Khabar Dabali Logo
  March 5, Fri

६ महिनाको अवधिमा १८ अर्ब ३ करोड राजस्व सङ्कलन

विराटनगर । एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कूल रु १८ अर्ब तीन करोड २६ लाख २१ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा भन्सारले रु २३ अर्ब छ करोड ८३ लाख ६६ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

कार्यालयले लक्ष्यमा रु पाँच अर्ब तीन करोड ५७ लाख ४५ हजार कम सङ्कलन गरी समग्रमा ७८ दशमलव १७ प्रतिशत प्रगति गरेको जनाएको छ । गएको वर्षमा सो अवधिमा रु २६ अर्ब पाँच लाख ८५ हजार राजश्व सङ्कलन गर्ने लक्ष्यमा रु १५ अर्ब ८५ करोड ६१ लाख १५ राजश्व सङ्कलन गरेको थियो । सो अवधिमा कार्यालयले लक्ष्यमा रु नौ अर्ब ८१ करोड २८ लाख ३६ हजार राजश्व कम सङ्कलन गरी ६१ दशमलव ७७ प्रतिशत प्रगति गरेको थियो ।

चालु आवमा गएको वर्षमा सो अवधिमा सङ्कलित राजश्वभन्दा रु दुई अर्ब १७ करोड ६५ लाख छ हजारले बढी राजश्व सङ्कलन भएको कार्यालयका प्रवक्ता सन्तोष यादवले जानकारी दिए । उनले गएको वर्षभन्दा यस वर्ष सो अवधिमा विभागले विभिन्न शीर्षकमा कूल रु दुई अर्ब ६० करोड पाँच लाख ८५ हजार कम गरेर साउनदेखि पुससम्मको रु २३ अर्ब छ करोड ८३ लाख ६६ हजार लक्ष्य दिएको जानकारी दिए ।

कोरोनाको महामारीका कारण आयात निर्यातमा आएको उतारचढावका कारण भन्सार राजश्व पनि प्रभावित भएकाले लक्ष्यअनुसार राजश्व सङ्कलन नभएको भन्सार प्रमुख शिवकुमार भण्डारीले जानकारी दिए । उनले विगतमा सो अवधिमा राजश्व सङ्कलन गर्ने लक्ष्यको चालु आवमा लक्ष्य घटाए पनि प्रगति हासिल गर्न नसक्नुको प्रमुख कारण कोरोनाको महामारीले व्यपार व्यवसायमा आएको प्रभाव नै हो भने ।

कार्यालयले चालु आवको साउनमा रु दुई अर्ब २४ करोड ५६ लाख १४ हजार, भदौमा दुई अर्ब ५६ करोड ९६ लाख ९८ हजार, असोजमा रु तीन अर्ब ३४ करोड चार लाख ४१ हजार, कात्तिकमा रु तीन अर्ब चार करोड ४२ हजार, मङ्सिरमा रु तीन अर्ब १३ करोड ४० लाख ४२ हजार र पुसमा रु तीन अर्ब ७० करोड २७ लाख ४२ हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयले साउनमा १०२ दशमलव ७५ प्रतिशत प्रगति हासिल गरे पनि त्यसपछिका महिनामा क्रमशः ७९ दशमलव ५२, ७२ दशमलव ७०, ८३ दशमलव नौ, ६५ दशमलव ८३ र पुसमा ७९ दशमलव ८६ प्रतिशत प्रगति गरेको जनाएको छ ।

माघ ९ गते, २०७७ - ११:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेता भट्टराईद्वारा दोभानका आगलागीपीडितलाई पाँच लाख सहयोग

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता योगेशकुमार भट्टराईले ताप्लेजुङको दोभानका आगलागीपीडित...   

२२ तोला ३२ लाल अवैध सुन सहित एक जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट २२ तोला ३२ लाल तौलको २४ थान अवैध सुनको सिक्री सहित...   

उद्योग वाणिज्य सङ्घमा भोछिभोया र पसछेबीच प्रतिस्पर्धा

बनेपा । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको अध्यक्षमा दुई जनाको प्रतिस्पर्धा हुने भएको छ । शनिबार...   

कोरोना विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि

काठमाडौँ । सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि...   

भारतमा एक करोड ११ लाख ७३ हजार भन्दा बढी कोरोना सङ्क्रमित

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा १६ हजार ८३८ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या...   

अमेरिकामा कोरोना बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा पाँच महिनापछि पहिलो पटक कोभिड–१९ बाट दैनिक संक्रमितको संख्या ४०...   

गैँडाको आक्रमणबाट ६७ वर्षीय महतो घाइते

चितवन । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक घाइते भएका छन् । घाइते हुनेमा रत्ननगर नगरपालिका–७ पिपरीयाका...   

जोरायलका जङ्गलमा आगलागी

डोटी । जिल्लाको जोरायल गाउँपालिका–१ गैरालगायत जङ्गल क्षेत्रमा दुई दिनदेखि आगलागी भइरहेको छ । यहाँका...   

महिला हिंसा रोक्न कानूनको कार्यान्वयन गर्नुपर्छ : नागरिकमन्त्री महतो

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले महिला हिंसा न्यूनीकरणका...   

भारतीय युवकको शव आफन्तलाई बुझाइने

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगपालिकामा बिहीबार साँझ अबेर प्रहरी र तस्करबीच भएको दोहोर भिडन्तमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top