Khabar Dabali Logo
  March 8, Mon

भजनीका किसानलाई चैते धानको बीउ निःशुल्क वितरण

टीकापुर । कैलालीको भजनी नगरपालिकाका किसानलाई १०० क्विन्टल चैते धानको बीउ निःशुल्क वितरण गरिएको छ । नगरपालिकाको १ देखि ९ वटै वडाका किसानलाई चैते धानको बीउ वितरण गरिएको हो । नगरका अधिकांश क्षेत्र डुबानका कारण बर्खे यामको धानबालीको उत्पादन लिन नपाउने भएकाले चैते धान खेतीबाट नागरिकको खाद्य सुरक्षा सुनिश्चित गर्न धानको बीउ वितरण गरेको नगरपालिका कृषि शाखाका प्रमुख कमल चौधरीले बताए ।

“यहाँ बर्सेनि बर्सातमा बाढी आउँछ, यहाँका किसानले बर्खे खेती गर्न सक्दैनन, त्यसैले चैते धानको बीउ वितरण गर्यौँ”, कृषि शाखा प्रमुख चौधरी भने, “यहाँ चैते धान राम्रो उत्पादन हुन्छ । हामीले धान खेती भनेपछि चैते धानलाई बढी प्रोत्साहन गर्छौं ।” उनले डुबान क्षेत्रका किसानलाई प्राथमिकतामा राखेर बीउ वितरण गरिएको जानकारी दिए । भजनी नगरपालिका र कृषि ज्ञान केन्द्र कैलालीको आर्थिक सहयोगमा २२२ हेक्टरमा पुग्ने गरी २८ कृषक समूह र व्यक्तिगतरूपमा गरी चैते धानको बीउ वितरण गरिएको छ ।

“किसानको मागका आधारमा बीउ वितरण गरिएको हो”, चौधरीले भने, “चैते तीन र चैते पाँच जातको धानको बीउ नगरपालिकाले १५ क्विन्टल र कृषि ज्ञान केन्द्रको ८५ क्विन्टल किसानलाई उपलब्ध गरायौँ । यससँगै चैते धान खेतीमार्फत् उत्पादन बढाउन अन्य कार्यक्रमसमेत सञ्चालन गर्नेछौँ ।”

नगरपालिकामा किसानलाई प्रोत्साहन गर्न हरेक वर्ष चैते धान ब्लक प्रदर्शन, चैते धान मुख्यमन्त्री कृषि कार्यक्रमजस्ता कार्यक्रमसमेत सञ्चालन हुँदै आएका छन् । नगरपालिकामा करिब ४०० हेक्टरमा चैते धानखेती हुने गरेको छ । नगरपालिका चैते धान खेतीको लागि राम्रो र उर्बर क्षेत्र हो । यहाँका किसानले बर्सेनि चैते धान खेती गर्ने गरेका छन् । “बर्खे धान खेतीभन्दा राम्रो उत्पादन र बाढी ग्रसित क्षेत्रका लागि चैते धान खाद्य सुरक्षामा सहयोग पुग्ने भएकाले नगरपालिकाले चैते धान खेतीमा सहयोग गर्नुले यहाँका किसानलाई सजिलो भएको छ”, किसान सुन्दर चौधरीले जनाए, “कृषिमा सरकारले लगानी बढाएको छ । भजनीमा बर्सेनि आउने बाढीका कारण खेतीयोग्य जमीन र बालीमा क्षति पुग्ने गरेको छ । यहाँका नदी तथा कटान हुने क्षेत्रमा स्थायी तटबन्ध गरी खेतीयोग्य जमीन बचाउनतर्फ ध्यान दिनुपर्छ ।”

ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण

कैलालीको जोशीपुर गाउँपालिका–३ ले ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा कम्बल वितरण गरेको छ । वडाभित्र रहेका ६५ ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा र कम्बल वितरण गरिएको हो । न्यानो कपडा पाउँदा ज्येष्ठ नागरिक र एकल महिला खुसी भएका छन् । बयासी वर्षीय रामराजा चौधरीले चिसो बढेका बेला वडा कार्यालयले सम्झेको बताए । “ज्येष्ठ नागरिकलाई सम्झने सरकार पाएका छौँ, गत वर्ष पनि कम्बल पाएका थियौँ, यसले जाडो छेक्न सघाउँछ”, उनले भने, “परिवार, समाज, सन्तानको माया नपाएर दिक्क भएका हामीजस्ता बूढापाकालाई यहाँ भेला गरेर सम्मान गर्नु नै ठूलो ठानेका छौँ ।”

गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले गाउँपालिकाले विभिन्न वडामा विपन्नलाई राहत हुने खालका कार्यक्रम गर्दै आएको बताए । “हामीले सक्दो राहत दिन यस्ता सानासाना कार्यक्रम गर्ने गरेका छौँ”, अध्यक्ष चौधरीले भने, “सहयोग सानो भए पनि यहाँ ज्येष्ठ नागरिक र एकल महिलाको भावना र पीडा समेटिएको छ ।”

वडा कार्यालयले हरेक वर्ष ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप न्यानो कपडा वितरण गर्दै आइरहेको छ । ज्येष्ठ नागरिकलाई सम्मान पनि होस् र उनीहरुलाई जाडोबाट पनि बच्न सजिलो होस् भनि कम्बल वितरण गरिएको वडाध्यक्ष किशोर कठरियाले जानकारी दिए । “ज्येष्ठ नागरिकलाई बढी जाडो हुन्छ, अनि एकल महिलालाई आर्थिक समस्या हुन्छ, थोरै भए पनि राहत दिऔँ भनी कम्बल दिएका हौँ”, वडाध्यक्ष कठरियाले भने, “यो कार्यक्रम आउँदा वर्ष पनि निरन्तर हुनेछ ।”

माघ १२ गते, २०७७ - ०९:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात...   

उत्तरी अफगानिस्तानमा शनिबार भएको भिडन्तमा आठ प्रहरीको मृत्यु

मजार ए सरिफ । उत्तरी अफगानिस्तानको बाख्ख प्रान्तमा शनिबार राति भएको भिडन्तमा आठ प्रहरी र पाँच तालिबान...   

ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १५ सयको मृत्यु

साओ पाउलो । ब्राजिलमा कोरोनाभाइरसका कारण एकै दिनमा थप १५ सयभन्दा बढीको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका...   
प्रविधिको दुरुपयोग गरी मलाई बदनाम गराइयो : वनमन्त्री आले

प्रविधिको दुरुपयोग गरी मलाई बदनाम गराइयो : वनमन्त्री आले

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले प्रविधिको दुरुपयोग गरी आफूलाई बदनाम गराएको आरोप...   

तरकारीमा आत्मनिर्भर बन्दै कुमालखाडावासी

दुल्लू । दैलेखको आठबीस नगरपालिका– ३ कुमालखाडीवासी तरकारी व्यवसायबाट आत्मनिर्भर बन्दै गएका छन् ।...   
टी २० क्रिकेटः अस्ट्रेलिया विरुद्धको शृंखला न्यूजील्यान्डले जित्यो

टी २० क्रिकेटः अस्ट्रेलिया विरुद्धको शृंखला न्यूजील्यान्डले जित्यो

वेलिङ्टन । अस्ट्रेलिया विरुद्धको टी २० क्रिकेट शृंखला न्यूजील्यान्डले ३–२ ले जितेको छ । वेलिङ्टनमा...   

चीनको निर्यातमा व्यापक सुधार, एक दशकमै सबैभन्दा बढी

बेइजिङ । कोरोनाभाइरस महामारीकै बीचमा पनि चीनको निर्यात विगत दुई दशकमै सबैभन्दा बढीले वृद्धि भएको...   

च्याउको बीउ बेचेर मासिक एक लाख आम्दानी

सर्लाही । यहाँका एक युवकले च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका छन् वाग्मती नगरपालिका– १० का ध्रुवप्रसाद...   
प्रम ओलीले लगाए कोरोनाविरुद्धको खोपः दोस्रो चरणको अभियान शुरु

प्रम ओलीले लगाए कोरोनाविरुद्धको खोपः दोस्रो चरणको अभियान शुरु

काठमााडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । त्रिवि शिक्षण अस्पताल...   
व्यावसायिक फार्ममा महिलाको स्वामित्व बढ्दै

व्यावसायिक फार्ममा महिलाको स्वामित्व बढ्दै

दमक । झापाको दमकमा थपिएका नयाँ व्यावसायिक फार्ममा महिलाको सङ्ख्या बढ्दै गएको छ । कोरोना सङ्क्रमण भए...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top