Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

आर्थिक अभाव झेल्दै बलात्कार पीडित परिवार

बुटवल । रुपन्देहीको तिलोत्तमा–१५ की पाँच वर्षीया बालिका ६ दिनदेखि काठमाडौंस्थित शिक्षण अस्पतालको बेडमा छटपटाइरहेकी छिन् । अस्पतालमा सँगै रहेकी बालिकाकी आमाका अनुसार उनको यौनांगमा गहिरो चोट छ ।

आजको नागरिक दैनिकमा खबर छ - दिशा पिसाबका लागि कोखाबाट पाइप लगाइएको छ । गालामा धारिलो हतियारले काटेर छालामासु निकाले जस्तो डरलाग्दो चोट छ । कलिला ओठमा टोकेर बनाइएको गहिरो घाउ छ । दाहिने आँखाको परेला च्यातिने गरी चोट लागेको छ ।

अधिकांश समय बेहोसी अवस्थामै रहेकी बालिका छिनछिनमा बिउँझँदा चिच्याउँछिन्, छटपटाउँछिन् । माघ २ गते काठमाडौं पुर्‍याइएकी उनलाई आइतबार दिउँसो आइसियुबाट जनरल वार्डमा सारिएको थियो । ‘छोरीलाई आइसियुबाट अर्को कोठामा सारेका छन् । शरीरभरि घाउ छन् । घरीघरी दुख्यो भनेर चिच्याउँछे । अपरेसन गरेपछि अब त बाँच्छे कि भन्ने लागेको छ,’ उनले टेलिफोन कुराकानीमा भनिन् ।

स्थानीय एक कक्षामा पढ्ने पाँच वर्षीया ती बालिका माघ १ गते छिमेककै एक व्यक्तिबाट बलात्कारको सिकार भएकी हुन् । बलात्कारमा संलग्न २८ वर्षीय होमबहादुर बिकलाई प्रहरीले सोही दिन पक्राउ गरेको छ । अभियुक्त कपिलवस्तुको बाणगंगा–१२ घर भई तिलोत्तमास्थित हीरालाल मल्लाहको घरमा कामदारको रुपमा बस्थे । पसलमा सामान किन्न गएकी बालिकालाई बिकले चकलेट दिने भन्दै फकाएर झाडीमा लगी बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले बताए ।

घटनाको दिन साँझ ५ बजेतिर बालिका सामान लिन गाउँकै पसलमा गएकी थिइन् । पौने घण्टासम्म छोरी नफर्केपछि आमाले खोजी गरिन् । गाउँमा नभेटिएपछि आफन्तले झाडीतिर खोज्दै जाँदा बाँसको झाङमा बालिका अर्धमूर्छित अवस्थामा भेटिइन् । रगताम्मे भएकी बालिकाको यौनांग, ओठ, आँखा, गाला, घाँटीमा डरलाग्दा चोट थिए । बालिकाका आफन्त हरि मल्लाहका अनुसार छाती र घाँटीमा थिचेको जस्तो निसान थियो । बालिकालाई तत्कालै भैरहवास्थित मेडिकल कलेज लगे पनि त्यहाँबाट लुम्बिनी प्रादेशिक अस्पताल पठाइयो । लुम्बिनीले तत्कालै काठमाडांै रेफर गरिदियो ।

अहिले बालिका खतरामुक्त रहे पनि स्वास्थ्य अवस्था गम्भीर नै रहेको अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै रुपन्देहीका प्रहरी प्रमुख पोखरेलले बताए । ‘अपरेसनपछि बालिकाको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी पाएका छौं,’ एसपी पोखरेलले भने ।

अभियुक्त बिकले बलात्कारपछि हत्या गर्ने मनसायले आक्रमण गरेको देखिएको प्रहरीले जनाएको छ । नाबालिका बलात्कार र ज्यानै मार्नेसम्मको अपराध गर्ने अपराधीलाई आजीवन काराबासको सजाय हुनुपर्ने माग परिवार र आफन्तले गरेका छन् । बालिकाका आफन्त र गाउँलेले अभियुक्तलाई कडा कारबाहीको माग गर्दै आइतबार जिल्ला प्रहरी कार्यालयमा केहीबेर धर्ना समेत दिएका थिए ।

बलात्कारी होमबहादुरका गलत क्रियाकलाप ढाकछोप गरी संरक्षण गरेको भन्दै स्थानीयले हीरालाल मल्लाहलाई पनि कारबाहीको माग गरेका छन् । होमबहादुरको चालचलन पहिलेदेखि नै ठिक नभएकाले गाउँमा नराख्न स्थनीयले गरेको आग्रहलाई बेवास्ता गर्दा पाँच वर्षीया बालिका जघन्य अपराधको सिकार भएको भन्दै गाउँलेले हीरालाललाई कारबाहीको माग गरेका हुन् । स्थानीयको दबाबपछि प्रहरीले हीरालाललाई घटनाको तीन दिनपछि नियन्त्रणमा लिएको छ ।

विकलाई केही वर्षदेखि हीरालालले कामदारको रूपमा घरमा आश्रय दिएका थिए । स्थानीय स्कुलकी शिक्षिका सरस्वती भण्डारीका अनुसार अभियुक्त बिकले यसअघि पनि पटक पटक महिला, बालबालिकालाई जिस्काउने, संवेदनशील अंगमा छुन खोज्ने, रक्सीको बहानामा अश्लील शब्द बोल्ने क्रियाकलाप दोहोर्‍याएपछि गाउँमा नराख्न आग्रह गरेका थिए । तर हीरालालले उल्टै आफ्ना छोरीचेलीको सुरक्षा आफैं गर भन्दै गाउँलेलाई धम्काए ।

‘घटना घटाएपछि पनि बिक हीरालालसँगै आगो तापेर बसेको थियो । ऊसँग सोध्न खोज्दा आफ्ना छोरीचेलीको सुरक्षा गर्न सक्दैनौ यसलाई दोष दिन्छौ भनेर उसले हामीलाई नै धम्कायो,’ बालिकाका मामा हरि मल्लाहले भने ।

बलात्कारको सिकार भएकी बालिका चार सन्तानमध्येकी साइली हुन् । उनका दुई दिदी र एक बहिनी छन् । बाबुआमा एक वर्षकी छोरीलाई काखमा च्यापेर चार दिनदेखि शिक्षण अस्पतालको चक्कर काटिरहेका छन् । दैनिक ज्यालादारी गरेर गुजारा गर्ने दम्पतीको सम्पत्तिको नाममा एकतले घर छ ।

घटनालगत्तै छोरीको उपचारका लागि काठमाडौं लैजाँदा आफन्त र छिमेकले क्रणधन गरेर दिएको पैसा सकिन लागेको बालिकाका बुवाले बताए । छोरीको पिरले बाबुआमा भोकभोकै बसे पनि पैसा सकिएपछि काखे नानीलाई केले दूध किनेर खुवाउने भन्ने चिन्ता थपिएको आफन्तले बताए ।

५ वर्षमा बलात्कारका साढे ४ सय उजुरी

रुपन्देहीमा बलात्कारका घटना बर्सेनि बढ्दो छ । पछिल्लो ५ वर्षमा ४ सय ३९ वटा जबरजस्ती करणीसम्बन्धी मुद्दा प्रहरीमा दर्ता छन् । त्यसमध्ये १ सय २७ वटा जबरजस्ती करणीको प्रयासका हुन् । चालु आवको ६ महिनामा बलात्कारका ५२ वटा उजुरी परेका छन् ।

बालिका बलात्कारका घटना पनि बर्सेनि बढ्दो छ । ५ वर्षमा १ सय ३३ जना बालिका बलात्कारको सिकार भएका छन् । बलात्कृत हुनेमा आर्थिक अवस्था कमजोर भएका विपन्न, बिरामी, अपागंता भएका, दूधे बालिकादेखि वृद्ध महिला पनि छन् । कलिलै उमेरमा बलात्कार जस्तो जघन्य अपराधको सिकार हुँदा बालिकाको शारीरिक र मानसिक वृद्धिमा गम्भीर असर पर्ने चिकित्सक बताउँछन् ।

यौनजन्य अपराधमा आफन्त, छिमेक वा चिनेजानेकै व्यक्तिको संलग्नता बढी भेटिने रुपन्देहीका प्रहरी प्रमुख एसपी पोखरेलले बताए । बालिकालाई फकाउन सजिलो हुने र घटनाबारे खुलेर बताउन नसक्ने भएकाले अपराधीले अबोध बालबालिकालाई निसानामा पार्ने गरेको प्रहरी प्रमुख पोखरेलले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies