
सुदूरपश्चिमको नौ वटै जिल्लामा १६ हजार मात्रा खोप आउँदै

-
-
माघ ११ गते, २०७७ - १३:५५

सुदूरपश्चिम । सुदूरपश्चिम सरकारले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा प्रयोग गर्नका लागि पहिलो चरणमा कोभिड–१९ विरुद्ध १६ हजार मात्रा यहाँ पठाउन लागेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले सोमबार स्वास्थ्य मन्त्रालयबाट सो मात्रामा खोप यहाँ आउन लागेको बताए ।
उनले यहाँको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा आउने खोप प्रादेशिक अस्पतालका साथै जिल्ला अस्पतालबाट लक्षित वर्गलाई लगाइने जानकारी दिए । यहाँ कोरोनाविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र अस्पतालको सरसफाइमा खटिने सरसफाइकर्मीमा उक्त खोप लगाउने तयारी रहेको निर्देशनालयले जनाएको छ ।
प्रारम्भिक जानकारी अनुसार यहाँका जिल्लाबाट करीब १४ हजार ६६६ स्वास्थ्यकर्मी, १२ हजार ७० सुरक्षाकर्मीको तथ्याङ्क निर्देशनालयमा पुगेको जोशीले बताए । सोमध्ये बढी कैलालीमा तीन हजार ९४ स्वास्थ्यकर्मी र चार हजार ७१९ सुरक्षाकर्मी कोराना विरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ । भारत सरकारले अनुदानमा दिएको कोरोना खोप केही दिनअघि मात्रै नेपाल आइपुगेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने...नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा...भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित...मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ।...इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको...नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको...निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन...संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने...इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब...चीन सरकारद्धारा चीनमा बनेका १६ ओटा कोरोना खोपलाई परीक्षणको अनुमति
बेइजिङ । चीन सरकारले चीनभित्र नै बनेका कम्तीमा पनि १६ ओटा खोपलाई परीक्षणको अनुमति दिएको बताइएको छ...

प्रतिकृया लेख्नुहोस्:
- दूरसञ्चार प्राधिकरणका सेवा सुलभ, गुणस्तरीय, विश्वसनीय र भरपर्दो तुल्याउन मन्त्री गुरुङको आग्रह
- “काठमाडौँ ट्राफिकको सफलता : दुई हप्तामै चोरिएका २७ मोटरसाईकल बरामद”
- दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमितको संख्या ९१ हजार भन्दा बढी
- बम राखिएको हल्लापछि बिहीबार ताजमहल बन्द
- भूमिसम्बन्धी समस्या समाधान गरिनेछः अध्यक्ष ज्ञवाली