Khabar Dabali Logo
  March 4, Thu

‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । पर्यटन क्षेत्रका सरकारी तथा निजी क्षेत्रका अगुवा संस्थाले विदेशी पर्यटकलाई आकर्षण गर्न हवाईमार्ग तथा स्थलमार्गबाट नेपाल भित्रिने सम्पूर्ण नाकाबाट प्रवेशाज्ञा (भिसा) अनअराइभल सेवा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

निजी क्षेत्रसँग साझेदारी गरी पर्यटन प्रवद्र्धन गर्ने जिम्मा पाएको नेपाल पर्यटन बोर्डले सम्बद्ध सङ्घसंस्थासँग बृहत छलफल गरी भिसा प्रक्रिया सहज तुल्याई स्वास्थ्य मापदण्डलाई सरलीकरण गर्न तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुरोध गरेको हो । विद्यमान मापदण्डले नेपालको पर्यटन क्षेत्रको छवि अझ खस्किएको र अन्तराष्ट्रिय बजारमा पर्यटनको नकारात्मक सन्देश जानसक्ने खतरा औँल्याउँदै बोर्डले यथाशीघ्र केही शर्तहरु पुनरावलोकन गर्न मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ ।

व्यवसायीसँगको छलफल र सुझावपछि बोर्डले गरेको १२ बुँदे निर्णयमा हवाईमार्गबाट नेपाल भित्रिने यात्रुको हकमा हवाईयात्रा प्रारम्भ हुने पहिलो प्रस्थानविन्दुबाट ९६ घण्टाको अवधिमा गरिएको कोभिड–१९ नेगेटिभ रिपोर्ट अनिवार्य भएको हुनुपर्ने तर पाँच वर्षमुनिका बालबालिकाको हकमा यो नियम लागू नहुने व्यवस्था गर्न भनिएको छ ।

भारतीयबाहेक अन्य मुलुकका यात्रुले नेपाल आई पुनः कोभिडको परीक्षण गर्नुपर्ने र सो रिपोर्ट नेगेटिभ आएको खण्डमा क्वारेन्टिनमा बस्न नपर्ने, यात्रुको स्वाब सङ्कलन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने र २४ घण्टाभित्र पिसिआर रिपोर्ट दिने व्यवस्था मिलाइनुपर्ने उल्लेख छ ।

भारतीय नागरिकको हकमा नेपाल–भारत ट्राभल बबल सम्झौताअनुसार नियम यथावत राख्न सुझाइएको छ । भारतसँग जोडिएका सम्पूर्ण नाका खुला गरी स्थलमार्गबाट निजी तथा पर्यटकीय सवारी साधन लिएर नेपाल भित्रिने भारतीय तथा अन्य मुलुकका यात्रुको लागि ९६ घण्टा अवधिमा गरिएको कोभिड नेगेटिभ रिपोर्ट भएको हुनुपर्ने छ । स्थलमार्गबाट निजी तथा पर्यटकीय सवारी साधन लिएर नेपाल भित्रिने भारतीय यात्रुले यहाँ आई पुनः कोभिडको परीक्षण गर्नुपर्ने र सो रिपोर्ट नेगेटिभ आएको खण्डमा क्वारेन्टिनमा बस्न नपर्ने तथा यात्रुको स्वाब सङ्कलन नेपाल आएको नाकाबाट नै हुने र २४ घण्टाभित्र पिसिआर रिपोर्ट दिने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

त्यसैगरी कोभिडको खोप लगाएका यात्रीको हकमा खोप सर्टिफिकेट उपलब्ध गरेको खण्डमा पिसिआर रिपोर्ट नचाहिने, कोभिडको पुनः नेपालमा पिसिआर परीक्षण गर्न नपर्ने र क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गर्न भनिएको छ । नेपालका सम्पूर्ण पर्यटकीय गन्तव्य तथा सम्पूर्ण गतिविधि ९होटल, यात्रा, पदयात्रा, हाइकिङ, रेस्टुरेन्ट, स्पा, ¥याफ्टिङ, प्याराग्लाइडिङ, घरवास कार्यक्रम, साहसिक गतिविधि, पर्यटकीय सवारी साधन, पार्टी प्यालेस, रात्रिकालीनलगायत० गतिविधि पूर्णरूपमा तोकिएको मापदण्ड अपनाएर सञ्चालन गर्ने माग गरिएको छ ।

पर्यटकको सुविधाका लागि नेपालभित्र आवश्यकता महसुस गरेमा होटल र अस्पतालले सहकार्य गरी प्रत्येक प्रदेशमा कोभिड केयर सेन्टर सञ्चालन गर्न सक्ने, नेपाल भित्रिने सम्पूर्ण यात्रुहरुको अनिवार्य यात्रा बीमा गरिएको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

त्यस्तै नेपाल भ्रमणमा आउने पर्यटकलाई प्रवेशाज्ञा सिफारिस सम्बन्धमा पालना गर्नुपर्ने शर्तहरुमा भ्रमण तालिका, आगमन मिति, यात्रा बीमा र पदयात्राको हकमा ट्रेकिङ कम्पनीले तयार पारेको यात्रा तालिकाको लागि अन्य शर्त यथावत नै रहने रहेको छ । भ्रमण र ¥याफ्टिङको हकमा एजेन्सीले तयार पारेको आइटीनरी, व्यक्तिगत यात्रुको हकमा होटल बुकिङ, पदयात्राको हकमा ट्रेकिङ कम्पनीको यात्रा तालिका, गाइड र पोर्टको सुनिश्चितता हुनुपर्नेछ । उल्लेखित प्रमाण उपलब्ध गरेको आधारमा अध्यागमन विभागले सोझै पर्यटक भिसा दिने व्यवस्था मिलाउन बोर्डले अनुरोध गरेको छ । विदेशी पर्यटकका लागि विद्यमान स्वास्थ्य मापदण्ड सरलीकरणका लागि बोर्डले दुई दिनअघि पर्यटन व्यवसायीसँग छलफल गरेको थियो । सोही आधारमा बोर्डले ‘भिजिटर प्रोटोकल’ बनाएको हो

माघ ६ गते, २०७७ - १०:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने...   

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा...   

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित...   

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ।...   

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको...   
नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको...   

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन...   

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने...   

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब...   

चीन सरकारद्धारा चीनमा बनेका १६ ओटा कोरोना खोपलाई परीक्षणको अनुमति

बेइजिङ । चीन सरकारले चीनभित्र नै बनेका कम्तीमा पनि १६ ओटा खोपलाई परीक्षणको अनुमति दिएको बताइएको छ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top