
आज नेप्सेमा दोहोरो अङ्कले वृद्धि

-
-
माघ ५ गते, २०७७ - १८:४०

काठमाडौँ । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । हरेक दिन नयाँ नयाँ रेकर्ड बनाउँदै अगाडि बढिरहेको नेप्से आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा १७।३१ बिन्दुले वृद्धि भई दुई हजार ३३२.३१ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.१८ ले वृद्धि भई ४४५.६० मा पुगेको छ । नेप्सेको वृद्धिसँगै कारोवार रकम रु छ अर्बमाथि रहेको छ ।
कूल २०७ कम्पनीको एक करोड ५४ लाख ९६ हजार ७१४ कित्ता शेयर रु छ अर्ब ३१ करोड ४६ लाख ६४ हजार १६७ मूल्यमा कारोवार भए । नेप्सेको उकालो यात्रासँगै बजार पूँजीकरण रु ३१ खर्ब ४१ अर्ब ८१ करोड १३ लाख ४० हजार बराबर हुन पुगेको छ ।
जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको शेयरमा उल्लेख्य सुधार आउँदा बजारले नयाँ लय समातेको हो । कारोवार भएका कूल १२ उपसमूहमध्ये जलविद्युत् उपसमूहको शेयर ओरालो लागेको छ । सो उपसमूहको शेयरमा ११.५२ बिन्दुको गिरावट देखिएको छ ।
यसैगरी बैंकिङ २.८१, व्यापार १८१.०४, होटल ११३, विकास बैंक ५०.४५, वित्त २२.५८, निर्जीवन बीमा १२६.१३, उत्पादन २१.४, अन्य ११.४२, लघुवित्त १००.१, जीवन बीमा १९९.४७ र सामूहिक लगानी कोष ०.२५ ले वृद्धि भएको छ । कारोवारका आधारमा आज प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३३ करोड ४६ लाख ९४ हजार ७८९ बराबरको कारोवार भयो ।
यस्तै नेपाल दूरसञ्चार कम्पनी रु २६ करोड ८५ लाख २४ हजार ३५९, एनआइसी एशिया बैंक रु २० करोड २४ लाख ४२ हजार ७४७, नेपाल पुनरबीमा कम्पनी रु १७ करोड आठ लाख ६२ हजार ६०४, नेपाल लाइफ इन्स्योरेन्स कम्प्नी रु १६ करोड २२ लाख ३२ हजार ३४७, सूर्य लाइफ इन्स्योरेन्स कम्पनी रु १२ करोड ८० लाख ८० हजार ३९, सूर्य लाइफ इन्स्योरेन्सको प्रवद्र्धक शेयर रु १२ करोड ६९ लाख सात हजार र लाइफ इन्स्योरेन्स कम्पनी रु ११ करोड १६ लाख ११ हजार ४५३ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।
कारोबार भएका कम्पनीहरु मध्ये ११० कम्पनीको शेयर उकालो लागेको छ भने ५३ कम्पनीको शेयर ओरालो लागेको छ । कूल १३ कम्पनीको शेयरमा भने कुनै परिवर्तन भएन । कारोवारका आधारमा सिभिल लघुवित्त वित्तीय संस्था १०, विशाल बजार कम्पनी ९.९८, गुर्खाज फाइनान्स ९.९७, नारायणी डेभलपमेन्ट ९.९८, स्वाभिमान लघुवित्त ९.९६, आरम्भ चौतारी लघुवित्त ९.९५, सामुदायिक लघुवित्त ९.९५, समिट लघुवित्त वित्तीय संस्था ९.९५ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९.९५ प्रतिशतले कमाए । यसैगरी समृद्धि फाइनान्स ४.१४, एभरेष्ट बैंक ३.८३, साङ्ग्रिला डेभलपमेन्ट बैंक ३.६४, गुडविल फाइनान्स ३.०७, मिर्मिरे फाइनान्स २.९३, आइएमई जनरल इन्स्योरेन्स २.४३ र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले २.३७ प्रतिशतले गुमाए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
अफगानिस्तानमा बन्दुकधारीद्वारा तीन महिला सञ्चारकर्मीको गोली हानी हत्या
अफगानिस्तान । पूर्वी अफगानिस्तानको जलालाबादमा मङ्गलबार बन्दुकधारीले तीन महिला सञ्चारकर्मीहरूलाई...भागरथी हत्याको अनुसन्धान अन्तिम चरणमा
बैतडी । प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाको...आजदेखि बागमतीका जिल्लामा ट्रायल परीक्षा शुरु
मकवानपुर । बागमती प्रदेश यातायात सेवा कार्यालय हेटौँडाले प्रदेशको विभिन्न जिल्लाका सवारी साधन धनीलाई...समृद्धिको लक्ष्य प्राप्तिमा सरकार दृृढ : प्रधानमन्त्री ओली
दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिको लक्ष्य प्राप्तिमा सरकार दृढताका साथ...पूर्वमन्त्री बाँस्कोटालाई पितृशोक
काभ्रेपलाञ्चोक । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय...सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउँछौँ : अध्यक्ष नेपाल
मोरङ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधकुमार नेपालले ज्येष्ठ नागरिकको...नेप्सेमा फेरी पहिरो : बजार पूँजीकरणमा उच्च गिरावट
काठमाडौ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार ओरालो लाग्दा बजार पूँजीकरणसमेत...पेट्रोलियम अपचलन गर्ने एक हजार ट्याङ्करमाथि कारवाही
काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अपचलन गरेको पाइएपछि झण्डै एक हजार बढी ढुवानीकर्तालाई...तीन महिने छोराको हत्या, बुबा प्रहरी नियन्त्रणमा
बैतडी । बुबाको कुटाइबाट बैतडीमा आज तीन महिने छोराको ज्यान गएको छ । ज्यान जानेमा पञ्चेश्वर गाउँपालिका–७...धवलागिरिमा किशोरी सम्मेलन
म्याग्दी । बालविवाह र यौनजन्य हिंसा न्यूनीकरण तथा महिनावारी स्वच्छताका लागि प्रथम धवलागिरि गाउँपालिकास्तरीय...
