Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

जलवायु परिवर्तन प्रभावको कारण बालबालिकामा बढ्दो कुपोषण

पेरिस । गरीबी र सरसफाई जस्ता परम्परागत कारणहरूले भन्दा बढी जलवायु परिवर्तनको प्रभावले गम्भीर बाल कुपोषण तथा बालबालिकामा आवश्यक रहने पोषण तत्वको कमी हुने एक अध्ययनले देखाएको छ । विश्वव्यापी बाल कुपोषणमा विगत केही दशक यता कमी आएको भएपनि विश्वव्यापी तापक्रम वृद्धि र प्रतिकुल मौसमका कारण न्यून पोषणको समस्या सन् २०१५ पछि बढेको बताइएको छ ।

संयुक्त राष्ट्र सङ्घको तथ्याङ्कअनुसार सन् २०१९ मा विश्वका पाँच वर्ष मुनिका १४ करोड ४० लाख बालबालिकामा लामो समयसम्म खानामा अत्यधिक पोषण तत्वको कमीका कारण स्वभाविक शारीरिक विकास हुनसकेको छैन । त्यस्तै थप चार करोड ७० लाख बालबालिकाको खानामा न्यून पोषण तत्वको कारण स्वभाविक शारीरिक विकास प्रभावित भएको छ ।

बढ्दो क्षेत्रहरूमा आवश्यक पोषक तत्वहरूको कमीले यो शताब्दीको मध्यसम्ममा १० अरब मानिसहरूलाई उचित भोजन व्यवस्थापन क्षमतामा चुनौती आउनसक्ने विज्ञहरूले बताएका छन् । हालै सार्वजनिक अध्ययन प्रतिवेदनमा भर्मन्ट विश्वविद्यालयको नेतृत्वको अनुसन्धानकर्ताहरूको एक टोलीले एशिया, अफ्रिका र दक्षिण अमेरिकाका निम्न आय भएका १९ देशहरूका पाँच वर्षमुनिका एक लाख बालबालिकाहरूको विविध खानाको परीक्षण गरेको र यसलाई ३० वर्षको तापक्रम र वर्षाको तथ्याङ्कसँग जोडेर हेरिएको बताइएको छ ।

उनीहरूले अध्ययन गरिएको छ मध्ये पाँच क्षेत्रहरूमा उच्च तापमान आहारको गुणस्तरमा उल्लेखनीय कटौतीसँग सम्बन्धित रहेको पाइएको बताएका छन् । वातावरणीय अनुसन्धानमुलक प्रतिवेदन प्रकाशित गर्दै उक्त टोलीले मौसम परिवर्तनले बाल विकासमा विश्वले गरेको ठूलो प्रगतिलाई अवरोध पु¥याउनेतर्फ सचेत गराएको छ ।

“पक्कै पनि, भविष्यको जलवायु परिवर्तनले कुपोषण समस्यालाई थप प्रभावित गर्ने पूर्वानुमान गरिएको छ तर आश्चर्यको कुरा उच्च तापक्रमका कारण अहिले नै कुपोषणको समस्या थप जटिल भएको देखिएको छ,” भर्मन्टका पोषण र खाद्य सेवाका सहायक प्राध्यापक मेरीडिथ नाइल्सले भने ।

गहन प्रभाव
यस अध्ययनले विशेष गरी आहार विविधता र सूक्ष्म पोषकतत्वको मापन गर्ने राष्ट्रसंघीय एकाइद्वारा सङ्कलित आहार विविधतामा ध्यान दिएको बताइएको छ । फलाम, फोलिक एसिड र जिङ्क, साथै भिटामिन ए र डी जस्ता सूक्ष्म पोषण तत्वहरू बच्चाको शारीरिक र मानसिक विकासको लागि महत्वपूर्ण हुन्छन् । बढ्दो कार्बन प्रदूषणले गहुँ, चामल, भटमास, सिमी तथा फलफूल लगायतका धेरै बालीहरूमा यी आवश्यक सूक्ष्म पोषकतत्वहरूको तह घटाउने गरेको अध्ययनले देखाएको छ ।

औसतमा, अध्ययनमा समावेस भएका बालबालिकाहरूले सम्भावित १० मध्ये ३.२ ले मासु र माछा, अन्न र गाढा प्रकारका पातका सागहरू जस्ता खाद्यान्न समूहहरूबाट बनेका खानाका परिकारहरू अध्ययनको अघिल्लो २४ घण्टामा खाएका थिए । अध्ययनका शिलशिलामा चिनियाँ बच्चाहरूले उक्त खाना समूहको सङ्ख्याभन्दा दोब्बर अर्थात् औसत ६.८ प्रतिशतभन्दा बढी खाने गरेको भेटिएको थियो । यो विकसित मुलुकको हकमा पनि मिल्दोजुल्दो आँकडा हो । बढी तापक्रम रहेको र मौसमको अनियमित संरचना रहेको क्षेत्रमा बाल आहार विविधतामा गहिरो र अल्पकालीन–दीर्घकालीन प्रभाव रहने अध्ययनले बताएको छ ।

उच्च तापक्रमले बाल पोषण सेवनलाई असर गर्ने विश्वव्यापी रूपमा महत्वपूर्ण मानिएका मुख्य बालीहरूको उत्पादन र पशुपालन उत्पादकता घटाउने गर्छ । यी दुबै बाल पोषण सेवनलाई असर पार्ने खाद्य स्रोतहरू हुन् । साथैे बढी तापक्रमको प्रभावका कारण गर्मी मौसममा गर्भ बोक्ने तथा गर्मी स्थानमा बस्ने एक महिलाले औषतभन्दा कम शिशुको जन्म दिन सक्छिन् ।

अध्ययनमा सम्लग्न अनुसन्धान्नमुलक लेखका लेखकहरूले कुनै पनि देशको सरकारहरूलाई सबै भन्दा कमजोर बच्चाहरूको लागि आहार सुधार गर्ने योजनाहरूमा मौसम परिवर्तनलाई पनि समावेश गर्न आग्रह गरे ।“यो विश्वव्यापी अनुसन्धानमा हामीले बारम्बार फेला पार्दछौं,” भर्मोन्टको पर्यावरण संस्थानका लागि गुन्ड संस्थानका विश्वविद्यालयका निर्देशक तथा अध्ययन प्रतिवेदनका सह–लेखक टेलर रिकेट्सले भने ।

“हाल विश्वमा देखिएको वातावरणीय प्रदुषण र जलवायु परिवर्तनले विगत ५० बर्षको प्रभावशाली विश्वव्यापी स्वास्थ्य लाभलाई कमजोर पार्न सक्ने क्षमता राख्छ,” उनले थपे ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies