Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

उखु किसानले सबै रकम भुक्तानी पाएनन् : भुक्तानी नभए आन्दोलन

काठमाडौँ । सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले रु साढे ४७ करोड भुक्तानी पाएका छन् ।

उखुको बक्यौता रकम भुक्तानीका विषयमा उखु किसान र सरकारबीच सहमति भएको आज २१ दिन पूरा भएको छ । उखुको बक्यौता रकम माग्दै गत मङ्सिर २८ देखि काठमाडौँको माइतीघरमा आन्दोलनरत उखु किसान र सरकारबीच गत पुस १३ गते चारबुँदे समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उनीहरुले आइतबार साँझसम्म तीन वटा चिनी उद्योगबाट रु साढे ४७ करोड भुक्तानी पाएका हुन् ।

सहमतिअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी उद्योगीले उखु किसानलार्ई भुक्तानी गर्नुपर्ने बक्यौता रकम सम्बन्धित उद्योगबाट २१ दिनभित्र उपलब्ध गराउने व्यवस्था मिलाउने भनिएको छ । रु ६५ करोडभन्दा बढी बक्यौता रकममध्ये आइतबार साँझसम्म तीन वटा चिनी उद्योगले रु साढे ४७ करोड बक्यौता रकम भुक्तानी गरेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उखुको बक्यौता रकम माग्दै किसानले आन्दोलन नै गरेपछि मन्त्रालयले भुक्तानी नगर्ने मिललाई कारबाही गर्ने बताएको थियो । सम्बद्ध सञ्चालकलाई पक्राउ गर्न प्रहरीमार्फत पक्राउ पूर्जी पनि जारी ग¥यो । त्यसपछि मात्र भुक्तानी उठेको हो । माघ ४ गते साँझसम्म करीब रु साढे ४७ करोड भुक्तानी भएको छ । श्रीराम सुगर मिल, अन्नपूर्ण सुगर मिल र लुम्बिनी सुगर मिलले रु ४७ करोड ४५ लाख बक्यौता रकम भुक्तानी गरेको मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । उनका अनुसार इन्दिरा सुगर मिलले किसानको बैंक खातामा न्यून रकम जम्मा गरेको देखिएको छ । उखु किसान र सरकारबीच सहमति हुनु अगाडि नै सो मिलले रु ३३ करोड बक्यौता रकम भुक्तानी गरेसकेका थिए । सम्झौता भएको २१ दिनको अवधिमा ती उद्योगले न्यून मात्रामा रकम भुक्तानी गर्ने गरेको उनको भनाइ छ ।

सूचना अधिकारी लामिछानेका अनुसार सबैभन्दा धेरै श्रीराम सुगर मिलले रु ३१ करोड ८१ लाख बक्यौता रकम भुक्तानी गरिसकेको छ । रु ३५ करोड बक्यौता रकम रहेको सो मिलले किसानले उखु खरीदको प्रमाण बुझाउन नसक्दा भुक्तानीमा ढिलाइ भएको र खातामा पर्याप्त रकम भएको जानकारी दिएको उनले बताए । यसैगरी अन्नपूर्ण सुगर मिलले रु ११ करोड ४७ लाख बक्यौता रकम भुक्तानी गरेको छ । उक्त मिलले उखु किसानलाई रु १७ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी छ । अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालक एकैभए तापनि हालसम्म इन्दिराले रकम भुक्तानी गरेको छैन । इन्दिरा सुगर मिलको खातामा रु एक करोड ५० लाख रकम जम्मा भएको देखिए पनि बक्यौता रहेको रु चार करोड ७० लाख भुक्तानी नगरेको उनले जानकारी दिए । दुवै मिलले अझै रु ११ करोड बढी बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

रु आठ–आठ करोड ४१ लाख बक्यौता रकम रहेको लुम्बिनी सुगर मिलले रु चार करोड १६ लाख बक्यौता रकम भुक्तानी गरेको छ । उक्त मिलले ५० प्रतिशतको हाराहारीमा रकम भुक्तानी गरेको पाइएको छ । किसान र सरकारबीच सहमति हुँदा श्रीराम सुगर मिलले रु २६ करोड ११ लाख, अन्नपूर्ण तथा इन्दिराले रु पाँच करोड २६ लाख र लुम्बिनी सुगर मिलले रु दुई करोड बक्यौता रकम भुक्तानी गरिसकेका थिए ।

भुक्तानी नभए आन्दोलन

सहमतिअनुसार आज साँझसम्म सबै बक्यौता रकम भुक्तानी नभए आन्दोलन गर्ने उखु किसान बताउँछन् । सरकारसँग सहमति हुनुअघिसम्म फटाफट बक्यौता रकम भुक्तानी गर्न शुरु गरेका चिनी मिल पछिल्लो समय सुस्तरुपमा भुक्तानी गरेको उखु किसान सङ्घर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले जानकारी र्दिए ।

“सहमतिअघिसम्म रु ३३ करोड बढी रकम भुक्तानी भइसकेको थियो, सरकारसँगको सहमतिअनुसार २१ दिनको अवधिमा रु १४ करोडमात्र बक्यौता रकम भुक्तानी भएको छ, रकम भुक्तानीमा सरकारसँगै उद्योगीले बेवास्ता गरेँ”, उनले भने, “आज साँझसम्म उद्योग मन्त्रालयले दिएको तथ्याङ्कअनुसारको रकम भुक्तानी नभए आन्दोलनका कार्यक्रम घोषणा गर्छौं ।” “अहिले थोरैथोरै भुक्तानी भइरहेको छ”, उनले भने, “सम्झौता अवधिमा सबै रकम पाउन मुस्किल छ ।”

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies