
तीन लाख ११ हजारले डाउनलोड गरे ‘नागरिक एप’

-
-
माघ ७ गते, २०७७ - १३:५०

काठमाडौँ । “सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’प्रति प्रयोगकर्ताको आर्कषण देखिएको छ ।
शुक्रबार साझँ सार्वजनिक गरिएको उक्त एपमा बुधबार मध्याह्सम्म तीन लाख ११ हजार १५३ जना प्रयोगकर्ताले डाउनलोड गरेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्नेमध्येबाट हालसम्म २७ प्रतिशतको मात्र प्रमाणीकरण भएको छ ।
उक्त एप डाउनलोड भएपनि प्रमाणीकरण नभएको धेरै गुनासो आउने गरेको केन्द्रका अधिकारी बताउँछन् । एप प्रमाणीकरण गरेर भित्र छिरेका प्रयोगकर्तासगैँ टेलिफोनबाट धेरै प्रयोगकर्ताले गुनासो गर्ने गरेको सूचना प्रविधि केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेलले बताए । उनका अनुसार धेरै गुनासो नेपाल टेलिकम र गृह मन्त्रालयसँग सम्बन्धीत भएर आउने गरेको छ ।
हाल प्रयोग गरिरहेको सिमकार्ड आफ्नो नाममा नहुँदा प्रमाणीकरण हुन नसकेको, टेलिकमका कर्मचारीको गल्तीले नाम नमिलेकाजस्ता गुनासो आउने गरेको उनले जानकारी दिए । यसैगरी धेरै प्रयोगकर्ताले नागरिकताको विवरण फरक परेको गुनासो गर्ने गरेका छन् । धेरै प्रयोगकर्ताको नाम थर नै फरक भएको र महिला वा पुरुषबीचको लिङ्गसमेत नमिलेको जस्ता गुनासो गर्ने गरेको उनले जानकारी दिए ।
छ दिनको अवधिमा नागरिक एप तीन लाख बढीले डाउनलोड गरेतापनि दुई लाख २५ हजार अर्थात् ७२ प्रतिशत प्रयोगकर्ताले प्रमाणीकरण गर्न सकेका छैनन् । धेरै प्रयोगकर्ताको आफ्नो नाममा सिमकार्ड नभएको र केहीको नागरिकताको विवरण नमिल्दा प्रमाणीकरण हुन नसकेको सूचना अधिकारी पोखरेलले बताए ।
उनका अनुसार ८५ हजार प्रमाणीकरण भएका प्रयोगकर्तामध्ये बुधबार मध्यान्न (१२ बजे)सम्म ६२ हजार ५७८ जनाले नागरिकताको विवरण प्रमाणीकरण गरेका छन् । परीक्षणको क्रममा रहेको उक्त एपमा प्रयोकर्ताको आर्कषण देखिएतापनि विभिन्न कारणले एप सञ्चालनमा कठिनाई देखिएको पोखरेलले बताए । नागरिकता, राहदानी वा मतदाता परिचयपत्रमा रहेको विवरण गृह मन्त्रालयमा रहेको डाटामा मेल नखाएको तथा अर्काको नामको सिमकार्ड प्रयोग गर्दा प्रमाणीकरण हुन नसकेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका अधिकारीले जनाए ।
केन्द्रको तथ्याङ्कअनुसार हालसम्म ३१ हजार ६७६ प्रयोगकर्ताले राहदानी, २८ हजारले मतदाता नामावली र ३९ हजार ७१५ जनाले प्यान नम्बर प्रमाणीकरण गरेका छन् । यसैगरी, १९ हजार १०९ जनाले एसएलसीको प्रमाणपत्र र आठ हजार ४८६ जनाले उच्च शिक्षाको प्रमाणपत्र प्रमाणीकरण गरिसकेका छन् ।
नेपाल सरकारद्वारा प्रदान गरिने सबै किसिमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवाप्रवाह गर्ने भन्दै शुक्रबारबाट नागरिक एप सञ्चालनमा ल्याईएको हो । सुरुआती चरणमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेका विवरणलाई प्रयोग गरी उक्त एप्समा नगरिकको डिजिटल परिचय स्थापित गरिएको छ । आगामी दिनमा राष्ट्रिय परिचयपत्रसमेतलाई जोड्ने योजना सरकारको छ ।
धेरै एप प्रयोगकर्ताले नागरिकताको विवरणमा त्रुटि भएको गुनासोपछि गृह मन्त्रालयले त्रुटि सच्याउन अनलाइन प्रणालीको विकास गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ । मन्त्रालयले मंगलबार साँझ एक सूचना प्रकाशन गर्दै नागरिक एपमा भएका त्रुटि सच्याउन अनलाइन प्रणालीको सुरु भएको जनाएको हो । नागरिकतामा भएको त्रुटि आफैँले सच्याउँन मिल्ने प्रविधिको विकास गर्ने काम अघि बढाइएको जनाइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना सङ्क्रमणमुक्त
कर्णाली । कर्णाली प्रदेशका १० मध्ये नौ जिल्ला कोभिड–१९ को सङ्क्रमणमुक्त भएका छन् । सामाजिक विकास...साझा र समृद्ध नेपाल बनाउन सबै मिल्नुपर्छ : वरिष्ठ नेता महतो
कैलाली । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले साझा र समृद्ध नेपाल बनाउनलाई सबै...ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा ७९ घरपरिवार विस्थापित
फुङलिङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गमस्थल दोभान बजारमा...आवश्यक परेमा पार्टी आधिकारिकताका सबै प्रमाण निर्वाचन आयोगमा पेश गरिने छः अध्यक्ष नेपाल
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा...गत वर्ष सन् २०२० मा भन्दा चीनमा २५० नयाँ अर्बपति थपिए
बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् । विश्वका...विधालयबाट अपहरणमा परेका नाइजेरियाका २७९ छात्रा रिहा
गुसौ । अपहरणमा परेका नाइजेरियाका छात्राहरु मुक्त भएका छन् । देशको उत्तरी क्षेत्रमा रहेको निजी विद्यालयबाट...राजश्व छली नियन्त्रण: रु ४७ अर्बको आर्थिक अपराध, एक हजारविरुद्ध मुद्दा
काठमाडौँ । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको...अवैध भरुवा बन्दुक सहित दुई जना पक्राउ
सल्यान । कालिमाटी गाउँपालिका–२ बस्ने ४५ वर्षीय कुल बहादुर सारु र सोही ठाउँ कुण्डिक बस्ने २५ वर्षीय...‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की वजेता बनिन् रश्मी शाक्य
काठमाडौँ । सिजन मिडियाद्वारा आयोजना गरेको ‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की वजेता ललितपुरकी...सालका रूख सोत्तर गर्ने काम ठीक होइनः प्रम ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सबै प्रकारका वनको संरक्षण, प्रबन्ध, विकास, प्रतिफललगायत...
