
सुनसरी सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १० घाइते

-
-
माघ ६ गते, २०७७ - १९:३०

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–१० स्थित भित्री सडकमा आज माइक्रो र मोटरसाइकल एकापसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक इनरुवा–३ का ४४ वर्षीय बिर्ख मण्डल, माइक्रोका सहचालक सप्तरी राजविराज–१ का २२ वर्षीय शङ्कर यादव र एक जना महिलाको सनाखत हुन बाँकी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए।
दुर्घटनामा मोरङ विराटनगर–१४ का ५२ वर्षीय जयनारायण यादव, सप्तरी मान्सापुर नगरपालिकाका ६० वर्षीय इन्द्रकलादेवी सिंह, राजविराज–७ का १४ वर्षीय नीरज यादव, इनरुवा–८ का ५२ वर्षीय चन्द्र मेहता, राजविराज–७ का ३८ वर्षीय सुरेश मण्डल, भोक्राहानसिंङ–३ का १९ वर्षीय प्रशान्त यादव, बराहक्षेत्र–१० का २३ वर्षीय भरत यादव, इनरुवा–८ का ५२ वर्षीया शान्ति मेहता, इनरुवा–३ का ३० वर्षीय मनोज अधिकारी र २२ वर्षीया प्रशंसा सुवेदी रहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए।
दुहबीबाट इनरुवातर्फ आउँदै गरेको प्र १–०२–००१ ज ३८६८ नम्वरको माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको को ३४ प ४६९४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो । ठक्कर दिने दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ भने माइक्रो चालक फरार भएकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने...नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा...भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित...मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ।...इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको...नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको...निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन...संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने...इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब...चीन सरकारद्धारा चीनमा बनेका १६ ओटा कोरोना खोपलाई परीक्षणको अनुमति
बेइजिङ । चीन सरकारले चीनभित्र नै बनेका कम्तीमा पनि १६ ओटा खोपलाई परीक्षणको अनुमति दिएको बताइएको छ...
