Ntc summer Offer
Khabar Dabali ५ बैशाख २०८१ बुधबार | 17th April, 2024 Wed
NIMB

हेटौँडा उपमहानगरपालिकाका १२७ योजना पूरा

वाग्मती । मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालू आर्थिक वर्षको पाँच महिनामा भौतिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ४२९ योजनामध्ये १२७ वटा योजना सम्पन्न गरेको छ । साथै, ९० वटा योजना चालू अवस्थामा रहेको र ३०२ वटा योजना सम्झौताको प्रक्रियामा रहेको सो उपमहानरपालिकाले जनाएको छ ।

कार्यालयका अनुसार चालू आवको साउनदेखि मङ्सिरसम्ममा भौतिक पूर्वाधार विकास निर्माणतर्फ रु १६ करोड दुई लाख २८ हजार खर्च भएको बताइएको छ । पूर्वाधार निर्माणमा कूल खर्च १७.६३ प्रतिशत खर्च भएको हो ।

उपमहानगरपालिकाका उपप्रमुख मीनाकुमारी लामाद्वारा खर्चसम्बन्धी उपलब्ध विवरणमा चालू आवका लागि रु दुई अर्ब ४८ करोडको बजेट विनियोजन गरिएको थियो । सो रकममध्ये कार्यालय सञ्चालन र प्रशासनिक क्षेत्रतर्फ आठ करोड ५५ लाख ९९ हजार, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ६७ लाख ११ हजार, सामाजिक विकास क्षेत्रतर्फ रु २८ करोड तीन लाख ४६ हजार, आर्थिक विकास क्षेत्रतर्फ १५ लाख ५२ हजार खर्च भएको हो ।

उपमहानगरपालिकाले कूल बजेटको ५३ करोड ४४ लाख ३८ हजार अर्थात २२.७१ प्रतिशत खर्च भएको उपप्रमुख लामाले जानकारी दिए । चालू आवको हालसम्म अधिकांश क्षेत्रगत आयोजना तथा कार्यक्रम सम्झौता भई कार्य सञ्चालनका क्रममा रहेको तथा खर्च भुक्तानी नभइसकेको अवस्थामा क्षेत्रगत खर्चमा कमी देखिएको उनले बताए ।

सो कार्यालयले चालू आवको पाँच महिनामा रु ७५ करोड ७६ लाख ८६ हजार आम्दानीसमेत गरेको छ । प्राप्त विवरणअनुसार उपमहानरपालिकाले सुत्केरी महिलालाई स्वस्थ्य जीवनयापनका लागि सुत्केरी भएको सात दिनभित्र स्वास्थ्य जाँचसहित पोषणयुक्त कोशेली उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिएको छ ।

सो अवधिमा ७४४ सुत्केरी महिलालाई उक्त सुविधा र ११ हजार १४४ जनालाई सामाजिक सुरक्षा भत्ता दिइएको छ । त्यस्तै उपहानगरपालिकाको न्यायिक समितिको कार्य सम्पादनमासमेत प्रगति भएको छ । लामाले त्यहाँ न्यायिक समितिमा परेको उजुरीमध्ये ३१ वटा समाधान भएको छ भने १२४ वटा मुद्दा एवं विवाद प्रक्रियामा रहेको भने ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies