Khabar Dabali Logo
  March 8, Mon

कोभिडविरुद्धको खोप सातै प्रदेशका ४ लाख ५० हजारलाई पुग्ने

काठमाडौं । भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप एयर इन्डियाको विमानबाट बिहीबार बिहान नेपाल ल्याइएको छ । जुन खोपले सातै प्रदेशका ४ लाख ५० हजार जनालाई पुग्ने अनुमान गरिएको छ ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १० लाख डोज खोप भण्डारण गरिएको जानकारी दिए । यो खोप २ देखि ८ डिग्री सेन्टिग्रेट तापक्रममा भण्डारण गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले अनुदानमा उपलब्ध भएको खोप ५ लाख जनालाई पुग्ने अपेक्षा गरिए पनि केही खेर जान सक्ने बताए । ‘अलिअलि खेर जान पनि सक्छ । खेर गएको अवस्थामा ४ लाख ५० हजारलाई खोप पुग्ला’, उनले भने ।

यो खोप दुई साताभित्र पहिलो डोज लगाउने तयारी छ । यद्यपि, मिति यकिन भइनसकेको मन्त्रालयले जनाएको छ । पहिलो खोप सातै प्रदेशमा एकसाथ खोप लगाउने तयारी छ । अनुदानमा प्राप्त खोपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खोप रेफ्रिजेरेटर भ्यानमा राखेर टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा व्यवस्थापन गरिएको छ ।

यस खोपलाई प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा पठाउने तयारी रहेको विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक गौतमले बताए । पहिलो चरणमा चिकित्साकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा संलग्न व्यक्ति र सुरक्षाकर्मीलाई उपलब्ध गराइनेछ ।

राष्ट्रिय खोप सल्लाहकार समितिले पहिलो खोप लगाएको व्यक्तिलाई चार सातापछि दोस्रो डोज खोप दिन सिफारिस गरेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पहिलो खोप कुन मितिमा लगाउने भनेर यकिन भइसकेको छैन । ‘दुई पटक खोप लगाउनु पर्छ । पहिलो डोज खोप लगाएको चार सातापछि दोस्रो डोज (मात्रा) लगाउनुपर्छ’, उनले भने ।

औषधि व्यवस्था विभागले आपतकालीन प्रयोगका लागि माघ २ गते ससर्त अनुमति दिएको थियो । सेरम इन्स्टिच्युट अफ इन्डियाले यो कोभिसिल्ड खोप अक्सफोर्ड र एस्ट्राजेनेकासँग मिलेर उत्पादन गरेको हो । यो खोप भारतमा पनि लगाउन सुरु गरिएको छ ।

खोप सेवा शाखा प्रमुख डा. गौतमले कोभिसिल्ड खोप १८ वर्ष नाघेका व्यक्तिलाई मात्र लगाइने जानकारी दिए । गर्भवती, सुत्केरी, स्तनपान गराइरहेका र रोग प्रतिरोधात्मक क्षमता न्यून भएका व्यक्तिलाई खोप नदिइने मन्त्रालयले जनाएको छ । सरकारले सरकारले कुल जनसंख्याको ७२ प्रतिशतलाई निःशुल्क खोप उपलब्ध गराउने लक्ष्य लिएको छ । खोप खरिदको लागि ४९ अर्ब लाग्ने अनुमान गरिएको छ ।

अपुग खोप खरिदका लागि स्वास्थ्य सेवा विभागलाई प्र्रक्रिया अघि बढाउन निर्देशन दिइएको प्रवक्ता डा. गौतमले बताए । उनले भने,‘ दुईदेखि आठ डिग्री तापक्रममा भण्डारण गर्न सकिने खोपलाई बढी प्राथमिकता दिइन्छ ।’

थप ४० लाख डोज आवश्यक
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई कोरोना भाइरसविरुद्ध थप ४० लाख डोज खोप आवश्यक पर्ने बताएका छन् । बालुवाटारमा बिहीबार भारत सरकारका तर्फबाट राजदूत विनयमोहन क्वात्राले उपहारस्वरूप दिएको १० लाख डोज खोप बुझ्ने क्रममा प्रधानमन्त्री ओलीले थप खोप खरिद गर्नुपर्ने बताएका हुन् ।

‘भारत सरकारले नेपाललाई कसरी उपलब्ध गराउन सक्छ, छलफल गर्न आवश्यक छ’, प्रधानमन्त्री ओलीले भने । उनले आवश्यक खोप खरिद गर्न नेपाल तयार रहेको बताए । उनले भारत सरकारले बाँकी खोप पनि उपलब्ध गराउने विश्वास व्यक्त गरे । भारतले नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्नु मित्रताको प्रतीकका रूपमा रहेको उनले उल्लेख गरे ।

खोप हस्तान्तरण कार्यक्रममा भारतीय राजदूत क्वात्राले भारत सरकारको सहयोग निरन्तर हुने बताए । भारतले छिमेक पहिलो नीतिलाई प्राथमिकता दिएको उनको भनाइ थियो । बिहीबार मात्र भारतबाट आइपुगेको कोभिसिल्ड खोप भारतले सेरम इन्स्टिच्युट अफ इन्डियाले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको हो । भारतले यो खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।

माघ ९ गते, २०७७ - ०७:१० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बिरालोले उडिरहेको विमानका पाइलटमाथि आक्रमण गरेपछि…

काठमाडौं । विमानमा कुनै यात्रुले लुकाइछुपाई साथै लान खोजिएको आशंका गरिएको एउटा पाल्तु बिरालोले दुर्भाग्यवश...   
हराए लालसेना, बिलाए सपना

हराए लालसेना, बिलाए सपना

काठमाडौं । जुम्लाको पोखरी गाउँमा जनयुद्धकालमा निधारमा चारचारे रुमाल बाँधेका लस्करै लागेर आउँथे ।...   

घुस दिन खोज्ने ट्रक चालक पक्राउ

चितवन । चितवनमा प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ परेका छन । पक्राउ पर्नेमा नवलपुर बुलिङटार...   
राज्यमन्त्रीको सिनेमा हल जोगाएर सर्वसाधरणको घरमा डोजर

राज्यमन्त्रीको सिनेमा हल जोगाएर सर्वसाधरणको घरमा डोजर

काठमाडौं । बालाजु सडक विस्तारको तयारी भइरहँदा २०७० सालतिर अहिलेका सही विकास राज्यमन्त्री रामवीर...   

सभामुखको व्यवहारको आधारमा संसद् अवरुद्ध गर्ने ओली समूहको तयारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आफ्नो दललाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद...   

पिसिआर नेगेटिभ पर्यटकलाई निर्वाध आउन दिने तयारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोनाको पिसिआर रिपोर्ट नेगेटिभ...   

सत्ता खेलमा अल्झिँदै सांसद्

काठमाडौं । नेकपाभित्रको विवाद छिनोफानो नहुँदै पुनःस्थापित प्रतिनिधिसभा अधिवेशन आइतबार सुरु हुँदैछ...   

नेकपा विवाद : आजदेखि कानुनी प्रक्रिया अघि बढाउने तयारीमा आयोग

काठमाडौं । चौतर्फी दबाब र आलोचना खेपिरहेको निर्वाचन आयोगले नेकपाको आधिकारिकताको विवाद टुंग्याउन...   

संसदमा नेकपाः दुवै पक्षका सांसद एकै लहरमा

काठमाडौं । दाहाल–नेपाल पक्षका सांसद आइतबारबाट सुुरु हुने संसद् अधिवेशनमा सत्तापक्षको लहरमा नै बस्ने...   

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top