Khabar Dabali Logo
  March 2, Tue

व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित

वाग्मती । मकवानपुर जिल्लामा व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित भएका छन् । वैदेशिक रोजगारी र जिल्ला बाहिर रोजगारी गर्नुभन्दा आफ्नै स्थानमा जिल्लाभित्रै व्यावसायिकरुपमा च्याउ र सिस्नुखेती गरी स्वरोजगारीको कार्य महत्वपूर्ण भएको बताइएको छ ।

पछिल्लोपटक शिक्षित युवा वर्गसमेत अन्यत्र पेशामा संलग्न नभई व्यावसायिकरुपमै कृषि पेशामा संलग्न हुन थालेका छन् । हेटौँडा उपमहानगरपालिका–६ का स्थानीय एवं व्यवस्थापन सङ्कायमा स्नातक अध्ययनरत प्रकाश पौडेलले स्वरोजगार बन्न च्याउ खेती गर्दै आउनुभएको छ । करीब चार वर्षअघि साथीभाइको सरसल्लाहबाट उत्प्ेरित भई शुरु गरेको च्याउ खेती आज पौडेलको लागि स्वरोजगारका लागि जीविकोपार्जनको उपयुक्त बाटो बन्न पुगेको छ ।

विसं २०७३ मा तीन जनाको संयुक्त लगानीमा तीन वटा टनेलबाट शुरु भएको च्याउ खेती आजसम्म आइपुग्दा ४० टनेलमा विस्तार भएको छ । च्याउका लागि पराल पकाउने ठाउँको व्यस्थापन गरी च्याउखेती गरिँदै आएको छ । थप व्यावसायिकता र युवा वर्गका लागि उदाहरणीय बन्दै गएका उनीहरुले हेटौँडा उपमहानगरपालिका–७ र भीमफेदी गाउँपालिकाको चुनियाँमा च्याउ खेती गरिरहेका छन् ।

उत्पादित च्याउलाई बजारको कुनै समस्या नभएको उनीहरुके भनाइ छ । उत्पादित च्याउ आसपासका क्षेत्रमा बिक्री वितरण हुँदै आएको छ । च्याउको मूल्य प्रतिकेजी रु २०० देखि रु २५० सम्म बिक्री वितरण हुने गरेको पौडेलले बताए । जय श्रीमन्नारायण कृषि फर्म दर्ता गरी व्यवसायलाई अझ थप विस्तार गर्ने उहाँको योजना रहेको बताइएको छ ।

बिहान ३ बजे च्याउ टिपेदेखि शुरु हुने पौडेलको दैनिकी साँझ च्याउको पोकामा पानी हालेपछि मात्र सकिन्छ । सहकारी संस्थाबाट ऋण लिएर पौडेलले व्यावसायिक रुपमा च्याउ गर्दै आउनुभएको छ । हाल चुनियाँ बजारबाट २० वटा टनेल र हेटौँडा–७ न्यूरेनीबाट २० वटा टनेलबाट च्याउ बिक्री गरिरहेका उहाँले दैनिक चारदेखि पाँच क्विन्टल च्याउ हेटौँडा बजारमा खपत भइरहेको बताए ।

पौडेलका अनुसार आफूहरुले उत्पादन गरेको च्याउ हेटौँडा बजारमा नै खपत भइरहेको छ । च्याउ खेती गर्ने किसान बढ्दै गएमा हेटौँडा बजारले मात्र खपत गर्न नसक्ने उनले बताए । हेटौँडा बजारभन्दा बाहिर च्याउ पु¥याउन नसकिएको उनको भनाइ छ । एक दिन बिक्री नहुँदा सबै सामान बिग्रिन्छ । हेटौँडाबाट नजिकको बजार सिमरा, वीरगञ्ज र नारायणगढसम्म च्याउ पु¥याउन सकिन्छ, त्योभन्दा टाढा लैजाँदा बिग्रने सम्भावना रहेको उनले गुनासो गरे ।

आफ्नै जिल्लामै दक्ष जनशक्ति भएको खण्डमा जिल्लाकै कोही व्यक्तिले रोजगारी पनि पाउँथे र महँगो शुल्क तिरेर कामदार पनि ल्याउन पर्दैन थियो । इलाम जिल्लाबाट आएका कामदारको समूहले पौडेलको च्याउखेतीमा काम गरिरहेका छन् ।

आफ्नो व्यवसायबाट सन्तुष्ट रहेको सुनाउँदै उनले भने, ‘‘ रोजगारीका लागि देशका विभिन्न शहरदेखि विदेशमा भौंतारिने युवालाई गाउँघरमै च्याउ खेती गर्न सल्ला दिन्छु ।’’ उनले च्याउखेती गर्न चाहानेलाई प्रशिक्षणसमेत दिने गरेका छन् । अठ्ठाइस वर्षीय पौडेल आफ्नै उमेरका युवाका लागि प्रेरणाका स्रोत बनेका छन् । कृषि कर्मलाई अझ विस्तार गर्दै अरु तरकारी पनि आफ्नो फार्मले उत्पादन गर्ने लक्ष्य रहेको उनको विचार छ ।

च्याउ खेतीको समग्र विकासका लागि तथ्याङ्क सङ्कलन र सहयोग कार्य भइरहेको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले बताए । उनले शहरी र ग्रामीण क्षेत्रमा वैदेशिक रोजगारबाट आएका युवालाई लक्षित गरी कृषि पेशामा लाग्न आवश्यक तालीमसमेत सञ्चालन भइरहेको बताए । यता व्यावसायिकरुपमा गरिने सबै खाले कृषि क्षेत्रलाई प्रवद्र्धनका लागि किसान वर्गलाई आवश्यक तालीम प्रदान गरिने योजना रहेको वाग्मती प्रदेशअन्तर्गत भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयका प्रवक्ता डा शरणकुमार पाण्डेले जानकारी दिए ।

यसैबीच पछिल्लोपटक जिल्लामा सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित भएका छन् । हेटौँडा–६ को चौगडा र शान्ति टोलका केही युवाले व्यावसायिकरुपमा तरकारी खेती गर्न थालेका छन् । रोयल आर्गेनिक एग्रो फर्म एण्ड रिर्सस सेन्टर कम्पनी दर्ता गरी रु ३५ लाखको लागतमा अर्गानिक तरकारी खेती शुरु गरेको बताइएको छ । उनीहरुले विषादीरहित तरकारीमा उपभोक्ताको माग अत्यधिक रहेकाले मौसमी र बेमौसमी तरकारी खेतीसँगै नयाँ प्रजातिका माछापालन, कुखुरापालन तथा बाख्रा फारमसमेत सञ्चालन गरेको सो कम्पनीका अध्यक्ष भरत सापकोटाले जानकारी दिए ।

त्यस्तै जिल्लाको मकवानपुर गाउँपालिकामा व्यावसायिकरुपमा सिस्नु खेती शुरु गरिएको छ । सो गाउँपालिकाको एक युवा कृषक समूहले सुक्रौरामा बाँझो जमीनको झाडी काटेर सिस्नु खेती शुरु गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका–७ का केही युवाले सो खेती गरेका हुन् ।

गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले करीब एक बिघा जमीनमा सिस्नुको गानोसमेत रोपिएको जानकारी दिए । उनले व्यावसायिकरुपमा सिस्नु खेती गर्न चालु आवमा रु एक लाख अनुदान दिएको जानकारी दिए । सफल भएमा थप सहयोग दिइने उनले बताए । किसानले सिस्नोको धुलो बिक्री गर्ने लक्ष्य रहेको र यो मकवानपुरमा स्थानीय कृषक मानबहादुर मुक्तानले समूहसँग मिलेर सिस्नु पिस्ने मेशिन पनि खरीद गरेको जानकारी दिए । उत्पादित सिस्नुको धुलो व्यवसायका लागि बिक्री हुने उनले बताए ।

हेटौँडा उपमहानगरपालिका–६ का वडाध्यक्ष अर्जुनप्रसाद चौलागाईंले त्यस कम्पनीको स्थलगत निरीक्षणसमेत गरेका थिए । युवा पुस्ता आफ्नै जिल्लामा कषि व्यावसायिक कार्यमा लाग्नु उदाहरणीय भएको बताउँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसैबीच हेटौँडा उपमहानगरपालिकाले पनि वैदेशिक रोजगारीबाट फर्किएका युवा कृषि पेशामा लागेमा त्यसका लागि बजेट विनियोजन भएको जनाएको छ । साथै हेटौँडामा रहेको बाँझो जमीन खेतीको रुपमा प्रयोग भएमा रकमको व्यवस्था भएको प्रमुख हरिबहादुर महतको भनाइ छ ।

माघ ९ गते, २०७७ - १४:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना सङ्क्रमणमुक्त

कर्णाली । कर्णाली प्रदेशका १० मध्ये नौ जिल्ला कोभिड–१९ को सङ्क्रमणमुक्त भएका छन् । सामाजिक विकास...   

साझा र समृद्ध नेपाल बनाउन सबै मिल्नुपर्छ : वरिष्ठ नेता महतो

कैलाली । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले साझा र समृद्ध नेपाल बनाउनलाई सबै...   
ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा ७९ घरपरिवार विस्थापित

ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा ७९ घरपरिवार विस्थापित

फुङलिङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गमस्थल दोभान बजारमा...   

आवश्यक परेमा पार्टी आधिकारिकताका सबै प्रमाण निर्वाचन आयोगमा पेश गरिने छः अध्यक्ष नेपाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा...   

गत वर्ष सन् २०२० मा भन्दा चीनमा २५० नयाँ अर्बपति थपिए

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् । विश्वका...   
विधालयबाट अपहरणमा परेका नाइजेरियाका २७९ छात्रा रिहा

विधालयबाट अपहरणमा परेका नाइजेरियाका २७९ छात्रा रिहा

गुसौ । अपहरणमा परेका नाइजेरियाका छात्राहरु मुक्त भएका छन् । देशको उत्तरी क्षेत्रमा रहेको निजी विद्यालयबाट...   

राजश्व छली नियन्त्रण: रु ४७ अर्बको आर्थिक अपराध, एक हजारविरुद्ध मुद्दा

काठमाडौँ । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको...   

अवैध भरुवा बन्दुक सहित दुई जना पक्राउ

सल्यान । कालिमाटी गाउँपालिका–२ बस्ने ४५ वर्षीय कुल बहादुर सारु र सोही ठाउँ कुण्डिक बस्ने २५ वर्षीय...   
‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की वजेता बनिन् रश्मी शाक्य

‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की वजेता बनिन् रश्मी शाक्य

काठमाडौँ । सिजन मिडियाद्वारा आयोजना गरेको ‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की वजेता ललितपुरकी...   

सालका रूख सोत्तर गर्ने काम ठीक होइनः प्रम ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सबै प्रकारका वनको संरक्षण, प्रबन्ध, विकास, प्रतिफललगायत...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top