Khabar Dabali Logo
  February 25, Thu

दुई चरणको प्रदर्शनबाट सन्तुष्ट छ कांग्रेस ?

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमन उन्मुख कदम भएको भन्दै विरोध गर्दै आइरहेको छ ।

आजको राजधानी दैनिकमा खबर छ – तर संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र हुँदै स्थानीय तहका केन्द्र र वडातहसम्म आन्दोलन गर्दा पनि पार्टीका बैठकमा जस्तै संसद् विघटनको मुद्दामा नेताहरू आन्दोलन र निर्वाचन भन्नेमा विभाजित मानसिकताबाट अघि बढेको देखिएको छ । यसबीचमा भएका विरोध सभामा पार्टीका संस्थापन पक्ष र इतर पक्षबीच दुई थरी मत देखिएको हो ।

पार्टीको संस्थापन पक्षका नेताहरू आन्दोलन पनि गर्ने र चुनावी तयारी पनि गर्ने भन्ने मानसिकतामा रहेको देखिन्छ ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले आन्दोलनबाट जनतामा उत्साह आएको र पार्टीको सन्देश केन्द्र हुँदै स्थानीय तह र वडा वडासम्म पु¥याउन सफल भएको बताए । ‘आन्दोलनबाट एउटा ऊर्जा आएको छ । पार्टीको सन्देश केन्द्रबाट प्रदेश हुँदै स्थानीय तह र गाउँगाउँसम्म पुगेको छ । यो जनतामा जाने अभियान पनि हो,’ सहमहामन्त्री महतले भने । उनले पार्टीले नेता कार्यकर्ताबाट प्राप्त सुझावका आधारमा आगामी केन्द्रीय समिति बैठकमा जारी आन्दोलनको समीक्षा गर्ने र थप आवश्यक रणनीति बनाउने बताए ।

माघ ९ गते, २०७७ - ०७:५६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारले तीन वर्षदेखि लुकायो राष्ट्रिय सुरक्षा नीति

काठमाडौं । सरकारले तीन वर्षअघि मन्त्रिपरिषद् बैठकले पारित गरेको सार्वजनिक दस्ताबेज ‘राष्ट्रिय सुरक्षा...   

नयाँ सरकार गठनमा सकस

काठमाडौं । नेकपाको दाहाल–नेपाल पक्षले आफ्ना सांसदलाई बिहीबारदेखि राजधानी नछाड्न निर्देशन दियो ।...   

शहरभित्र शहर बनाउँदै भरतपुर महानगर

चितवन । जिल्लाको प्रमुख शहर नारायणगढमा बहुउद्देश्यीय व्यावसायिक भवन (भरतपुर मेट्रो प्लाजा) बनाइने...   

अस्ट्रेलियामा गरेको समाचार निषेधबारे फेसबुकले दियो यस्तो प्रतिक्रिया

काठमाडौं । सामाजिक सञ्जालमा गरिने समाचार सम्पे्रषण (न्युज फिड) र साझा गर्ने विषयलाई सम्बोधन गर्न अस्ट्रेलियामा...   

महँगियो हवाई उडान

काठमाडौं । हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य...   

किसानको विवरण वेबसाइटमा राख्ने तयारी

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानको वर्गीकरण तथा पहिचानका लागि वेबमा आधारित एक...   
संवैधानिक इजलासका १५ निर्णायक प्रश्न

संवैधानिक इजलासका १५ निर्णायक प्रश्न

यी प्रश्न जसले संविधान, लोकतन्त्र र जननिर्वाचित संसद्माथि न्यायालयको सरोकार व्यक्त गर्दछ काठमाडौं...   
शिविर कुर्दै बुढेसकाल

शिविर कुर्दै बुढेसकाल

मोरङ । छत्रमाया राईले भुटान छाडेको ३० वर्ष नाघ्यो । अनेक हन्डर खाँदै मोरङको पथरी शनिश्चरे शरणार्थी...   

पूर्वराष्ट्रपति डा. यादव भन्छन्– राष्ट्रपति र प्रधानमन्त्रीको कदमले लोकतन्त्रमा ग्रहण

जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालको लोकतन्त्रमा ‘ग्रहण’ लागेको बताएका छन् । शोभाकर...   

‘बुद्धिजीवी बिग्रिए सबै बिगार्छन्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धिजीवीहरूलाई सही बाटो देखाउन टर्चलाइट हुन आग्रह गरेका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top