Khabar Dabali Logo
  March 5, Fri

प्राकृतिक ग्याँस ल्याउन पाइपलाइन बिछ्याउने तयारी शुरु

काठमाडौं । भारतको गोरखपुरदेखि नेपालको रुपन्देहीको सुनौलीसम्म अन्तरदेशीय प्राकृतिक ग्याँस (लिक्युफाइड नेचुरल ग्यास) पाइपलाइन बिछ्याउन दोस्रो चरणको अध्ययन शुरु भएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ – नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले मुलुकमा रासायनिक मलको कारखाना सञ्चालन गर्न चाहिने कच्चा पदार्थको रूपमा रहेको प्राकृतिक ग्याँस आयात गर्न ग्याँस पाइप बिछ्याउन अहिले निगमले दोस्रो चरणको अध्ययन शुरु गरेको जानकारी दिए ।

यसअघि नेपाल आयल निगम र भारतीय आयल निगमले संयुक्त रूपमा अध्ययन गरी सोको प्रतिवेदन निगमलाई बुझाइसकेको छ । पहिलो चरणको अध्ययन प्रतिवेदनले मल कारखानामा प्राकृतिक ग्याँसको प्रयोगबारे स्पष्ट गर्न नसकेकाले दोस्रो चरणको अध्ययन शुरु गरिएको भट्टराईले बताए ।

छ महिनाभित्र प्रतिवेदन तयार गर्ने लक्ष्यसहित दोस्रो चरणको अध्ययन निगमले गरिरहेका छ । सबै दृष्टिले उपयुक्त देखिएको अवस्थामा प्रस्तावित यो पाइपलाइन निर्माणमा आयल निगम लगानी गर्न तयार रहेको उनले स्पष्ट पारे ।

माघ १० गते, २०७७ - ०७:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीलाई विश्वासको मत लिन सुझाव

काठमाडौं । प्रतिनिधिसभा विघटन गरिएको कार्य असंवैधानिक भएको सर्वोच्च अदालतले ठहर गरेपछि र नेकपाको...   
अख्तियारमा मामा सचिव भएको १५ महिनामै ५०औं रोपनी जग्गा जोड्ने शक्तिशाली भान्जा

अख्तियारमा मामा सचिव भएको १५ महिनामै ५०औं रोपनी जग्गा जोड्ने शक्तिशाली भान्जा

काठमाडौं । पछिल्लो समय गृह मन्त्रालयको प्रशासानिक नेतृत्व अत्यन्तै कमजोर बनेको टिप्पणी प्रहरी तथा...   

दुबईमा ८ महिनादेखि सयाैँ नेपाली तलब बिहिन

काठमाडौं । रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) को दुबई पुगेका सयभन्दा बढी नेपाली बेखर्ची भएका...   

नाटकीय खेलमा सेभियासंग ३–२ को जीत हासिल गर्दै फाइनलमा स्थान बनाउन सफल

स्पेन । सेभियालाई दोस्रो लेगमा पराजित गर्दै बार्सिलोनाले कोपा डेल रेको फाइनलमा स्थान बनाउन सफल भएछ...   

फागुन २२ र २९ गतेको वाग्मती सफाइ महाअभियान पशुपति क्षेत्रमा केन्द्रित

काठमाडौं । महाशिवरात्रिमा पशुपति क्षेत्रमा आउने भक्तजनलाई स्वच्छ वातावरण दिने उद्देश्यले फागुन...   

टर्कीबाट ल्याइएका ओखरको बिरुवा अनुदानमा कृषकलाई वितरण

रुकुम । रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका...   

‘रेमिट्यान्स दुरुपयोग’ ले बढाउँदै सम्बन्धविच्छेद

बागलुङ । बागलुङ जिल्लामा बर्षेनी सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका...   

सप्तकोशी उच्च बाँधका लागि भारतको एकतर्फी जोड

काठमाडौं । भारतका उर्जामन्त्री आरके सिंहले गत साता दिल्लीमा आयोजित कार्यक्रममा कोसी उच्च बाँधको...   

भागरथी हत्या अनुसन्धानकाे लागि अन्तिम पटक म्याद थप

बैतडी । किशोरी बलात्कारपछि हत्या आरोपमा प्रहरी हिरासतमा रहेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका...   

निकै चर्चा पाएका दुई रेलमार्गको अध्ययनमै अलमल

काठमाडौं । निकै चर्चा पाएका दुई रेलमार्ग काठमाडौँ-रक्सौल र केरुङ-काठमाडौँको विस्तृत अध्ययन अझै अघि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top