Khabar Dabali Logo
  March 5, Fri

भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित दुई जना पक्राउ

सर्लाही । सर्लाहीमा भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका छन् । नवलपुर–मलङ्गवा सडकखण्डबाट भन्सार छली ल्याइँदै गरेको अवस्थामा करिब ७१ तोला चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय नवलपुर, सर्लाहीबाट खटिएको प्रहरी गस्ती टोलीले नवलपुर–मलङ्गवा सडकखण्डमा सवारी जाँच गर्ने क्रममा अवैध चाँदी र सुनसहित रौतहटको चन्द्रपुर नगरपालिका–१ का २७ वर्षीय मोटरसाइकल चालक शशिकृष्ण गजमेर र पछाडि सवार सरोज विकलाई पक्राउ गरेको जनाएको छ ।

छिमेकी देश भारतबाट मङ्लगवा हुँदै नवलपुरतर्फ आएको बा ६९ प ५१६१ नंको मोटरसाइकललाई रोकी जाँच गर्दा भन्सार छलेर ल्याइएको ७१ तोला ३४ लाल चाँदीको गहना र २७.७ लाल सुन झोलामा पोका पारेर लुकाइएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए ।

उनीहरुको साथबाट नगद रु ३७ हजार ५०० समेत बरामद भएको र भन्सार छली गरेर ल्याइएको गहनाको अन्दाजी मूल्य रु ७० हजार कायम गरी थप अनुसन्धान र कारवाहीका लागि भन्सार कार्यालय मलङ्गवामा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । खुला सिमानाका कारण पछिल्लो समय भन्सार छली तथा सिमानामा चोरी तस्करीका घटना निरन्तर हुने गरेका प्रहरीको अनुसन्धानले देखाएको छ ।

माघ ७ गते, २०७७ - ११:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

५२ वर्षीय भुजेल मृत अवस्थामा फेला

धादिङ । ज्वालामुखी गाउँपालिका–५ कुमालटारी बस्ने ५२ वर्षीय डम्बर बहादुर भुजेल सोही ठाउँस्थित डुम्रेखोला...   

क्यासिनोमा अवैध रुपमा जुवातास खेल्ने तथा खेलाउने १० जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१३ ताहाचलस्थित प्लाटिनम होटलको अन्डर ग्राउण्डमा रहेको सिएमजी क्यासिनोबाट...   

४ किलो अवैध लागूऔषध गाँजा सहित २१ वर्षीय श्याम पक्राउ

चितवन । भरतपुर महानगरपालिका–११ जखेडिमाईबाट करिब ४ किलो अवैध लागूऔषध गाँजा सहित भरतपुर महानगरपालिका–२...   
सरकार र नेकपाबीचको सहमतिमा हस्ताक्षर

सरकार र नेकपाबीचको सहमतिमा हस्ताक्षर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा...   

नेता भट्टराईद्वारा दोभानका आगलागीपीडितलाई पाँच लाख सहयोग

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता योगेशकुमार भट्टराईले ताप्लेजुङको दोभानका आगलागीपीडित...   

२२ तोला ३२ लाल अवैध सुन सहित एक जना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट २२ तोला ३२ लाल तौलको २४ थान अवैध सुनको सिक्री सहित...   

उद्योग वाणिज्य सङ्घमा भोछिभोया र पसछेबीच प्रतिस्पर्धा

बनेपा । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको अध्यक्षमा दुई जनाको प्रतिस्पर्धा हुने भएको छ । शनिबार...   

कोरोना विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि

काठमाडौँ । सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि...   

भारतमा एक करोड ११ लाख ७३ हजार भन्दा बढी कोरोना सङ्क्रमित

नयाँदिल्ली । भारतमा गत २४ घण्टामा १६ हजार ८३८ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या...   

अमेरिकामा कोरोना बाट संक्रमित पाँच महिना यताकै सबैभन्दा कम

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा पाँच महिनापछि पहिलो पटक कोभिड–१९ बाट दैनिक संक्रमितको संख्या ४०...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top