Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

सिरियामा माइनस २० डिग्रीमा गस्ती गर्दै नेपाली सेना

काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कार्यरत नेपाली शान्ति सैनिकहरूले मध्यपूर्वी सिरियाको अतिसंवेदनशील माउन्ट हर्मनको हिउँमा गस्ती गरिरहेका छन् । जहाँ २० फिट हिउँ छ भने तापक्रम माइनस २० डिग्री सेन्टिग्रेडमा झरेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - यस क्षेत्रको स्वामित्वको विषयलाई लिएर ४६ वर्षदेखि सिरिया र इजरायलबीच विवाद हुँदै आएको छ । दुई देशको विवादले द्वन्द्वको रूप लिने गरेका कारण शान्ति सैनिक तैनाथ गरिएका हुन् । शान्ति सैनिक तैनाथ रहेको यो संसारकै अग्लो स्थान भएको नेपाली सेनाले जनाएको छ । यो क्षेत्रमा अहिले पनि ठूलो संख्यामा विद्युतीय धरापहरू छन् भने द्वन्द्वरत सशस्त्र समूहहरूको चलखेल पनि यथावत् छ ।

गोलान हाइट पनि भनिने यो क्षेत्रमा करिब ६ महिना हिमपात हुने गरेको छ । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार यस क्षेत्रमा खटिने अधिकांश फौजहरू मुस्ताङको कैसाङस्थित उच्च शिखर तालिम शिक्षालयबाट हिमाली युद्धकलासम्बन्धी तालिम प्राप्त गरी हिमपात र विकट भूगोलमा काम गर्न दक्षता प्राप्त गरेका छन् ।

त्यहाँ नेपाली शान्ति सैनिक सन् २०१३ देखि तैनाथ छन् । ‘त्यस क्षेत्रमा हिउँमा प्रयोग गरिने विशेष किसिमको सवारीसाधनहरू पिस्टन बुली, स्किडो र स्कीको प्रयोग गरी सैनिक कारबाहीहरू सञ्चालन गरिन्छ,’ निर्देशनालयद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ ।

सिरियास्थित मिसनको फोर्स कमान्डर नेपाली सेनाका रथी ईश्वर हमाल छन् । त्यहाँ यसअघि प्रधानसेनापति पूर्णचन्द्र थापा, अवकाशप्राप्त रथी बालानन्द शर्मा र अवकाशप्राप्त उपरथी शिवराम खरेल पनि कार्यरत थिए । सिरियाको मिसनमा नेपाली शान्ति सैनिकको सबैभन्दा ठूलो उपस्थिति छ ।

मिसनमा नेपाली सेनाको चिकित्सकसहितको मेडिकल टिम कार्यरत छ । आन्तरिक द्वन्द्वका कारण विद्रोहीहरूबाट क्षति पुर्‍याइएका शान्ति सैनिकहरूको ब्यारेक संरचनाहरू पुनर्निर्माण र ब्यारेक स्थानहरूको सुरक्षा मजबुत बनाउन नेपाली सेनाको इन्जिनियर टिम पनि कार्यरत छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies