Khabar Dabali Logo
  February 24, Wed

अस्पताल बनाउन स्थानीयवासीद्वारा करिब ८ रोपनी जग्गा निःशुल्क नामसारी

गलकोट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ स्थित रेश स्वास्थ्यचौकीलाई स्तरोन्नति गर्न यहाँका स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउन जग्गा अभाव भएको भन्दै यहाँका नौ जना स्थानीयवासीले करिब आठ रोपनी जग्गा स्वास्थ्यचौकीको नाममा निःशुल्क नामसारी गरेका छन् ।

आफ्नै गाउँ ठाउँमा अस्पताल बन्न जग्गा अभाव भएपछि यहाँका उनीहरुले निःशुल्क जग्गा उपलब्ध गराएको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले बताए । “गत वर्ष अस्पताल निर्माणका लागि बजेट आए पनि स्वास्थ्यचौकीका नाममा जग्गा नहुँदा बजेट फिर्ता भयो”, लामिछानेले भने, “अहिले स्वास्थ्यचौकीका नाममा मौजुदा जग्गासहित १३ रोपनी जग्गा पुर्याएका छौँ, अब अस्पताल बनाउनका लागि प्रक्रिया अगाडि बढाएका छौँ ।”

अस्पताल बनाउनका लागि स्वास्थ्यचौकी नजिकै रहेको जग्गा स्थानीयवासीले दिएका हुन् । अस्पताल बनाउन विष्णुप्रसाद शर्माले नौ आना, मुरारीप्रसाद शर्माले एक रोपनी पाँच आना, दुर्गाप्रसाद शर्माले एक रोपनी, डण्डपानी शर्माले एक रोपनी चार आना, होमनाथ शर्माले आठ आना, पणनाथ शर्माले छ आना, तिलबहादुर क्षत्रीले एक रोपनी, पवित्रा कार्कीले एक रोपनी दुई आना र खीलानाथ शर्माले १२ आना जग्गा स्वास्थ्यचौकीको नाममा नामसारी गरेका छन् ।

यसअघि लीलाधर शर्मा, श्यामप्रसाद शर्मा र श्याम शर्मालगायतले पाँच रोपनी जग्गा स्वास्थ्यचौकीका नाममा प्रदान गरिसकेका थिए । जग्गालाई एकीकृत गर्नका लागि स्वास्थ्यचौकीले स्थानीयवासीको सक्रियतामा दुई रोपनी जग्गा खरिदसमेत गरेको छ । आफ्नै गाउँमा सुविधा सम्पन्न अस्पताल बन्ने भएपछि निःशुल्क जग्गा स्वास्थ्यचौकीको नाममा पास गरिदिएको जग्गादाता विष्णुप्रसाद शर्माले बताए ।

रेश स्वास्थ्यचौकी भएको जग्गाको लालपुर्जा नहुँदा अस्पताल निर्माणमा ढिलाइ भएपछि स्थानीयवासीले जग्गा उपलब्ध गराएको वडाध्यक्ष लामिछानेले बताए । जग्गादाताले स्वास्थ्यचौकीका नाममा एक हप्ता अगाडि मात्रै जिल्ला मालपोत कार्यालय बागलुङबाट जग्गा नामसारी गरिदिएका थिए । जग्गा स्वास्थ्यचौकीको नाममा आइसकेपछि अस्पताल बनाउनका लागि प्रक्रिया थालिएको र आगामी वर्ष बजेट आउने अपेक्षा गरिएको छ । सरकारले हरेक पालिकामा १५, १० र पाँच शय्याको अस्पताल बनाउने निर्णयानुसार रेशमा अस्पताल बनाउन जग्गा व्यवस्थापन गरिएको हो ।

माघ १२ गते, २०७७ - ०९:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ताम्राकार कम्प्लेक्सबाट बिना बिलको १ सय ७७ थान मोबाइल सहित ७ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–२२ न्युरोडस्थित ताम्राकार कम्प्लेक्स तथा सोही ठाउँ पाकोस्थित...   

करेन्ट लागेर २७ वर्षीय कमलको मृत्यु

रुपन्देही । ओमसतिया गाउँपालिका–३ करवानीस्थित हरि बहादुर थापाको माछा पोखरीमा काम गर्ने सियारी गाउँपालिका–१...   

कोरोनाबाट अमेरिकामा करिब ५ लाख व्यक्तिको मृत्यु

वासिङ्टन । कोरोना भाइरस सङ्क्रमणको शुरु भएदेखियता संयुक्त राज्य अमेरिका करिब पाँच लाख व्यक्तिको...   

नेपालगंजमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

बाँके । नेपालगंज उपमहानरगपालिका–पुरैनीस्थित सडक भे.१ त ९२१४ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार...   

लिबियाका गृहमन्त्रीको हत्या प्रयास

त्रिपोली । लिबियाको राष्ट्रसंघ समर्थित सरकारका गृहमन्त्री फाथी बाशाघाको हत्या प्रयास भएको छ । राजधानी...   

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या करिब दुई लाख पचास हजार

रियो डि जेनेरियो । पछिल्लो समयमा ब्राजिलमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट मृत्यु हुने नागरिकको...   

महिला हिंसा अन्त्य हुनुपर्छ : नेता डा सङ्ग्रौला

मार्तडी । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले महिला हिंसाका घटना न्युनिकरणमा सामूहिक...   

नेकपा विवादले देश सङ्कटमा पर्यो: महामन्त्री सिंह

बलेवा । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा...   

पूर्वी मेक्सिकोमा सैनिक विमान दुर्घटनाग्रस्त हुँदा ६ जना सैनिकको मृत्यु

मेक्सिको सिटी । मेक्सिको वायुसेवाको एउटा विमान भेराक्रुज राज्यमा आइतबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा...   

सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई दवाव दिँदैनः उपप्रधानमन्त्री पोखरेल

चितवन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनसँंग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top