
चिसो बढेपछि ढोरपाटनमा ४५ दिनका लागि विद्यालय बन्द

-
-
माघ ३ गते, २०७७ - १२:५६

बलेवा । चिसो बढेपछि यहाँको एक विद्यालय बन्द गरिएको छ । बागलुङको ढोरपाटन नगरपालिका– ५ अधिकारी चौरमा रहेको ज्योति विकास आधारभूत विद्यालय आगामी फागुनसम्मका लागि बन्द गरिएको हो । चिसोले बिहान बेलुका तुसारो पर्ने र दिउँसोमा सिरेठो चल्ने भएकाले ४५ दिनका लागि विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले जानकारी दिए ।
“हरेक हिउँदको चिसोमा हाम्रो विद्यालय ४५ दिन बन्द हुन्छ”, अदैले भने, “यो वर्ष फागुन २ गतेसम्मका लागि बन्द गरेका छौँ ।” चिसोका कारण पश्चिम बागलुङको ढोरपाटन सिकार आरक्ष क्षेत्रको जनजीवन कष्टकर छ । खोला तथा खोल्सा र धाराको पानी जम्न थालेपछि यहाँका स्थानीयलाई खानेपानीको समेत समस्या हुने गरेको अदैले बताए ।
ढोरपाटन शिकार अरक्षण क्षेत्रमा बस्ने स्थानीय घुम्ती बसाई सर्ने गरेका छन् । वर्षाका समयमा खेतीपाती, भेडा च्याङ्ग्रा तथा गाईभैँसी लिएर लेक गएका स्थानीय चिसोमा बेंसी झरेका छन् । उनीहरु ढोरपाटनकै वडा नं ८ र ९ को बोङ्गेदोभान, बोवाङ क्षेत्रमा झरेका हुन् । लेकमा रहेका घरगोठ र पशु चौपायको हेरचाहका लागि बसेकाको जनजीवन कष्टकर रहेको नगरप्रमुख देवकुमार नेपालीले बताए ।
पानी नपरेकाले यसपाली ढोरपाटन क्षेत्रमा अहिलेसम्म हिमपात भएको छैन । तुसारो र सिरेठोले बिहान र बेलुकी कठिन बनाउने गरेको छ । बिहानको तुसारोले खोला र धाराको पानी जम्ने गरेको प्रधानाध्यापक अदैले बताए । बागलुङ र म्याग्दीको सीमाक्षेत्रमा बग्ने गुरघार खोला बिहानको समयमा जमेर सिसा जस्तो बन्ने गरेको छ । जमेको खोलामा तस्बिर खिचाउन तस्बिरका पारखी खोला छेउ पुग्ने गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बाँसगढीमा २५ वर्षीय रावत मृत अवस्थामा फेला
वर्दिया । बाँसगढी नगरपालिका–३ महादेवस्थानस्थित सडक नालीमा सोही ठाउँ बस्ने जुम्ला कनका सुन्दरी गाउँपालिका–२...विद्यालयस्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक
कैलाली । लिटरफ्लावर प्रिमियर लिग’ विद्यालयस्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता पाँचौँ संस्करणको...भन्सार छली ल्याएको विभिन्न कपडा बरामद
कञ्चनपुर । भिमदत्त नगरपालिका–४ बसपार्क नजिक सडकबाट करिब ५ लाख ४८ हजार ३ सय ६० रुपैयाँ बराबरको भन्सार...विस्तारै गति लिँदै होटल तथा पर्यटन व्यवसाय
नेपालगञ्ज । यहाँका ठूला सुविधा सम्पन्न होटलको कारोवारले विस्तारै गति लिन थालेका छन् । पर्यटन गन्तव्यको...बालिका बलात्कार गर्ने २२ वर्षीय युवकलाई १८ वर्ष कैद सजायको फैसला
सप्तरी । तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निरालेलाई...करिब १३ किलो अवैध लागूऔषध गाँजा सहित ३४ वर्षीय पुन पक्राउ
म्याग्दी । मालिका गाउँपालिका–२ रुम भिरखर्क बस्ने ३४ वर्षीय होम बहादुर पुनलाई करिब १२ किलो ८ सय ५० ग्राम...आफ्नै आमाको हत्या गरेको अभियोगमा ३८ वर्षीय जित पक्राउ
अछाम । आफ्नै आमा ६० वर्षीया कला बुढाको हत्या गरेको अभियोगमा साँफेबगर नगरपालिका–५ नवाठाना बस्ने ३८...भारतमा बिहीबार कोरोना सङ्क्रमणको कारण १२० जनाको मृत्यु
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १२० जनाको मृत्यु भएको छ । विगत २४ घण्टाको...अब पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने
काठमाडौँ । पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको...फागुन २३ गतेदेखि आइपिओ निष्काशन गर्दै ज्योति लाइफ इन्स्योरेन्स
काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्सले यही फागुन २३ गतेदेखि साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको...
