Khabar Dabali Logo
  January 16, Sat

मुलुकको विपद् व्यवस्थापनमा अब ‘स्वयंसेवक परिचालन’

काठमाडौं । सरकारले विपद्बाट हुने क्षति रोक्न अब मुलुकमा स्वयंसेवक परिचालन गर्ने भएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४, राष्ट्रिय रणनीति २०७५, नियमावली २०७६ मा व्यवस्था भएअनुसार निर्देशिका तयारी गरी राष्ट्रिय स्वयंसेवक ब्यूरो गठनको अन्तिम तयारी गरिएको छ । उक्त निर्देशिका लागू भए यसरी स्वयंसेवक परिचालन मुलुकका लागि पहिलो हुनेछ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन स्वयंसेवक ब्यूरो गठन तथा परिचालन निर्देशिका २०७७’ को मस्यौदा तयार गरी छलफल अघि बढाएको र छिट्टै लागू गर्ने अन्तिम तयारी गरिएको जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आगामी बैठकमा उक्त कार्यविधि स्वीकृत गर्ने गरी काम भइरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो ।

गृहमन्त्री रामबहादुर थापा अध्यक्ष रहेको कार्यकारी समितिको यस अघिको बैठकमा प्रारम्भिक मस्यौदा प्रस्तुत भएको थियो । उक्त निर्देशिकालाई अन्तिम रुप दिन प्राधिकरणको टोली लागेको छ । विसं २०७२ मा स्वतफूर्त रुपमा युवाले काम गरेको इतिहास छ । विपद् आउँदा घटनास्थलमा पुग्ने पहिलो स्थानीय युवा नै हुन्छन् । उनीहरुले जानीनजानी विपद्का घटनामा उद्धार र राहतका कार्यक्रम सञ्चालन गरेको कुरा विगतका उदाहरण प्रष्ट छन् ।

यसपाली सरकारले ती युवालाई तालीम दिएर संस्थागत मात्र गर्न खोजेको प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए। ऐनमै उल्लेख भएको कुरालाई कार्यान्वयनको चरणमा लगिएको उनले भने । विपद व्यवस्थापनमा क्षमता अभिवृद्धि गर्नु नै यसको मूल उद्देश्य रहेको हो ।

गृहमन्त्री रामबहादुर थापाले विपद्को पूर्व तयारी, यसबाट हुने क्षति न्यूनीकरण तथा उद्धार र राहतका कार्यक्रमलाई प्रभावकारी बनाउन यसले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । “प्रस्तावित मस्यौदा छलफलकै चरणमा छ, छिट्टै पारित गरेर लागू गर्ने योजना छ”, प्रमुख कार्यकारी अधिकृत पोखरेलले भने, “कार्यदलमार्फत मस्यौदालाई व्यवस्थित गरी आगामी कार्यकारी समितिबाट पारित गरिने छ ।”

प्रस्तावित निर्देशिकामा सङ्घ, प्रदेश र स्थानीय तहमा फरकफरक संस्थागत संरचना निर्माण हुने उल्लेख छ । ब्यूरोले सम्बन्धित स्थानीय तह र प्रशासन कार्यालयसँग समन्वय गरी काम गर्नेछ । यसको संरचना वडातहसम्मै पुग्नेछ । वडा स्वयंसेवक समिति र समुदायमा आवश्यक स्वयंसेवक समूहको गठन गरिने प्रस्तावमा उल्लेख छ ।

कामको प्रकृति अनुसार विभिन्न विधामा स्वयंसेवक विकास गर्ने, सम्बन्धित संस्थामा सङ्गठित हुने र ब्यूरोमार्फत राष्ट्रियस्तरको तथ्याङ्कमा अध्यावधिक हुने छन् । उनीहरुको सीप र दक्षता विकास गर्न तालीम, अभ्यासका साथै अनुशासन र आचारसंहिताको प्रावधान पनि राखिएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्था एंव निजी क्षेत्रसँग सहकार्य गर्न सकिने गरी ब्यूरोको अवधारणा अघि बढाइएको गृह मन्त्रालयले जनाएको छ । विकसति मुलुकमा यसरी युवा परिचालन गरिएको पुरानो अभ्यास छ ।

उनीहरुको विवरण भने राष्ट्रिय विपद् तथ्याङ्क तथा सूचना प्रणालीमा प्रविष्ट गरी एकीकृत गरिने छ । सबै तालीम प्राप्त युवा दस्ता तयार हुन्छन् । त्यसपछि उद्धार, राहत वितरणदेखि विपद्का हरेक क्रियाकलापमा सरकारले उनीहरुलाई परिचालन गर्नेछ । उनीहरु जोखिम न्यूनीकरण, पहिरो हटाउने, विपद्मा परेकालाई अस्पतालमा पु¥याउने काममा खटिने छन् । ब्यूरोलाई चाहिने आवश्यक सामग्री प्राधिकरणले उपलब्ध गराउने जनाइएको छ ।

उक्त मस्यौदामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासको आधारमा तयार पारिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले जानकारी दिए । विकसित मुलुकमा यसरी युवा परिचालन गरिएको पुरानो अभ्यास छ । प्रस्तावित मस्यौदालाई केन्द्रीयतहमा बृहत छलफल गरी सुझावको आधारमा लागू गरिने छ । निर्देशिका स्वीकृत भई लागू भएपछि मुलुकको विपद् व्यवस्थापन र क्षति न्यूनीकरण प्रभावकारी हुने विश्वास लिइएको छ ।

हिमाल, पहाड तराईमा विभाजित मुलुकको भौगोलिक अस्थितिअनुसार वित्तीय जोखिम छ । हिमाली क्षेत्रमा हिम पहिरो हिम आँधी तथा हिमतालबाट बढी विपद्का घटना हुन्छन् । पहाडी क्षेत्रमा बाढीपहिरोरोको ठूलो जोखिम छ भने तराई क्षेत्रमा बाढी र डुवानले वर्षेनी क्षति पु¥याउँदै आएको छ । यसपाली पहाडी क्षेत्रमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको थियो । त्यसैले पनि भौगोलिक अवस्थिति अनुसार प्रशिक्षित गरी स्वयंसेवक परिचायन गर्ने योजना गृह मन्त्रालयले अघि सारेको हो ।

घटना हुने वित्तिकै पहिलो चरणमा घटनास्थलमा पुग्ने स्थानीय समुदाय नै हो । त्यसपछि सुरक्षा निकाय र तेस्रो चरणमा प्रशासनिक क्षेत्रमा व्यक्ति पुग्ने गर्छन् । त्यसैले पनि स्वयंसेवक अपरिहार्य देखिएको यस क्षेत्रका विज्ञको भनाइ छ ।

माघ १ गते, २०७७ - १५:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैशाखमा निर्वाचन हुने सम्भावना छैन : महामन्त्री कोइराला

वैशाखमा निर्वाचन हुने सम्भावना छैन : महामन्त्री कोइराला

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले निर्वाचन आयोगले नेकपाको टुङ्गो नलगाएसम्म...   

नागरिक एप्स’ को प्रयोगबाट सुशासन वृद्धि हुनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवा सरल र सहजरुपमा दिन अघि सारिएको ‘नागरिक एप्स’...   

प्रतिनिधिसभा विघटन मुद्दाः एमिकस क्युरी संवैधानिक इजलासकै पक्षमा

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आज भएको सुनुवाइमा एमिकस क्युरीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता...   
नेपालमा कोरोनाबिरुद्धको ‘कोभिसिल्ड’ खोपले पायो आपत्कालीन प्रयोग अनुमति

नेपालमा कोरोनाबिरुद्धको ‘कोभिसिल्ड’ खोपले पायो आपत्कालीन प्रयोग अनुमति

काठमाडौँ । औषधि व्यवस्था विभागले ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोग अनुमति प्रदान गरेको छ । नेपालमा...   

बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक

विलमिङटन । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले बिहीबार आर्थिक समस्यासँग जुधिरहेको अमेरिकी...   

संविधानको व्याख्या संवैधानिक इजलासले गर्ने कानूनी व्यवस्था भएको जिकिर

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा...   

बस र ट्रक एक आपसमा ठोक्किदा एघार जनाको मृत्यु

नयाँ दिल्ली । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा भएको एक सडक दुर्घटनामा परेर कम्तीमा पनि ११ जना...   
इन्डोनेसियामा शक्तिशाली भूकम्प, ३४ जनाकाे मृत्यु

इन्डोनेसियामा शक्तिशाली भूकम्प, ३४ जनाकाे मृत्यु

जाकार्ता । इन्डोनेरियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको...   

मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

भक्तपुर । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन...   

जलविद्युत् लगानी कम्पनीद्वारा नौ वर्षमा १० अर्ब ८८ करोड ऋण लगानी

काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनीले ४७६ मेगावाट क्षमताका १३ वटा आयोजनामा रु १० अर्ब ८८...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top