
सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छ : डा कोइराला

-
-
माघ ३ गते, २०७७ - १५:४०

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका छन् । मानव अधिकार तथा शान्ति समाज मोरङ शाखाको साधारणसभाका अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा उनले सर्वोच्चले कसैको दबाव र प्रभावमा नपरी निस्पक्ष रुपमा निर्णय सुनाउनेमा आफू विश्वस्त रहेको बताए ।
केन्द्रीय सदस्य कोइरालाले राष्ट्रलाई हामीले प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै संविधान, लोकतन्त्र र सङ्घीयतालाई संस्थागत गर्न नागरिक समाज एवं राजनीतिक दलको काँधमा ठूलो जिम्मेवारी आएको छ भने । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य जीवन घिमिरेले लोकतन्त्रलाई संस्थागत गर्न नागरिकको भूमिका महत्वपूर्ण हुने धारणा राखे ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य जयराम यादवले गणतन्त्रको उपलब्धिको रक्षा गर्नु हामी सबैको कर्तव्य हो भने । समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले विगतको तीतोमीठो अनुभवका आधारमा संविधानमा संसद् विघटनको विषयमा प्रष्ट व्यवस्था गरिएको बताए ।
समाजका केन्द्रीय अध्यक्ष उत्तम पुडासैनी, केन्द्रीय सदसय विकास थापा, मोरङ अध्यक्ष डिल्ली कार्की, इन्सेकका प्रदेश संयोजक सोमराज थापा, एलिट क्लबका अध्यक्ष विश्वनाथ रिजाल र सञ्चारकर्मी गणेश लम्सालले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नेतर्फ राजनीतिक दलको ठूलो जिम्मेवारी रहेको धारणा राखे । समाजले आज नयाँ नेतृत्व चयन गर्नेछ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात...उत्तरी अफगानिस्तानमा शनिबार भएको भिडन्तमा आठ प्रहरीको मृत्यु
मजार ए सरिफ । उत्तरी अफगानिस्तानको बाख्ख प्रान्तमा शनिबार राति भएको भिडन्तमा आठ प्रहरी र पाँच तालिबान...ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १५ सयको मृत्यु
साओ पाउलो । ब्राजिलमा कोरोनाभाइरसका कारण एकै दिनमा थप १५ सयभन्दा बढीको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका...प्रविधिको दुरुपयोग गरी मलाई बदनाम गराइयो : वनमन्त्री आले
काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले प्रविधिको दुरुपयोग गरी आफूलाई बदनाम गराएको आरोप...तरकारीमा आत्मनिर्भर बन्दै कुमालखाडावासी
दुल्लू । दैलेखको आठबीस नगरपालिका– ३ कुमालखाडीवासी तरकारी व्यवसायबाट आत्मनिर्भर बन्दै गएका छन् ।...टी २० क्रिकेटः अस्ट्रेलिया विरुद्धको शृंखला न्यूजील्यान्डले जित्यो
वेलिङ्टन । अस्ट्रेलिया विरुद्धको टी २० क्रिकेट शृंखला न्यूजील्यान्डले ३–२ ले जितेको छ । वेलिङ्टनमा...चीनको निर्यातमा व्यापक सुधार, एक दशकमै सबैभन्दा बढी
बेइजिङ । कोरोनाभाइरस महामारीकै बीचमा पनि चीनको निर्यात विगत दुई दशकमै सबैभन्दा बढीले वृद्धि भएको...च्याउको बीउ बेचेर मासिक एक लाख आम्दानी
सर्लाही । यहाँका एक युवकले च्याउको बीउ बेचेर मनग्य आम्दानी गरेका छन् वाग्मती नगरपालिका– १० का ध्रुवप्रसाद...प्रम ओलीले लगाए कोरोनाविरुद्धको खोपः दोस्रो चरणको अभियान शुरु
काठमााडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । त्रिवि शिक्षण अस्पताल...व्यावसायिक फार्ममा महिलाको स्वामित्व बढ्दै
दमक । झापाको दमकमा थपिएका नयाँ व्यावसायिक फार्ममा महिलाको सङ्ख्या बढ्दै गएको छ । कोरोना सङ्क्रमण भए...

प्रतिकृया लेख्नुहोस्:
- नेकपा नाम विवाद : सर्वोच्च अदालतले गर्यो ऋषि कट्टेलको पक्षमा फैसला
- प्रविधिको दुरुपयोग गरी मलाई बदनाम गराइयो : वनमन्त्री आले
- प्रम ओलीले लगाए कोरोनाविरुद्धको खोपः दोस्रो चरणको अभियान शुरु
- लैङ्गिक हिंसा न्यूनीकरण अनुशिक्षण अभियान
- ट्राफिक महाशाखाले परिचालन गर्यो राष्ट्रिय युवा परिषद्का २०० जना ट्राफिक स्वयमसेवक