
आन्दोलनका विषयमा फैलाइएका कुनै पनि भ्रममा नपर्न प्रचण्ड–नेपाल समूहको अपिल

-
-
माघ ८ गते, २०७७ - १९:४५

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सडक सङ्घर्षमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले शुक्रबार राजधानीमा गर्ने भनिएको जनप्रदर्शन शान्तिपूर्ण हुने सो पार्टीले जनाएको छ । संविधानले निर्दिष्ट गरेको सीमाभित्र रहेर गरिने सो प्रदर्शन पूर्णतयः शान्तिपूर्ण हुने उक्त पार्टीको केन्द्रीय सङ्घर्ष समितले जनाएको छ । सङ्घर्ष समितिद्वारा आज जारी विज्ञप्तिमा आन्दोलनका विषयमा फैलाइएका कुनै पनि भ्रममा नपर्न अपिल गरिएको छ ।
प्रदर्शनमा घुसपैठ गरी शान्तिपूर्ण आन्दोलनलाई बिथोलेर अराजकता र द्वन्द्वतिर लैजाने प्रयासप्रति भने सचेत रहेको सङ्घर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जनाएका छन्। विरोध प्रदर्शनलाई व्यवस्थित गर्न युवा, विद्यार्थी, मजदूर र खेलकूद मोर्चाका दुई हजार स्वयंसेवक परिचालन गरिने बताइएको छ ।
नेकपाले जनसमुदायलाई शान्तिपूर्ण, मर्यादित तर जुझारुरुपमा प्रदर्शनमा सहभागी हुन सबैमा अपिल गरेको छ । “यो आन्दोलन, विरोध प्रदर्शन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को मात्रै नभएर सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था, संविधान र अग्रमनका पक्षधरको साझा आन्दोलन हो”, सङ्घर्ष समितिका संयोजक श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानसभाद्वारा जारी संविधानमाथि भएको अन्याय विरुद्ध नेकपाले देशव्यापीरूपमा सङ्घर्षको कार्यक्रम जारी राखेको छ । चरणबद्ध आन्दोलनको कार्यक्रमअन्र्तगत नेकपाले शुक्रबार काठमाडौँमा विरोध प्रदर्शन र सभाको आयोजना गरेको हो । सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यवधि निर्वाचनको मिति तोकेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने...नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा...भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित...मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ।...इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको...नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको...निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन...संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने...इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब...चीन सरकारद्धारा चीनमा बनेका १६ ओटा कोरोना खोपलाई परीक्षणको अनुमति
बेइजिङ । चीन सरकारले चीनभित्र नै बनेका कम्तीमा पनि १६ ओटा खोपलाई परीक्षणको अनुमति दिएको बताइएको छ...

प्रतिकृया लेख्नुहोस्:
- आज प्रचण्ड–नेपाल पक्षिय केन्द्रीय समितिको बैठक बस्दै : के छन् एजेण्डा ?
- समृद्धिको लक्ष्य प्राप्तिमा सरकार दृृढ : प्रधानमन्त्री ओली
- आवश्यक परेमा पार्टी आधिकारिकताका सबै प्रमाण निर्वाचन आयोगमा पेश गरिने छः अध्यक्ष नेपाल
- सरकार र विप्लव नेकपा दुवैको वार्ताटोली घोषणा –कोको छन् टोलीमा ?
- राजश्व छली नियन्त्रण: रु ४७ अर्बको आर्थिक अपराध, एक हजारविरुद्ध मुद्दा