Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

नेपाल प्रहरीले माग्यो १२ अर्ब, सशस्त्र खाका बनाउँदै

काठमाडौं । सरकारले १७ र २७ वैशाखमा गर्ने गरी घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि सबै सुरक्षा निकायले तयारी अघि बढाएका छन् ।

आजको राजधानी दैनिकमा खबर छ - निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले तयारी तथा समन्वय समिति समेत गठन गरिसकेका छन् भने नेपाली सेनाले सरकारले दिएको जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताएको छ । नेपाल प्रहरीले निर्वाचनका लागि १२ अर्ब रकम आवश्यक पर्ने भन्दै खर्च र निर्वाचन प्रयोजनका लागि आवश्यक सामग्रीको खाकासहितको विवरण गृह मन्त्रालयमा पठाइसकेको छ ।

यसैगरी सशस्त्र प्रहरीले निर्वाचनका लागि आवश्यक पर्ने रकमसहित सवारी तथा सञ्चार साधन र अन्य आवश्यक लजिस्टिक सामान समेत समेटेर खाका तयार गर्दै छ । ‘नेपाल प्रहरीका तर्फबाट १२ अर्ब बराबरको खर्चको खाका आएको छ, सशस्त्रबाट आइसकेको छैन । सबै सुरक्षा निकायबाट आएपछि आवश्यक छलफल अघि बढ्छ,’ गृह स्रोतले भन्यो ।

नेपाल प्रहरीले भने २०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा भएको खर्चको आँकडाका आधारमा खर्चको अनुमानित विवरण गृह मन्त्रालयमा पठाएको हो । प्रहरीले म्यादी प्रहरी भर्ना गर्दा लाग्ने खर्चलाई समेत अनुमानित खर्च विवरणमा पेस गरेको छ । आगामी निर्वाचनका लागि १ लाखमा नबढ्ने गरी म्यादी प्रहरी भर्ना गर्ने नेपाल प्रहरीको तयारी छ ।

जसअनुसार १ लाख म्यादी प्रहरी भर्नाका लागि ५ अर्ब खर्च लाग्ने अनुमान छ । यस्तै साधारण खर्चतर्फ ३ अर्ब र पुँजीगततर्फ ४ अर्ब खर्च लाग्ने गरी खर्च माग गरिएको प्रहरी स्रोत बताउँछ । साधारणतर्फको खर्च तलब तथा भत्तालगायतमा खर्च हुनेछ भने पुँजीगततर्फ सवारीसाधन, सञ्चार साधनलगायतमा खर्च हुनेछ ।

नेपाल प्रहरीले एआईजी विश्वराज पोखरेलको नेतृत्वमा निर्वाचन तयारी समिति बनाएको छ भने सशस्त्र प्रहरीले डीआईजी गणेश ठाडा मगरको नेतृत्वमा निर्वाचन तयारी समिति बनाएको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजु अर्यालले केन्द्रदेखि प्रदेशसम्म नै निर्वाचनको तयारी अघि बढाउने गरी सशस्त्र प्रहरीले निर्वाचन तयारी समिति बनाएको जानकारी दिए । उनका अनुसार प्रदेश तहमा भने त्यहाँ नेतृत्वमा रहेका डीआईजीले नै निर्वाचन शेल गठन गर्नेछन् ।

नेपाली सेनाले भने गृह मन्त्रालयले बनाएको सुरक्षा समितिमा सेनाको समेत प्रतिनिधित्व रहेको र सरकारले दिएको जिम्मेवारी पालनामा प्रतिबद्ध रहेको जनाएको छ । सैनिक प्रवक्ता सन्तोषवल्लव पौडेलले सेना निर्वाचनका लागि आन्तरिक गृह कार्यमा लागेको र सरकारले दिएको जिम्मेवारीे पूरा गर्ने बताए । ‘गृह मन्त्रालयले बनाएको सुरक्षा समितिमा सेनाको प्रतिनिधित्व भइसकेको छ, सेना निर्वाचनको आन्तरिक तयारीमा छ । दायित्व के के आउँछ ? त्यहीअनुसार सेना तयार रहन्छ,’ सैनिक प्रवक्ता पौडेलले भने ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies