Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

अलैँची उत्पादनमा वृद्धिः किसानले पाएनन उचित मूल्य

उदयपुर । जिल्लाको पहाडी क्षेत्रमा वर्षेनी व्यापक अलैँची उत्पादन वृद्धि हुँदै आए पनि यसले उचित मूल्य पाउन सकेको छैन । महत्वपूर्ण नगदेबालीको रुपमा रहेको अलैँची खेतीप्रति उत्साहित किसान उचित मूल्य नपाउँदा भने निराश देखिएका छन् ।

कुनै समयमा राम्रो मूल्यमा बिक्री हुने गरेको कारण अलैँची खेतीमा हौसिएर जिल्लाका पहाडी क्षेत्रका किसानले अलैँची उत्पादन वृद्धि गर्न थाले पनि अहिले भने जस्तो उचित मूल्य पाउन नसक्दा अलैँची उत्पादक किसान निराश बन्न थालेका छन् । विगतका वर्षमा तीन हजारदेखि तीन हजार ५०० रुपैयाँ प्रतिकिलो मूल्यमा बिक्री हुने गरेको अलैँची अहिले ५०० रुपैयाँदेखि ८०० रुपैयाँसम्म मात्र भएपछि यहाँका अलैँची उत्पादक किसान अन्य कृषि बालीतर्फ आकर्षित हुने सम्भावना छ ।

जिल्लाको मध्यपहाडी क्षेत्रको रौता, भुटार, पाँबु, इनामे, नामेटार, तावाश्री, साउने खाँबु, अँधेरी, छामलिङ, आँपटारसहित पश्चिमी पहाडी क्षेत्रको बाहुनीटार, सोरुङ, सिरीसे, हर्देनी, मयङ्खु क्षेत्रका किसानले उत्पादन गर्दै आएको अलैँचीले यसवर्ष उचित मूल्य पाउन नसकेको किसान बताउँछन् ।

रौतामाई गाउँपालिका–५ आँपटारका अलैँची उत्पादक किसान वीरबहादुर राई आफूले केही वर्षयता आएर उत्पादन गरेको अलैँचीले उचित मूल्य नपाएकामा यस्तो गुनासो गर्छन् । “पहिला–पहिला अलैँचीको मूल्य राम्रो भएका कारण आर्थिक आम्दानीको लागि अलैँची खेतीमा लागियो, हिउँद, बर्खा दुःख ऋणपान गरेर अलैँची उत्पादन गर्न शुरु गयाँ, तर मङ्सिरदेखि अलैँचीको मूल्य पर्खेर बसैँ, अहिले झनै घटेर ५०० रुपैयाँदेखि ८०० सम्म मात्र प्रतिकिलो मूल्य छ, यस्तो मूल्यमा कसरी दुःख गरेर उत्पादन गरेको अलैँची बिक्री गर्ने, आफूहरु निराश हुनुबाहेक अरु केही रहेन ।”

अहिलेको मूल्यमा अलैँची बिक्री गर्दा आफूहरुको आर्थिक लगानी र श्रम पनि नउठ्ने तथा अलैँची बारीमा काम गर्ने मजदूरको ज्यालासमेत तिर्न नपुग्ने गुनासो ताप्ली गाउँपालिका तावाश्रीका पञ्चमान तामाङको रहेको छ । उनले भने, “बरु मङ्सिर÷ पुससम्म एक हजारदेखि एक हजार ५०० रुपैयाँ प्रतिकिलो मूल्य रहेको थियो, अहिले त झनै अलैँची व्यापारीले ५०० देखि ८०० रुपैयाँ प्रतिकिलोमा मूल्य झारे, अब अलैँची बिक्री गर्नु भन्दा आगोमा डढाएर मन बाध्नुबाहेक आफूहरुको अरु विकल्प छैन ।”

जिल्लाका सदरमुकाम गाईघाट तथा मुर्कची बजारका स्थानीय अलैँची खरीदकर्ताले विराटनगर इटहरी क्षेत्रमा अलैँचीको मूल्य घटेको भन्दै अहिले उदयपुरको पहाडी क्षेत्रमा उत्पादन हुने अलैँचीको मूल्य प्रतिकिलो ५०० रुपैयाँदेखि बढीमा एक हजार रुपैयाँ प्रतिकिलो निर्धारण गरेपछि यस क्षेत्रका किसान मारमा पर्नु परेको किसानले व्यापक गुनासो गर्न थालेका छन् ।
उदयपुर गढी डुम्रेका अलैँची उत्पादक किसान रामबहादुर मगर भन्छन्, “पहिला–पहिला अलैँची प्रतिकेजीको मूल्य चार हजारसम्ममा बिक्री हुने भनेको सुनेर आफू पनि हौसिएर यो खेतीमा लागेका हौँं, तर दुई वर्षदेखि आफूले पनि अलैँची उत्पादन गरेर बिक्री गर्न शुरु गरेपछि मूल्य नै नपाउने गरेको कारण बेकारमा यो खेतीमा लागिएछ भन्ने पछुतो लाग्न थालेको छ ।”

पहिला अलैँची उत्पादनबाट राम्रो आर्थिक आम्दानी गर्न सकिन्छ भनेर व्यावसायिक रुपमा अलैँची खेतीमा लागे पनि वर्षेनी झनै अलैँचीको मूल्य घट्ने गरेको र अलैँची खरीदकर्ताले मूल्य नै दिन छाडेपछि अहिले उदयपुरका अलैँची उत्पादक किसान निराश बन्न थालेका हुन् । रौतामाई आँपटारका किसान हर्कधन राईका अनुसार पहिला अलैँचीको मूल्य धेरै राम्रो हुँदा धेरै किसान यसतर्फ आकर्षित भएका थिए ।

राईका अनुसार खोटाङ, भोजपुर सङ्खुवासभाका एक किसानले वर्षमा अलैँची बिक्रीबाट करोडौँ कमाउँछन् भन्ने सुनेर आफू पनि हौसिएर व्यावसायिक अलैँची खेतीमा लागेको राईले बताए । अहिले आफूले वार्षिक दशबोरासम्म अलैँची उत्पादन गर्न थालेपछि मूल्य नपाउँदा वर्षको दुई लाखमा पनि बिक्री गर्न मुश्किल हुने गरेको राईको गुनासो छ ।

गाईघाटका एक अलैँची खरीदकर्ता सुरेश साहका अनुसार नेपालका धेरै अलैँची विराटनगर हुँदै भारत पैठारी हुने गरेको र भारतीय व्यापारीले मूल्य दिन छाडेपछि विराटनगरका व्यापारीले पनि खरीद गरेको अलैँचीको उचित मूल्य नदिने गरेको कारण पनि आफूहरुले पनि अलैँचीको मूल्य किसानको मागअनुसार दिन नसक्ने बताउँछन् । अन्य पहाडी जिल्ला खोटाङ, सङ्खुवासभा, पाँचथर र इलामका किसानको अलैँची खेती र बिक्रीबाट आर्थिक आम्दानी भएको सुनेर र देखेर प्रभावित हुँदै १० वर्षदेखि यता आएर जिल्लाका पहाडी क्षेत्रका किसानले वर्षेनी व्यापक रुपमा अलैँचीखेती वृद्धि गर्दै आएका छन् ।

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार अहिले जिल्लाको पहाडी क्षेत्रमा झण्डै ५७ हेक्टर क्षेत्रफलभन्दा बढी जग्गामा व्यावसायिक अलैँचीखेती हुन थालेको छ । चार वर्ष अघिसम्म जिल्लाको पहाडी क्षेत्रका विभिन्न स्थानमा झण्डै २९ हेक्टरमा अलैँचीखेती हुँदै आएको थियो भने अहिले व्यापक विस्तार हुँदै ५५ हेक्टर क्षेत्रफलमा उत्पादन हुन थालेको कृषि ज्ञान केन्द्रका सहायक अधिकृत नरनाथ रेग्मीले बताए ।

केन्द्रका अनुसार अहिले जिल्लाको पहाडी क्षेत्रमा मुख्य गरेर डम्बरसाई, गोल्छाई र रामसाई जातका अलैँची उत्पादन हुने गरेको छ । किसानले दुःख गरेर उत्पादन गरेको अलैँचीको मूल्य केही बिचौलिया र व्यापारीले निर्धारण गर्ने गरेको र यसमा जनप्रतिनिधि र राज्यको समेत ध्यान जान नसक्दा किसान मर्कामा परेका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies