Khabar Dabali Logo
  March 1, Mon

इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

जाकार्ता । इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ५६ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले आइतबार जानकारी दिएको छ । इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको थियो । यस भूकम्पमा परी शुरुमा ३४ व्यक्तिको मृत्यु भएको प्रारम्भिक जानकारी दिइएको थियो । हाल यो संख्या बढेर ५६ पुगेको सो निकायले जानकारी दिएको हो ।

यस भूकम्पमा परी मामुजु सहरका ८२६ व्यक्ति घाइते भएका छन् भने ती मध्ये १८९ व्यक्तिको अवस्था चिन्ताजनक रहेको प्रकोप व्यवस्थापन निकायका प्रवक्ता राडित्या जाटीले बताए । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । भूकम्पका कारण १५ हजार भन्दा बढी मानिस विस्थापित समेत भएको अधिकारीहरुले शनिबार जानकारी दिएका थिए भूकम्पपछि सयौँ घर तथा भौतिक संरचनाहरुमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन ।

भूकम्पले सवैभन्दा धेरै मामुजु सहर र मजेने जिल्ला सवैभन्दा बढी प्रभावित भएको प्रकोप व्यवस्थापन निकायका प्रवक्ता राडित्या जाटीले बताए । सन् २०१८ मा इन्डोनेसियाको सुलावेसी र पालुमा आएको ७.५ म्याग्नीच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी ४ हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

सन् २००४ को डिसेम्बर २६ मा गएको ९.१ म्याग्नीच्युडको भूकम्प र त्यसपछि आएको शक्तिशाली सुनामीमा परी २ लाख २० व्यक्तिको मृत्यु भएको थियो । त्यसमा एक लाख ७० हजार इन्डोनेसियाली नागरिक रहेका थिए ।

माघ ४ गते, २०७७ - १५:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ढुङगाले लागेर ५७ वर्षीय वलीको मृत्यु

रुकुम । त्रिबेणी गाउँपालिका–५ बस्ने ५७ वर्षीय झुपे वलीको ढुङगाले लागेर शनिबार साँझ मृत्यु भएको छ ।...   

फेवातालको तोकियो चार किल्ला: नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

कास्की । पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल...   

अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति

वासिङ्टन । कोरोनाभाइरसको संक्रमणबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकाले जोन्सन एण्ड जोन्सनले...   

खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै छः स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो...   

पानीको बाल्टिनमा डुबेर १ वर्षीय आरुषको मृत्यु

काठमाडौँ । काठमाडौं महानगरपालिका–१६ गंगा हल नजिक डेरा गरी बस्ने नुवाकोट ककनी गाउँपालिका–४ घर भएकी...   
बङ्लादेशमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौ घाइते

बङ्लादेशमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौ घाइते

ढाका । बङ्लादेशमा आइतबार प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौं घाइते भएका छन् । प्रहरीले प्रदर्शनकारीहरुलाई...   

कुटपिट गरी हत्या गरेको अभियोगमा २३ वर्षीय चौधरी पक्राउ

दाङ । घोराही उपमहानगरपालिका–१६ बस्ने २१ वर्षीय राजन चौधरीको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही...   

एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएका हौँः नेपाल वायुसेवा निगम

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यात्रुको सुरक्षा एवं राष्ट्रिय तथा अन्तरराष्ट्रिय...   

बालविवाह गर्ने र गराउने कार्यमा संलग्न ३ जना पक्राउ

पर्सा । वीरगंज महानगरपालिका–१६ स्थित भुटनदेवी मन्दिरबाट बालविवाह गर्ने र गराउने कार्यमा संलग्न रहेको...   

कोरोनाबाट विदेशमा थप ३ जना नेपालीको निधन

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top