आगामी स्थानीय तहको निर्वाचनमा महिला नेतृत्व लिन तयार भएको उनको भनाइ छ ।

गण्डकी प्रदेशसभाका सदस्य डा पुष्पा केसी भण्डारीले तालीमबाट प्राप्त ज्ञानले धारणा बनाउँदै दुई हातले सीप प्रस्तुत गर्नसके मात्र महिला सशक्तीकरणमा जोड पुग्ने विश्वास व्यक्त गरे । समाजका विपन्न तथा असहायको पहिचानमा स्थानीय तहका जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहने बताउँदै उनले त्यस्ता वर्गको उत्थानका लागि आर्थिक उपार्जनमा जोड पुग्ने खालका कार्यक्रम सञ्चालन गरिनुपर्ने आवश्यकता औँल्याए । गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले महिला हक अधिकारको सुनिश्चितताका लागि जनप्रतिनिधि महिला र सञ्जालबीचको समन्वय आवश्यक रहने बताए ।

उपाध्यक्षसँग महिला बालबालिका कार्यक्रमका संयोजक तथा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडी र मुस्ताङ जिल्ला घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङले राज्यले व्यवस्था गरेको महिला तथा बालबालिका लक्षित बजेट कार्यान्वयमा जनप्रतिनिधि एवं सञ्जालका पदाधिकारी सचेत हुनुपर्ने आवश्यकता औँल्याए ।

कार्यपालिका सदस्य हीरादेवी सुनार, महिला तथा बालबालिका कार्यक्रम संयोजक गीता थापा तथा विभिन्न वडाका वडाध्यक्षले कार्यक्रमको महत्व र आवश्यकतामाथि प्रकाश पारे सो कार्यक्रममा गाउँपालिका महिला जनप्रतिनिधि, सञ्चालनका पदाधिकारी, सम्बन्धित शाखाका कर्मचारीसहित ५० जनाको सहभागिता रहेको थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies