Khabar Dabali Logo
  March 2, Tue

श्रीलङ्काद्धारा कोरोनाका कारण बन्द सीमा सबै देशका लागि खुला

कोलम्बो । श्रीलङ्काले कोभिड १९को असरका कारण बन्द गरेको आफ्नो देशको सीमा अन्तर्राष्ट्रिय रुपमा नै खुला गरेको जनाएको छ ।श्रीलङ्काको पर्यटन मन्त्रालयले बिहीबार सो कुराको जानकारी गराएको हो । बिहीबारबाट श्रीलङ्का आउने सबै अन्तर्राष्ट्रिय जहाजहरु पनि खुला गरिएको जानकारी दिइएको छ ।

यस अघि श्रीलङ्कामा कोभिडको कारण भन्दै स्थलमार्गका साथै अरु अन्तर्राष्ट्रिय उडानहरु पनि बन्द गरिएको थियो ।श्रीलङ्काको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार बिहीबार मात्र पनि ओमनबाट ५० जना श्रीलङ्काली नागरिक बोकेर ओमन एयरको विमान बिहीबार बन्दरनायके अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

सो विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै श्रीलङ्काली पर्यटन मन्त्री प्रसन्ना रणतुंगाले बिहीबारबाट श्रीलङ्काले विदेशी उडानहरु पनि खुला गरेको जानकारी दिए । उनले श्रीलङ्काको पर्यटन व्यवसाय निकै नै प्रभावित परेको अवस्थामा वर्तमान सरकारले यसरी विदेशी उडानहरु शुरु गरिदिएर निकै राम्रो काम गरेको भन्दै श्रीलङ्काली प्रधानमन्त्री र राष्ट्रपतिलाई पनि विशेष धन्यवाद दिए ।

उनले यहाँका होटल तथा पर्यटकहरुलाई सेवा दिने अरु सबै निकायहरुले आवश्यक मात्रामा स्वास्थ्यको सुरक्षाका मापदण्डहरु अपनाउने जानकारी दिए । यहाँ आउने सबै पर्यटकहरुलाई पनि सो मापदण्ड पालना गर्न भन्ने र स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु देशभित्र पनि अपनाइने भन्दै उहाँले श्रीलङ्काको पर्यटन क्षेत्र सुरक्षित रहेको बताए ।

तर यहाँ आउने प्रत्येक पर्यटकलाई पिसिआर परीक्षण भने गरिने बताइएको छ । उनले विमानस्थलको आगमन कक्षमा नै विदेशी पर्यटकको पीसीआर परीक्षण गर्ने गरिएको बताए । उनका अनुसार यहाँ हरेक दिन कम्तीमा पनि २ हजार ५०० जति विदेशी पर्यटकको पीसीआर परीक्षण गर्ने क्षमता रहेको छ ।

माघ ९ गते, २०७७ - १३:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

करेन्ट लागेर १४ वर्षीय सुमनको मृत्यु

बागलुङ । गल्कोट नगरपालिका–३ हटिया गल्कोट सप्लायर्समा काम गर्ने बडिगार्ड गाउँपालिका–२ सक्नियार घर...   

ईमाडोलबाट ४ लाख बराबरको विभिन्न धनमाल चोरी

ललितपुर । महालक्ष्मी नगरपालिका–१ ईमाडोल गुम्बा टोल डेरा गरी बस्ने रामेछाप दोरम्वा गाउँपालिका–६ घर...   

पानीको खाल्डोमा डुबेर ४ वर्षीय बालकको मृत्यु

बारा । निजगढ नगरपालिका–८ ठाडोलाईन बस्ने सरोज कुमार लामाको ४ वर्षीय छोरा अदबिक लामाको धाराको पानी जम्मा...   

पत्रकारिता सधैँ गणतन्त्र र संविधानका पक्षमा हुनुपर्नेमा भट्टराईको जोड

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले...   

सिरहामा २२ वर्षीय युवकको शङ्कास्पद मृत्यु, प्रहरीमा किटानी जाहेरी दर्ता

लहान । सिरहा नगरपालिका–१८ इटारीमा एक युवकको शङ्कास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा इटारी निवासी २२...   

३ किलो अवैध लागूऔषध गाँजा सहित अधिकारी पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका–८ मातातिर्थ ढाक्सीबाट ३ किलो अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ...   
राष्ट्रिय एकताका साथ अघि बढ्न प्रधानमन्त्रीको आह्वान

राष्ट्रिय एकताका साथ अघि बढ्न प्रधानमन्त्रीको आह्वान

गण्डकी । प्रधानमन्त्री केपी शर्मा ओलीले ७५३ वटै स्थानीय तहबाट विकासका काम अघि बढेको बताएका छन् । गण्डकी...   

स्रोत नखुलेको १८ लाख ७८ हजार रुपैयाँ सहित ३ जना पक्राउ

काठमाडौं । काठमाडौं महानरगपालिका–१४ कुलेश्वरस्थित फलफुल बजारबाट स्रोत नखुलेको १८ लाख ७८ हजार नेपाली...   

डोजरले फालेको माटाले पुरेर एक महिलाको मृत्यु

धादिङ । उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारमा डोजरले फालेको माटाले पुरिएर...   

जापानसँग वार्ताका लागि तयार रहेको दक्षिण कोरियाका राष्ट्रपतिको भनाई

सोल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले दक्षिण कोरिया जापानसँग वार्तामा बस्न तयार रहेको बताएका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top