Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

दार्चुलामा तरकारी उत्पादन बढ्दो

दार्चुला । दार्चुलालाई तरकारीमा आत्मनिर्भर बनाइने भएको छ । जिल्लाका सबै स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सकार र गैरसरकारी सङ्घसंस्थाले कृषि क्षेत्रमा प्राथमिकता दिएर बजेट विनियोजन गरेपछि जिल्ला तरकारीमा आत्मनिर्भर बन्दै गएको हो । यहाँ बर्खे, हिउँदे र बेमौसमी गरी बाह्रैमहिना तरकारी उत्पादन भइरहेको कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ । कृषि ज्ञान केन्द्र दार्चुलाका अनुसार जिल्लामा एक हजार ५६४ हेक्टर क्षेत्रफलमा तरकारी खेती गर्ने गरिएको छ । जसबाट वार्षिक रुपमा १६ हजार ९३२ मेट्रिक टन तरकारी उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रका कृषि अधिकृत शङ्करदत्त अवस्थीले बताए ।

दार्चुलामा बर्खे तरकारी मात्रै ६१५ हेक्टर क्षेत्रफलमा लगाउने गरिएको छ । जसबाट ६ हजार ४०५ मेट्रिक टन तरकारी उत्पादन हुने गरेको छ । यसैगरी हिउँदे तरकारी ३४० हेक्टर क्षेत्रफलमा लगाइने गरिएको छ । जसमा चार हजार ८० मेट्रिक टन तरकारी उत्पादन हुने गरेको कृषि ज्ञानकेन्द्र दार्चुलाको तथ्याङ्क छ ।

यस्तै जिल्लामा व्यावसायिक रुपमा बेमौसमी तरकारी खेती पनि बढ्दै गएको छ । दार्चुलामा हाल ६३१ हेक्टर क्षेत्रफलको जमीनमा बेमौसमी तरकारी खेती गर्ने गरिएको छ । त्यसबाट ६ हजार २९३ मेट्रिक टन बेमौसमी तरकारी उत्पादन हुने गरेको कार्यालयले जनाएको छ । जिल्लामा ३४० हेक्टर क्षेत्रफलमा बर्खे तरकारी खेती लगाइने गरिएको छ जसबाट वार्षिक चार हजार ८० मेट्रिक टन तरकारी उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्रसँगै पछिल्लो समय स्थानीय तह, सङ्घ, प्रदेश र गैरसकारी सङ्घ संस्थाले पनि तरकारी उत्पादन बढाउन र यसको व्यावसायीकरणका लागि सहयोग गर्दै आएका छन् । जिल्लामा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले तरकारी उत्पादनमा ठूलो मद्दत गरेको छ ।

किसानलाई बीउ बिजनदेखि उनीहरुलाई व्यावसायिक तालीममा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले सहयोग पु¥याउँदै आएको जिल्ला जलस्रोत सल्लाहकार लवराज पन्तले बताउनुभयो । अघिल्लो आर्थिक वर्ष २०७५/७६ भन्दा गत आर्थिक वर्ष २०७६/७७ मा ३२ हेक्टर क्षेत्रफलमा तरकारी खेती थप विस्तार भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । तरकारी लगाउने सिजन शुरु भएसँगै जिल्लाका ग्रामीण क्षेत्रमा हिउँदे तरकारी लगाउन थालिएको छ । धान गोड्ने काम र कोदो रोपाइँ सकेका किसान यतिबेला हिउँदे तरकारी लगाउन व्यस्त बनेका छन् । किसानले काउली, बन्दा, ब्रोकाउली, रायो, मुला, चम्सुर, पालुङ्गो, धनियाँ, गाँजरलगायतका तरकारी लगाउन शुरु गरेका छन् ।

भदौदेखि मङ्सिर हुँदै माघसम्म हिउँदेबाली लगाउन सकिने कृषि ज्ञान केन्द्र दार्चुलाले जनाएको छ । कृषि प्राविधिकले हाइब्रिड भन्दा स्थानीय जातको मीठो हुने भएकाले मौसमी खेतीमा किसानको आकर्षण बढी देखिएको बताएका छन् ।

काउली, बन्दालगायतका तरकारीको बेर्ना उमार्ने काममा किसान लागेका छन् । कतिपय स्थानका किसानले भने बिरुवा उत्पादन गरेर बिक्रीसमेत शुरु गरिसकेको कृषि ज्ञानकेन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाशकुमार पन्तले बताए । विश्वव्यापी कोरोना भाइरस सङ्क्रमण जोखिमसँगै अधिकांश जनशक्ति ग्रामीण भेगमा केन्द्रित हुँदा यसवर्ष तरकारी उत्पादनमा पनि वृद्धि हुने अपेक्षा गरिएको छ । पछिल्ला वर्षमा युवा पुस्ता पनि व्यावसायिक कृषिमा आकर्षित भएकाले पनि तरकारी उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञानकेन्द्र दार्चुलाले जनाएको छ ।

कृषि ज्ञानकेन्द्र दार्चुला तथा विभिन्न सङ्घ संस्थाले तरकारी खेतीमा किसानलाई आधुनिक तरकारी खेतीको तालीम र बिउबिजन वितरण गर्न थालेपछि गाउँका किसान तरकारी खेती गर्न हौसिएका छन् । उत्पादित तरकारी बजारसम्म पु¥याउन सजिलो होस् भनेर विभिन्न स्थानमा तरकारी सङ्कलन केन्द्र पनि स्थापना भएका छन् । तरकारीको माग उच्च रहेकाले बिक्री पनि तुरुन्तै हुने भएकाले किसानको आयआर्जन बढ्न थालेको बताइएको छ । दार्चुलामा उत्पादनका हिसाबले आत्मनिर्भर भए पनि बजार व्यवस्थापन सहज नहुँदा उत्पादित तरकारी अपेक्षित रुपमा बजार आउन नसकेको कार्यालयले जनाएको छ । जिल्लाभित्रै उत्पादित तरकारीको बजारीकरण सहज नहुँदा जिल्ला बाहिरबाट पनि तरकारी भित्र्याउने गरिएको छ ।

जिल्लाबाट उत्पादित तरकारी थोरै परिणाममा बाहिरी जिल्लामा पनि निर्यात हुने गरेको छ । कृषि ज्ञान केन्द्रका अनुसार लमजुङमा उत्पादित तरकारी छिमेकी राष्ट्र भारतमा गएर पनि नेपालतिरका किसाले बिक्री गर्ने गरेका जनाइएको छ । पछिल्लो समय कोरोना भाइरस महामारीका कारण सीमा नाका बन्द हुँदा नेपालतिरको तरकारी भारतीय बजारमा जान छोडेको छ भने नेपालतिरका बजारमै बिक्री हुने गरेको छ । हालै कोरोना प्रभावित युवाको लागि कार्यालयले ७८ जना युवालाई तरकारी खेतीमा लगाउँदैछ । दार्चुलाको नौगाड, दुहुँ, ब्यास, अपिहिमाल, मालिकार्जुन, लेकम, मार्मा गाउँपालिका, महाकाली नगरपालिका, र शैल्यशिखर नगरपालिकाका किसानले आफ्ना उत्पादन बजारमा बिक्री गर्ने गरेका छन् । खारका स्थानीय धनसिंह सितोली यो वर्ष लकडाउन भएको कारण पनि जिल्लाको उत्पादनले बजार पाएको बताउनुहुन्छ । यो वर्ष भारतबाट कम तरकारी निर्यात हुँदा स्थानीय उत्पादनले सबैतिर बजार पाएको हो । स्थानीय उत्पादनले बजार पाएपछि किसान खुशी भएका छन् । ब्यास र अपिहिमाल, नौगाडको आलु सदरमुकाम खलङ्गा र जिल्लाबाहिर पनि पठाइएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies