Khabar Dabali Logo
  March 2, Tue

जब प्रधानमन्त्रीले नै कर्मचारीलाई राजनीतिमा लाग्न सल्लाह दिए

काठमाडौं । निजामती सेवा ऐनको दफा ६१ मा निजामती कर्मचारीहरु राजनितीमा सहभागी हुन नपाउने व्यवस्था छ । राजनीतिमा लागेमा हटाउने वा बर्खास्तसम्म गर्ने व्यवस्था उक्त ऐनमा गरिएको छ । तर उक्त व्यवस्था उल्लघंन गर्न प्रधानमन्त्री स्वयंमले कर्मचारीहरुलाई प्रेरित गरेका छन् ।

आजको नागरिक दैनिकमा खबर छ – एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले कर्मचारीहरुलाई राजनीतिमा तान्न प्रेरित गरेका हुन् । शुक्रबार काठमाडौंमा प्रधानमन्त्री ओलीले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल निजामती कर्मचारी संगठन तथा राष्ट्रिय कर्मचारी संगठनमा आबद्ध कर्मचारीहरुको भेला बोलाएका छन् उक्त भेलामा पार्टीको ब्यानर राखिएको छ ।

नेकपाको पेशागत विशेष जिल्ला कमिटिको आयोजनामा उक्त भेला गरिएको हो । प्रधानमन्त्री कार्यालय समयमै कर्मचारीहरुको गुटको भेला बोलाएका हुन् । भेलामा दर्जनौं सरकारी कर्मचारी उपस्थित भएका छन्, त्यो पनि कार्यालय समयमा ।

भेलामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष केदार देवकोटालगायतका कर्मचारीहरुको उपस्थिति छ । यसैगरी उर्जामन्त्री टोपबहादुर रायमाझी पनि भेलानमा गएका छन् । भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पाार्टी फुटाउनेको पक्षमा नलाग्न कर्मचारीलाई आग्रह गरेका छन् ।

उनले आफ्नो पक्षमा सहयोग गर्न र मूलधारमै लाग्न कर्मचारीहरुलाई सल्लाह दिएका छन् । प्रशासन सेवा विज्ञ शारदाप्रसाद त्रितालले प्रधानमन्त्रीले आफ्नो कार्यालयमा बोलाएर कर्मचारीहरुलाई निर्देशन दिन सक्ने तर पार्टीको ब्यानरमा कर्मचारीहरुको भेला गर्न नसक्ने बताउँदै भने, ‘यो कानुनको भावनाविपरित हो ।’

माघ १२ गते, २०७७ - ०७:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्व प्रधानमन्त्री भट्टराई आज स्वदेश फर्किदै, क्यान्सर नभएको पुष्टि

काठमाडौं । पेटमा क्यान्सर भएको आशंकामा उपचारका लागि भारत गएका जसपाका संघीय परिषद अध्यक्ष तथा पूर्व...   
महिलालाई जिउँदै पुरेर एक्स्काभेटर चालक फरार

महिलालाई जिउँदै पुरेर एक्स्काभेटर चालक फरार

धादिङ । एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् । आजको कान्तिपुर...   

मोरङमा दुई जना वृद्धवृद्धाकाे स्यानिटाइजर सेवन गरेर मृत्यु

काठमाडौं । स्यानिटाइजर सेवनका कारण मोरङमा एकै दिन दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने वृद्धवृद्धा...   

खोप लगाएपनि कोराना संक्रमणको जोखिम रहने

काठमाडौं ‍। सुरक्षित मानिएको कोभिसिल्ड खोप लगाएपछि शरीरमा एन्टिबडी नबन्दासम्म कोराना संक्रमणको...   

जनप्रतिनिधि ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेटकाे दुरुपयोग गर्दै भ्रमणमा

विराटनगर । मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेट...   

अग्नि पीडितलाई पठाएको पाल एक महिनादेखि गाउँपालिकामै थन्कियो

काठमाडौं । जुम्ला तिला गाउँपालिका–७ गोठी गाउँमा गत माघ १५ गते खाना पकाउने क्रममा चुलोबाट निस्केको...   

बंगलादेशसँग किनिएको मल एक सातामा नेपाल आउँदै

काठमाडौं । नेपाल सरकारले बंगलादेशसँग जीटुजी प्रक्रियामार्फत किनेर ल्याउन लागेको युरिया मल अबको एक...   
नेकपा विवादले संसद् सचिवालयलाई सकस

नेकपा विवादले संसद् सचिवालयलाई सकस

काठमाडौं । नेकपा विवादले संसद्का काम कारवाही सरल तरिकाले अघि बढ्न नसक्ने भएपछि संसद् सचिवालयलाई दल...   

बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह ह्वात्तै बढ्यो

काठमाडौं । पछिल्लो समय अर्थतन्त्र चलायमान भएर सकारात्मक परिसूचक देखापर्दै गर्दा बैङ्क तथा वित्तीय...   
आर्थिक क्रियाकलापमा भारी वृद्धि, २ महिनामा घट्यो २ खर्ब तरलता

आर्थिक क्रियाकलापमा भारी वृद्धि, २ महिनामा घट्यो २ खर्ब तरलता

काठमाडौं । कोरोना भाइरस महामारी व्यवस्थापन हुँदै गएपछि आर्थिक क्रियाकलापमा भारी वृद्धि भएको देखिएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top