Khabar Dabali Logo
  March 6, Sat

पक्ष र विपक्षमा शक्तिको प्रदर्शनले देश मुठभेडतर्फ जाने खतरा बढ्यो : अध्यक्ष थापा

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनैतिक दलका नेता एक अर्काको आरोप प्रत्यारोपमा लाग्दा देश मुठभेडमा जाने खतरा बढेको बताएका छन् । पत्रकारसँगको अन्तरक्रियामा आज उनले पक्ष र विपक्षमा शक्तिको प्रदर्शन गर्ने प्रक्रियाले देशलाई अस्थिरता, अराजकता र मुठभेडतर्फ लैजाने खतरा बढेको बताए। उनले भने, “पक्ष विपक्षको शक्ति प्रदर्शनले देश मुठभेडतर्फ जाने देखिएको छ । यसले प्रजातन्त्रलाई कमजोर बनाउछ ।” प्रजातन्त्र कमजोर बन्दा विदेशी शक्तिको चलखेल बड्ने उनको भनाइ थियो । उनले थपे, “अस्थिरता र अराजकता बढ्दै गएको अवस्थामा परिस्थिती राजनैतिक दल र नेताभन्दा बाहिर जान सक्ने खतरा देखिन्छ ।”

प्रतिनिधिसभा विघटनको विषयमा संविधानमा केही अस्पष्टता रहेको भन्दै उनले यसलाई सर्वोच्चले व्याख्या गर्नुपर्ने बताए। उनले भने, “सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको मुद्दामा सर्वोच्चले उचित व्याख्या गर्नुपर्छ । राजनैतिक दल र अन्य संस्थाले अदालतलाई दबाब दिनुहुँदैन ।” देशको अवस्थालाई हेर्दै सर्वोच्चले चाँडोभन्दा चाँडो निर्णय दिनुपर्ने उनको तर्क छ । उनले १४ वर्षको राजनैतिक अभ्यासमा भएको असफलताका कारण वर्तमान संविधान, व्यवस्था र मार्ग चित्रबारे प्रश्न चिह्न खडा भएको बताए ।

माघ ११ गते, २०७७ - २०:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने...   

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा...   

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित...   

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ।...   

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको...   
नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको...   

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन...   

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने...   

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब...   

चीन सरकारद्धारा चीनमा बनेका १६ ओटा कोरोना खोपलाई परीक्षणको अनुमति

बेइजिङ । चीन सरकारले चीनभित्र नै बनेका कम्तीमा पनि १६ ओटा खोपलाई परीक्षणको अनुमति दिएको बताइएको छ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top