
ओलीलाई सूर्य चिन्हको माया नै छैन : अध्यक्ष नेपाल

-
-
माघ ९ गते, २०७७ - १३:१४

कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले कर्णाली जाग्दा देश नै जाग्ने बताएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज पत्रकार भेटघाटमा अध्यक्ष पूर्वप्रधानमन्त्री नेपालले मुलुकको हरेक आन्दोलनमा कर्णालीको अग्रणी भूमिका रहेको जनाए।
कार्यक्रममा उनले प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानमा व्यवस्था नभएको बताउँदै प्रधानमन्त्रीको सो कदम लोकतान्त्रिक नभएको तर्क गरे। “देश सङ्कटतर्फ धकेलिएको छ भने अर्कातर्फ नेकपा विभाजन भएको छ”, अध्यक्ष नेपालले भने, “यसले नेपाली जनतामा निराशा छाएको छ । अब नेपाली जनताले विधि र बहुमतलाई कदर गर्दै एकताबद्ध भएर लड्नुपर्छ ।”
पत्रकार सम्मेलनमा बोल्दै नेपालले भने,‘ जति सूर्य चिन्हको माया हामीलाई छ, त्यती ओलीलाई छैन । पार्टीको विधान हेर्नेुहोस्, जसरी भएपनि सूर्य चिन्ह हाम्रो हुन्छ । रातारात केन्द्रीय कमिटीमा संख्या बढाउँदैमा नेकपा र सूर्य चिन्ह ओलीले पाउँदैनन् ।’
पार्टी सचिवालय, स्थायी कमिटी हुँदै केन्द्रीय सदस्यसम्मको बैठकबाट भागेर विधान र नीतिभन्दा माथि हुन खोज्नु गलत भएको बताउँदै उनले विधिसँग अघि बढौँभन्दा पदलोभी भनेर सङ्ज्ञा दिइएको भनी विरोध जनाए । अध्यक्ष नेपालले पार्टीको विधि, पद्धति र विधानभन्दा माथि कोही नहुने स्पष्ट पारे।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने...नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा...भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित...मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ।...इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको...नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको...निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन...संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने...इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब...चीन सरकारद्धारा चीनमा बनेका १६ ओटा कोरोना खोपलाई परीक्षणको अनुमति
बेइजिङ । चीन सरकारले चीनभित्र नै बनेका कम्तीमा पनि १६ ओटा खोपलाई परीक्षणको अनुमति दिएको बताइएको छ...

प्रतिकृया लेख्नुहोस्:
- समृद्धिको लक्ष्य प्राप्तिमा सरकार दृृढ : प्रधानमन्त्री ओली
- आवश्यक परेमा पार्टी आधिकारिकताका सबै प्रमाण निर्वाचन आयोगमा पेश गरिने छः अध्यक्ष नेपाल
- राजश्व छली नियन्त्रण: रु ४७ अर्बको आर्थिक अपराध, एक हजारविरुद्ध मुद्दा
- अवैध भरुवा बन्दुक सहित दुई जना पक्राउ
- सालका रूख सोत्तर गर्ने काम ठीक होइनः प्रम ओली
- महिलालाई जिउँदै पुरेर एक्स्काभेटर चालक फरार
- जनप्रतिनिधि ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेटकाे दुरुपयोग गर्दै भ्रमणमा
- कोही भ्रममा पर्नुपर्दैन, हामीले वैधानिकता पाउँछौँ : अध्यक्ष प्रचण्ड
- राष्ट्रिय एकताका साथ अघि बढ्न प्रधानमन्त्रीको आह्वान
- स्थायी समिति र केन्द्रिय समितिको बैठक बोलाउने प्रचण्ड नेपाल समुहको निर्णय