Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

लोकसेवाले साढे चार हजार पदमा विज्ञापन खोल्दा साढे चार लाख आवेदन

कोभिड महामारीले गत वर्ष ३०४ ले मात्र जागिर पाए, धेरै परीक्षा हुन सकेनन्

काठमाडौं । देशमा बेरोजगारीको अवस्था, सरकारी सेवाका लागि लोकसेवा आयोगले साढे चार हजार पदका लागि विज्ञापन खोल्दा साढे चार लाख आवेदन परेका छन् । अर्को विडम्बना, यही वेला आएको कोभिड महामारीले गत वर्ष जम्मा तीन सय चार जनाले जागिर पाएका छन्, धेरै परीक्षा हुन सकेका छैनन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - लोकसेवा आयोगले गत आर्थिक वर्षमा चार हजार सात सय ५४ पदका लागि विज्ञापन गरेको थियो । तर, चार लाख ५१ हजार पाँच सय २६ जनाको आवेदन परेको थियो । ‘तर, गत वर्षका धेरैजसो विज्ञापनअनुसार अहिले परीक्षा सञ्चालन भइरहेका छन्, महामारीका कारण गत वर्षका धेरै परीक्षा रोकिएका थिए,’ आयोगका प्रवक्ता तोयनारायण सुवेदीले भने ।

त्यस्तै, अघिल्लो वर्ष ०७५–७६ मा भने एक लाख ४३ हजार आठ सय ४० मात्रै आवेदन परेका थिए । यो वर्ष भने पछिल्लो १० वर्षकै सबैभन्दा कम आवेदन परेको आयोगको तथ्यांक छ । त्यस्तै, वर्ष ०७४–७५ मा पाँच लाख ६७ हजार आठ सय ५३ र त्योभन्दा अघिल्लो वर्ष आठ लाख ४४ हजार आवेदन परेका थिए ।

गत वर्ष सबैभन्दा धेरै आवेदन नायब सुब्बा (नासु) का लागि परेका छन् । नासुमा दुई लाख ४२ हजार दुई सय ४६ आवेदन परेका थिए । त्यस्तै, सहसचिवमा तीन हजार दुई सय १४, उपसचिवमा नौ हजार दुई सय ४३, अधिकृतमा ७७ हजार ६ सय र खरिदमा एक लाख १५ हजार ६ सय ५८ आवेदन परेको आयोगले जनाएको छ ।

यो वर्ष अधिकृतको विज्ञापनमा करिब ३१ हजारको आवेदन परेको छ । परराष्ट्र, प्रशासन, लेखापरीक्षण तथा संयुक्तमा दुई सय ४० पदका लागि आवेदन माग गरिएको थियो । जसमा २७ हजार सात सय ५५ जनाको आवेदन परेको लोकसेवा आयोगले जनाएको छ । त्यस्तै, न्यायसेवामा एक सय २० जनाको आवेदन खुलेकोमा दुई हजार पाँच सय जनाको आवेदन परेको छ । न्यायसेवामा कानुन पढेकाले मात्र आवेदन दिन पाउँछन् ।

गत वर्षको तुलनामा आवेदन कम परे पनि प्रतिपद औसतमा भने यो वर्ष थोरै रहेको छ । गत वर्ष प्रतिपद औसत ७६ आवेदन रहेका थिए भने यो वर्ष ८६ छ । यो वर्ष २१ पुससम्म अधिकृतका लागि आवेदन भने म्याद थियो ।

सरकारी सेवाप्रति प्रदेश २ का बासिन्दामा सबैभन्दा धेरै आकर्षण देखिएको छ भने सरकारी सेवामा प्रवेश गर्दा सबैभन्दा बढी सफल लुम्बिनी प्रदेशका बासिन्दा हुने गरेको पाइएको छ । लोकसेवा आयोगले गरेको विश्लेषणमा प्रदेश २ मा सरकारी सेवाप्रति आकर्षण देखिएको हो ।

लोकसेवा आयोगले खुलाएका विज्ञापनमा सबैभन्दा धेरै दरखास्त प्रदेश २ बाट परेका छन् । आर्थिक वर्ष ०७६–७७ मा आयोगमा परेका चार लाख ५१ हजार पाँच सय २६ दरखास्तमध्ये २३.५७ प्रतिशत प्रदेश २ बाट परेका छन् । सबैभन्दा धेरै दरखास्त पर्ने १० मध्ये सात जिल्ला यही प्रदेशका छन् । सबैभन्दा धेरै दरखास्त सप्तरी, सर्लाही, धनुषा र सिराहाबाट परेका छन् । पाँचौं नम्बरमा कैलाली छ । त्यसपछि महोत्तरी, रौतहट, गुल्मी, बारा र स्याङ्जा छन् ।

प्रदेश २ पछि दोस्रो नम्बरमा लुम्बिनी प्रदेश रहेको छ । लुम्बिनीमा १७.०६, प्रदेश १ मा १६.४६, सुदूरपश्चिममा ११ र बागमती, गण्डकी र कर्णाली प्रदेशमा समान १०–१० प्रतिशत दरखास्त परेको लोकसेवा आयोगको तथ्यांक छ ।

प्रदेश २ बाट धेरै आवेदन आउनुको कारणबारे आयोगका प्रवक्ता सुवेदी भन्छन्, ‘एउटा, त्यहाँ प्राविधिक विषय पढ्ने चलन बढी छ । अर्को, प्रदेश २ का जिल्लामा जनसंख्या धेरै भएकाले पनि हुन सक्छ । तैपनि, समग्रमा प्रदेश २ मा सरकारी जागिरप्रति बढी आकर्षण देखिन्छ ।’

आवेदन धेरै प्रदेश २ बाट परेका भए पनि परीक्षामा सफल हुनेमा भने लुम्बिनी प्रदेशका धेरै छन् । गत वर्ष २०.०७ प्रतिशत लुम्बिनीका र त्यसपछि १७.७६ प्रतिशत प्रदेश २ आवेदक सरकारी सेवा प्रवेशका लागि सिफारिस भएका छन् । सिफारिस हुनेमध्ये सबैभन्दा कम सुदूरपश्चिमका ९.८७ प्रतिशत छन् ।

गत वर्ष धनुषा, अर्घाखाँची, झापा, सर्लाही, कैलाली, स्याङ्जा, दैलेख, काठमाडौं, बर्दिया र पाल्पाका क्रमशः धेरैजना सिफारिसमा परेको आयोगले जनाएको छ । योमध्ये धनुषाका १३, अर्घाखाँचीका १२, झापाका १२, सर्लाहीका १२, कैलाली ११, स्याङ्जाका ११ सिफारिस भएका छन् । त्यस्तै सबैभन्दा कम तेह्रथुम, ताप्लेजुङ, संखुवासभा, पाँचथर र म्याग्दीका पाँच–पाँच जना सिफारिस भएका छन् ।

लोकसेवामा दरखास्त दिनेमध्ये शिक्षाशास्त्र अध्ययन गरेका धेरै छन् । आयोगका अनुसार शिक्षाशास्त्र पढेका ३७.९५ प्रतिशत, व्यवस्थापनका २०.६८ प्रतिशत, विज्ञानका ११.७८ प्रतिशत, इन्जिनियरिङका १०.६१ प्रतिशत र मानविकी पढेका ७.७८ प्रतिशत आवेदन छन् ।

आधाभन्दा बढीका अभिभावक साधारण लेखपढ

दरखास्त दिनेका अभिभावकको पढाइ पनि आयोगले विश्लेषण गरेको छ । आवेदन दिनेका अभिभावक साधारण लेखपढ गरेका ५०.६८ प्रतिशत, निरक्षर २२.६५ प्रतिशत, एसएलसी १३.४९ प्रतिशत र उच्च शिक्षा १३.१८ प्रतिशत रहेका छन् । आवेदन दिनेमध्ये ४६.८१ प्रतिशतका आमा निरक्षर र ४५.७८ प्रतिशतका साधारण लेखपढ मात्र जानेका छन् ।

त्यस्तै, आवेदन दिनेमध्ये ८० प्रतिशतका अभिभावकको पेसा कृषि भएको उल्लेख गरेका छन् । यसैगरी, ९३.७५ प्रतिशत हिन्दू छन् । उमेर समूहअन्तर्गत सबैभन्दा धेरै २६ देखि ३० वर्ष उमेरकाले लोकसेवाको परीक्षामा दरखास्त दिएका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies