
कोभिड चिकित्सकमाथि आक्रमण

-
-
माघ ७ गते, २०७७ - ०७:३१

काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगन्जको कोभिड आइसियूमा कार्यरत एक चिकित्सकमाथि मंगलबार बिरामीका आफन्तले आक्रमण गरेका छन् । निमोनियाको उपचारका लागि बुटवलबाट आएका ६२ वर्षीय बिरामीको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले चिकित्समाथि आक्रमण गरेका हुन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ – आवासीय चिकित्सक डा. सविन भण्डारीमाथि आफन्तले आक्रमण गरेको अस्पतालले जनाएको छ । चिकित्सकमाथि आक्रमण र असुरक्षा बढेको भन्दै अस्पतालमा कार्यरत आवासीय चिकित्सक विरोधमा उत्रिएका छन् । दोषीलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गर्दै चिकित्सक विरोधमा उत्रिएको डा. सचित शर्माले बताए ।
चिकित्सकका अनुसार मृतक बिरामीलाई उपचारका लागि काठमाडौं ल्याउँदा शरीरमा अक्सिजनको मात्रा ज्यादै न्यून भइसकेको थियो । उपचारका क्रममा कोरोना पोजेटिभ देखिएपछि सोमबार मात्रै कोभिड आइसियूमा राखिएको थियो ।
चिकित्सकको विरोधपछि कुटपिटमा संलग्न ३६ वर्षीय कृष्णप्रसाद गौतमलाई प्रहरीले पक्राउ गरेको थियो । कुटपिट गर्ने युवकले माफी मागेपछि दुवै पक्षबीच सहमति भएको काठमाडौं एसएसपी अशोक सिंहले बताए । सहमतिपछि पक्राउ परेका युवकलाई पनि रिहा गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बिरालोले उडिरहेको विमानका पाइलटमाथि आक्रमण गरेपछि…
काठमाडौं । विमानमा कुनै यात्रुले लुकाइछुपाई साथै लान खोजिएको आशंका गरिएको एउटा पाल्तु बिरालोले दुर्भाग्यवश...हराए लालसेना, बिलाए सपना
काठमाडौं । जुम्लाको पोखरी गाउँमा जनयुद्धकालमा निधारमा चारचारे रुमाल बाँधेका लस्करै लागेर आउँथे ।...घुस दिन खोज्ने ट्रक चालक पक्राउ
चितवन । चितवनमा प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ परेका छन । पक्राउ पर्नेमा नवलपुर बुलिङटार...राज्यमन्त्रीको सिनेमा हल जोगाएर सर्वसाधरणको घरमा डोजर
काठमाडौं । बालाजु सडक विस्तारको तयारी भइरहँदा २०७० सालतिर अहिलेका सही विकास राज्यमन्त्री रामवीर...सभामुखको व्यवहारको आधारमा संसद् अवरुद्ध गर्ने ओली समूहको तयारी
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आफ्नो दललाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद...पिसिआर नेगेटिभ पर्यटकलाई निर्वाध आउन दिने तयारी
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोरोनाको पिसिआर रिपोर्ट नेगेटिभ...सत्ता खेलमा अल्झिँदै सांसद्
काठमाडौं । नेकपाभित्रको विवाद छिनोफानो नहुँदै पुनःस्थापित प्रतिनिधिसभा अधिवेशन आइतबार सुरु हुँदैछ...नेकपा विवाद : आजदेखि कानुनी प्रक्रिया अघि बढाउने तयारीमा आयोग
काठमाडौं । चौतर्फी दबाब र आलोचना खेपिरहेको निर्वाचन आयोगले नेकपाको आधिकारिकताको विवाद टुंग्याउन...संसदमा नेकपाः दुवै पक्षका सांसद एकै लहरमा
काठमाडौं । दाहाल–नेपाल पक्षका सांसद आइतबारबाट सुुरु हुने संसद् अधिवेशनमा सत्तापक्षको लहरमा नै बस्ने...महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय
काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास...
